कयामतको दिन सूर्य सृष्टिहरूको यति नजिक ल्याइनेछ कि तिनीहरू र सूर्यको बीचमा मात्र एक 'मील' को दूरी रहनेछ।
मिक्दाद बिन अल-अस्वद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:
"कयामतको दिन सूर्य सृष्टिहरूको यति नजिक ल्याइनेछ कि तिनीहरू र सूर्यको बीचमा मात्र एक 'मील' को दूरी रहनेछ।" (अर्को वर्णनकर्ता) सुलैम बिन आमिरले भन्नुहुन्छ: "अल्लाहको कसम, मलाई थाहा भएन कि 'मील' शब्दले उहाँको आशय के थियो? जमिन नाप्ने दूरी वा आँखामा सुर्मा लगाउने सलाई?" अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अगाडि भन्नुभयो: "त्यस दिन मानिसहरू आ-आफ्नो कर्म अनुसार पसिनामा डुब्नेछन्। कोही गोलीगाँठो सम्म, कोही घुँडासम्म, कोही कम्मरसम्म पसिनामा हुनेछन् भने कसैलाई पसिनाले लगाम लगाउनेछ (अर्थात् पसिना मुखसम्म आउनेछ)।" यो भन्दै अल्लाहका सन्देशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो हातले मुखतिर इसारा गर्नुभयो।"
«تُدْنَى الشَّمْسُ يَوْمَ الْقِيَامَةِ مِنَ الْخَلْقِ، حَتَّى تَكُونَ مِنْهُمْ كَمِقْدَارِ مِيلٍ»، قَالَ سُلَيْمُ بْنُ عَامِرٍ: فَوَاللهِ مَا أَدْرِي مَا يَعْنِي بِالْمِيلِ؟ أَمَسَافَةَ الْأَرْضِ، أَمِ الْمِيلَ الَّذِي تُكْتَحَلُ بِهِ الْعَيْنُ قَالَ: «فَيَكُونُ النَّاسُ عَلَى قَدْرِ أَعْمَالِهِمْ فِي الْعَرَقِ، فَمِنْهُمْ مَنْ يَكُونُ إِلَى كَعْبَيْهِ، وَمِنْهُمْ مَنْ يَكُونُ إِلَى رُكْبَتَيْهِ، وَمِنْهُمْ مَنْ يَكُونُ إِلَى حَقْوَيْهِ، وَمِنْهُمْ مَنْ يُلْجِمُهُ الْعَرَقُ إِلْجَامًا» قَالَ: وَأَشَارَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ بِيَدِهِ إِلَى فِيهِ.
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिन सूर्यलाई प्राणीहरूको नजिक ल्याइनेछ, यहाँसम्म कि त्यो उनीहरूको टाउकोबाट एक माइलको दूरी बराबर हुनेछ । ताबिई सुलैम बिन आमिरले भन्नुहुन्छ: अल्लाहको कसम! मलाई थाहा छैन कि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले 'मील' भन्नाले के बुझाउनुभएको हो, जमिन नाप्ने दूरी वा आँखामा सुर्मा लगाउन प्रयोग गरिने सलाई ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अगाडि भन्नुभयो: मानिसहरू आ–आफ्नो कर्म अनुसार पसिनामा डुब्नेछन्; कसैको पसिना गोलीगाँठोसम्म पुग्नेछ, कसैको घुँडासम्म, कसैको कम्मर वा पटुका बाँध्ने ठाउँसम्म पुग्नेछ र कोही भने पसिनामा यसरी डुब्नेछन् कि पसिना मुखसम्म पुग्नेछ र उनीहरूलाई बोल्नबाट रोक्नेछ। वर्णनकर्ताले भन्नुहुन्छ: र उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो हातले आफ्नो मुखतिर इसारा गर्नुभयो।
यस हदीसमा प्रलयको दिनको भयावहता र त्यसबाट दिइएको चेतावनीको विवरण छ।
कियामतको दिन, हिसाब–किताब हुने स्थानमा मानिसहरू आ–आफ्ना कर्मानुसार कष्टमा हुनेछन्।
यसमा असल कार्यहरू गर्न प्रोत्साहन र दुष्कर्महरूबाट बच्न चेतावनी दिइएको छ।
सही मुस्लिम (4/ 2196) (2864).
(4/ 2196) (2863).
थप (5)
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 368).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 475).
المعجم الوسيط (2/ 816).
Cited in books
2 Booksथप (2)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 3«تُدْنَىٰ الشَّمْسُ يَوْمَ القِيَامَةِ مِنَ الخَلْقِ، حَتَّىٰ تكُونَ مِنْهُمْ كَمِقدَارِ مِيل»
- موسوعة الإيمان«تُدْنَى الشَّمْسُ يَوْمَ الْقِيَامَةِ مِنَ الْخَلْقِ، حَتَّى تَكُونَ مِنْهُمْ كَمِقْدَارِ مِيلٍ» -قَالَ سُلَيْمُ بْنُ عَامِرٍ: فَوَاللهِ مَا أَدْرِي مَا يَعْنِي بِالْمِيلِ؟ أَمَسَافَةَ الْأَرْضِ، أَمِ الْمِيلَ الَّذِي تُكْتَحَلُ بِهِ الْعَ