Skip to content

"त्यो व्यक्ति अपमानित होस्, जसको सामुन्ने मेरो नाम लिइयो तर उसले ममाथि दरुद (कृपा र शान्तिको प्रार्थना) पठाएन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसको जीवनमा रमजानको महिना प्राप्त भयो तर रमजान सकिनुअघि क्षमा प्राप्त गर्न सकेन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसले आफ्ना आमाबुबालाई बुढ्यौलीको अवस्थामा पायो तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्न सकेन।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"त्यो व्यक्ति अपमानित होस्, जसको सामुन्ने मेरो नाम लिइयो तर उसले ममाथि दरुद (कृपा र शान्तिको प्रार्थना) पठाएन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसको जीवनमा रमजानको महिना प्राप्त भयो तर रमजान सकिनुअघि क्षमा प्राप्त गर्न सकेन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसले आफ्ना आमाबुबालाई बुढ्यौलीको अवस्थामा पायो तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्न सकेन।"

«رَغِمَ أَنْفُ رَجُلٍ ذُكِرْتُ عِنْدَهُ فَلَمْ يُصَلِّ عَلَيَّ، وَرَغِمَ أَنْفُ رَجُلٍ دَخَلَ عَلَيْهِ رَمَضَانُ ثُمَّ انْسَلَخَ قَبْلَ أَنْ يُغْفَرَ لَهُ، وَرَغِمَ أَنْفُ رَجُلٍ أَدْرَكَ عِنْدَهُ أَبَوَاهُ الكِبَرَ فَلَمْ يُدْخِلاَهُ الجَنَّةَ».

तिर्मीजी र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अपमान, हीनता र क्षतिको रूपमा तीन प्रकारका मानिसहरू अपमानित होस् भनेर सराप्नुभएको छ: पहिलो: ती व्यक्तिहरू हुन्, जसको उपस्थितिमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाम उल्लेख गरिन्छ, तर उनीहरूले ‘सल्लल्लाहु अलैहि वसल्लम’ आदि शब्द उच्चारण गरी उहाँमाथि दरूद पठाउँदैनन्। दोस्रो: जसले रमजानको महिना त पायो, तर आज्ञापालन र उपासनाका कार्यहरूमा आफ्नै लापरबाहीका कारण क्षमा प्राप्त गर्न सकेन र रमजान महिना सकिएर गयो। तेस्रोः जसले आफ्ना बाबुआमालाई वृद्धावस्थामा पायो तर तिनीहरूको सम्मान र हक पूरा गर्ने कर्तव्य पूरा गरेन र फलस्वरूप स्वर्ग प्राप्त गर्न सकेन।

हदीसका केही फाइदाहरू

सिन्दीले भने: निष्कर्ष यो हो कि यी प्रत्येक व्यक्तिले यस्तो अवसर प्राप्त गरेका थिए, जसप्रति यदि उनीहरूले लापरबाही नगरेका भए, त्यसबाट असीम कल्याण एवं भलाइ प्राप्त गर्न सक्ने थिए। तर जब उनीहरूले लापरबाही गरे र त्यो अवसर गुमाए, तब उनीहरू अन्ततः असफल सावित भए र ठूलो नोक्सानीमा परे।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नाम उच्चारण हुँदा हरेक पटक उहाँमाथि दरुद पठाउन प्रोत्साहन गरिएको छ।

रमजानको पवित्र महिनामा उपासना प्रति विशेष निष्ठा, लगनशीलता र कडा परिश्रम गर्न प्रोत्साहित गरिएको छ।

विशेष गरी बुढेसकालको अवस्थामा आमाबाबुको सम्मान, आदर एवं सेवा गर्न विशेष प्रोत्साहन दिइएको छ।

श्रोतहरू

सुनन् तिर्मिजी (5/ 513) (3545).

मुस्नद अहमद (12/ 421) (7451).

थप (10)

شرح رياض الصالحين.

لابن عثيمين (3/ 411).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (2/ 963).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لعلي القاري (2/ 744).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 485).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص767).