Skip to content

जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।"

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,

एकजना मानिसले सोधे: हे अल्लाहका रसूल! के हामीले जाहिलिया (इस्लाम पूर्व) को समयमा गरेका पाप-कर्महरूप्रति जवाफदेह हुनेछौं? उहाँले भन्नुभयो: " जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।"

قَالَ رَجُلٌ: يَا رَسُولَ اللهِ، أَنُؤَاخَذُ بِمَا عَمِلْنَا فِي الْجَاهِلِيَّةِ؟ قَالَ: «مَنْ أَحْسَنَ فِي الْإِسْلَامِ لَمْ يُؤَاخَذْ بِمَا عَمِلَ فِي الْجَاهِلِيَّةِ، وَمَنْ أَسَاءَ فِي الْإِسْلَامِ أُخِذَ بِالْأَوَّلِ وَالْآخِرِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

यस हदीसमा सन्देशवाहक (उहाँ माथि अल्लाहको कृपा र शान्ति होस्) ले इस्लाम स्वीकार गर्नुको महत्त्वलाई स्पष्ट गर्दै हुनुहुन्छ । जसले इस्लामलाई स्वीकार गर्यो र एक असल, इमानदार र सत्यवादी मुसलमान भयो भने; उ जाहिलियाको समयमा गरेका पापहरूप्रति जवाफदेह हुनेछैन। जो व्यक्तिले इस्लाम स्वीकार गरिसकेपछि पनि मुनाफिक (आडम्बरी,कपटी ) वा मुर्तद (धर्मत्यागी) भएर इस्लाममा गलत काम गर्दछ; उ कुफ्र (इस्लाम पूर्व) र पछिको अवस्थामा गरेका सबै कर्महरूप्रति जवाफदेह हुनेछ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीसले जाहिलियाको युगमा गरेका कर्महरूप्रति सहाबा (रसूलका साथीहरू) पनि चिन्तित र भयभीत थिए भन्ने कुरा प्रष्ट पार्छ।

यस हदीसले इस्लाममा अडिग र दृढ रहन प्रोत्साहन दिन्छ।

यस हदीसबाट इस्लाममा प्रवेश गर्नुको महत्व बारे र यसले अघिल्लो सबै पापहरू क्षमा हुन्छन् भनि थाहा हुन्छ।

मुनाफिक (पाखण्डी) र मुर्तद (धर्मत्यागी) हरू इस्लाम स्वीकार गर्नु अघि जाहिलियाको कर्म र पछि गरेका सबै पाप-कर्महरूप्रति जवाफदेह हुनेछन्।

श्रोतहरू

सही बुखारी (9/ 14) (6921).

सही मुस्लिम (1/ 111) (120).

थप (3)

مشارق الأنوار على صحاح الآثار (2/229).

الكواكب الدراري (24/43).

عمدة القاري شرح صحيح البخاري (24/ 76).