Skip to content

" मानिस आफ्नो ईश्वर देखि सबैभन्दा नजिक सजदा गर्दाको हालतमा हुँदा हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नु।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

" मानिस आफ्नो ईश्वर देखि सबैभन्दा नजिक सजदा गर्दाको हालतमा हुँदा हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नु।"

«أَقْرَبُ مَا يَكُونُ الْعَبْدُ مِنْ رَبِّهِ وَهُوَ سَاجِدٌ، فَأَكْثِرُوا الدُّعَاءَ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सेवक जब सजदामा हुन्छ, तब ऊ आफ्नो परमेश्‍वर को सबैभन्दा नजिक हुन्छ, किनभने सेवकले आफ्नो शरीरको सबैभन्दा उच्च र सम्मानजनक भागलाई भुइँमा राख्छ र अल्लाहको अगाडि नम्रता व्यक्त गर्दछ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दाको अवस्थामा सकेसम्म धेरै भन्दा धेरै प्रार्थना गर्न आदेश दिनुभएको छ, ताकि व्यक्तिले अल्लाहसामु शब्द र कार्य दुवै मार्फत आफ्नो नम्रता व्यक्त गरोस् ।

हदीसका केही फाइदाहरू

पुण्य कर्मले सेवकको अल्लाहसँग निकटता बढाउँछ ।

सजदाको अवस्थामा अत्यधिक दुआ गर्नु मुस्तहब हो । किनकि यो दुआ (प्रार्थना) स्वीकृत हुने अवसरहरु मध्ये एक हो ।

श्रोतहरू

सही मुस्लिम (1/ 350) (482).

थप (6)

شرح رياض الصالحين.

لابن عثيمين (5/ 509).

تطريز رياض الصالحين.

لفيصل المبارك (ص780).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 506).