Skip to content

"जब स्वर्गवासीहरू स्वर्गमा प्रवेश गर्छन्, अल्लाहले सोध्नेछन्: के तिमीहरूलाई अझै केही चाहिन्छ?

सुहैब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"जब स्वर्गवासीहरू स्वर्गमा प्रवेश गर्छन्, अल्लाहले सोध्नेछन्: के तिमीहरूलाई अझै केही चाहिन्छ? तिनीहरूले जवाफ दिनेछन्: के तपाईंले हाम्रो अनुहार उज्यालो पार्नुभएन? के तपाईंले हामीलाई स्वर्गमा प्रवेश गराउनुभएन र आगोबाट बचाउनुभएन? (नबीले) भन्नुभयो: अत: अल्लाह तआलाले (नूरको) पर्दा हटाउनुहुनेछ। त्यसकारण, उनीहरूले पाएको कुनै पनि कुरा आफ्नो रब (पालनकर्ता) को दर्शन भन्दा प्यारो हुने छैन।"

«إِذَا دَخَلَ أَهْلُ الْجَنَّةِ الْجَنَّةَ، قَالَ: يَقُولُ اللهُ تَبَارَكَ وَتَعَالَى: تُرِيدُونَ شَيْئًا أَزِيدُكُمْ؟ فَيَقُولُونَ: أَلَمْ تُبَيِّضْ وُجُوهَنَا؟ أَلَمْ تُدْخِلْنَا الْجَنَّةَ، وَتُنَجِّنَا مِنَ النَّارِ؟ قَالَ: فَيَكْشِفُ الْحِجَابَ، فَمَا أُعْطُوا شَيْئًا أَحَبَّ إِلَيْهِمْ مِنَ النَّظَرِ إِلَى رَبِّهِمْ عَزَّ وَجَلَّ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, जब स्वर्गवासीहरू स्वर्गमा प्रवेश गर्नेछन्, अल्लाहले तिनीहरूलाई भन्नुहुनेछ: के तपाईंहरू अझै धेरै आशिष्‌हरू पाउन चाहनुहुन्छ? स्वर्गवासीहरूले जवाफ दिनेछन्: के तपाईंले हाम्रो अनुहार उज्यालो पार्नुभएन? के तपाईंले हामीलाई स्वर्गमा प्रवेश गराउनुभएन र आगोबाट बचाउनुभएन? स्वर्गवासीहरूको जवाफ सुनेपछि, अल्लाहले पर्दा हटाउनुहुनेछ र त्यसलाई माथि उठाउनुहुनेछ। अल्लाहको पर्दा नूर (प्रकाश) को हो। त्यसकारण, उनीहरूले अहिलेसम्म जेसुकै पाएका भए पनि, उनीहरूका लागि आफ्ना सर्वशक्तिमान प्रभुको दर्शन भन्दा बढी प्रिय अरू केही हुनेछैन।

हदीसका केही फाइदाहरू

स्वर्गवासीहरूलाई आफ्नो प्रभुलाई देख्नबाट रोक्ने पर्दा हटाइनेछ र तिनीहरूले उहाँलाई देख्न सक्नेछन्, जबकि काफिरहरू यसबाट वञ्चित हुनेछन्।

स्वर्गमा विश्वासीहरूले पाउने सबैभन्दा ठूलो आशिर्वाद भनेको उनीहरूको प्रभुको दर्शन हुनेछ।

स्वर्गवासीहरूको पद जस्तोसुकै भए पनि, आफ्नो प्रभुलाई देख्न पाउने छन्।

अल्लाहको आस्थावानहरूमाथिको अनुग्रह, कि उहाँले तिनीहरूलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ।

धर्मकर्महरू र अल्लाह र उहाँका रसूलको अनुसरण गरेर स्वर्गको बाटोमा द्रुत गतिमा अगाडि बढ्नुको महत्त्व।

श्रोतहरू

सही मुस्लिम (1/ 163) (181).

थप (8)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (3/ 349).

شرح رياض الصالحين.

لابن عثيمين (6/ 734).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين.

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (2/ 1294).