यदि मानिसहरूलाई अजान दिनुको र पहिलो पङ्क्तिमा उभिएर नमाज पढ्नुको पुण्य एवं महत्त्व थाहा हुन्थ्यो, र गोला प्रथाबिना त्यो प्राप्त गर्न सम्भव हुँदैनथ्यो भने, उनीहरूले त्यसका निम्ति अवश्य पनि गोलाप्रथा गर्ने थिए।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"यदि मानिसहरूलाई अज़ान दिनु र पहिलो पङ्क्तिमा उभिएर नमाज पढ्नुको पुण्य र महत्व थाहा हुन्थ्यो, र त्यसलाई चिट्ठा हालेर मात्र प्राप्त गर्न सकिन्थ्यो भने, उनीहरूले त्यसका लागि अवश्य चिट्ठा हाल्ने थिए। यदि उनीहरूलाई नमाजका लागि समयभन्दा अगाडि मस्जिदमा पुग्नुको पुण्य थाहा हुन्थ्यो भने, त्यसतर्फ एकअर्काभन्दा अघि बढ्न प्रतिस्पर्धा गर्ने थिए। अनि यदि उनीहरूलाई इशा र फज्रको नमाजमा उपस्थित हुनुको पुण्य थाहा हुन्थ्यो भने, उनीहरू घिस्रिँदै भए पनि ती दुवै नमाजका लागि अवश्य आउने थिए।"
«لَوْ يَعْلَمُ النَّاسُ مَا فِي النِّدَاءِ وَالصَّفِّ الْأَوَّلِ ثُمَّ لَمْ يَجِدُوا إِلَّا أَنْ يَسْتَهِمُوا عَلَيْهِ لَاسْتَهَمُوا، وَلَوْ يَعْلَمُونَ مَا فِي التَّهْجِيرِ لَاسْتَبَقُوا إِلَيْهِ، وَلَوْ يَعْلَمُونَ مَا فِي الْعَتَمَةِ وَالصُّبْحِ لَأَتَوْهُمَا وَلَوْ حَبْوًا».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छः यदि मानिसहरूलाई अजान दिनु र पहिलो पङ्क्तिमा उभिनुमा कति ठूलो पुण्य, भलाइ र आशिष् छ भन्ने थाहा भएको भए र गोलाप्रथा नगरीकन त्यसमा प्राथमिकता वा अवसर पाउने अन्य कुनै विकल्प नभएको भए, उनीहरू त्यसका लागि पनि अवश्य गोलाप्रथा गर्न तयार हुने थिए। यदि उनीहरूलाई नमाजका लागि चाँडै उपस्थित हुनुमा कति ठूलो पुण्य छ भन्ने थाहा भएको भए, त्यसका लागि उनीहरू एकअर्कासँग प्रतिस्पर्धा गर्ने थिए। त्यसैगरी यदि उनीहरूलाई इशा र फजरको नमाजमा उपस्थित हुनुको कति ठूलो प्रतिफल छ भन्ने थाहा भएको भए, उनीहरू सानो बच्चा सुरुमा बामे सरेझैँ घुँडा टेकेर वा घिस्रँदै भए पनि त्यसमा उपस्थित हुन आउने थिए।
यसमा अजानको श्रेष्ठताको वर्णन छ ।
यसबाट प्रथम पङ्क्ति र इमामको नजिक उभिनुको महत्त्व प्रस्ट हुन्छ।
यसमा नमाजको मुस्तहब (उत्तम) सुरुआती समयमा चाँडै उपस्थित हुनुको श्रेष्ठता स्पष्ट पारिएको छ; किनकि यसमा ठूलो पुण्य छ र यसबाट धेरै फाइदाहरू प्राप्त हुन्छन्, जस्तै: पहिलो पङ्क्ति भेटाउनु, प्रार्थना सुरुदेखि नै पाउनु, (नफिल) ऐच्छिक नमाज पढ्नु, कुरआनको पाठ गर्नु र मानिसका लागि फरिश्ताहरूले क्षमाको प्रार्थना गर्नु। साथै, जबसम्म ऊ सामूहिक नमाजको प्रतीक्षामा रहन्छ, तबसम्म उसलाई नमाजकै अवस्थामा रहेको मानिन्छ र यसबाहेक अन्य धेरै फाइदाहरू छन्।
यस हदीसमा इशा र फज्र नमाजको जमाअतमा उपस्थित हुन ठूलो प्रोत्साहन दिइएको छ र यसमा धेरै पुण्य भएको कुरा उल्लेख छ। किनभने, यी दुवै नमाजहरू पढ्नका लागि सुरुको र अन्तिम समयको निद्रा बिगार्नुपर्ने हुँदा मनका लागि निकै कष्टकर हुन्छन् र यसै कारणले गर्दा यी दुई नमाजहरू पढ्न कपटीहरू (मुनाफिकहरू) का लागि सबैभन्दा कठिन हुन्छ।
इमाम नववीले भन्नुभएको छ: "यसमा ती हक-अधिकारहरूमा गोलाप्रथा गर्ने कार्यको वैधता पुष्टि गरिएको छ, जसमा प्रतिस्पर्धा र विवादको स्थिति सिर्जना हुन्छ।"
सामूहिक नमाजमा (अघिल्लो पङ्क्तिको पूर्णतापछि) तेस्रो पङ्क्तिभन्दा दोस्रो पङ्क्ति श्रेष्ठ हुन्छ, चौथो पङ्क्तिभन्दा तेस्रो पङ्क्ति श्रेष्ठ हुन्छ; र यही क्रम पछिल्ला सम्पूर्ण पङ्क्तिहरूमा पनि लागु हुन्छ।
सही बुखारी (1/ 126) (615).
सही मुस्लिम (1/ 325) (437).
थप (2)
النهاية في غريب الحديث والأثر (1000) (185).
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (10/ 267).
Cited in books
4 Booksथप (3)
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«لَوْ يَعْلَمُ النَّاسُ مَا فِي النِّدَاءِ وَالصَّفِّ الْأَوَّلِ، ثُمَّ لَمْ يَجِدُوا إِلَّا أَنْ يَسْتَهِمُوا عَلَيْهِ لَاسْتَهَمُوا، وَلَوْ يَعْلَمُونَ مَا فِي التَّهْجِيرِ، لَاسْتَبَقُوا إِلَيْهِ، وَلَوْ يَعْلَمُونَ مَا فِي الْعَتَمَةِ و
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“لو يعلم الناس ما في النداء والصف الأول ثم لم يجدوا إلا أن يستهموا عليه لاستهموا”.
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 5«ولو يعلمونَ ما في العَتْمةِ والصُّبحِ لأَتَوْهُما وَلو حَبْواً».