"जब तिमीहरूले (रमजानको) चन्द्रमा देख्छौ, तब रोजा राख र जब तिमीहरू (शव्वालको) चन्द्रमा देख्छौ, तब रोजा बस्न छोडिदेऊ । यदि आकाशमा बादल लागेको छ भने अनुमान गर (अर्थात् महिनाको तीस दिन पूरा गर)।"
इब्न उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: उनले भने : मैले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:
"जब तिमीहरूले (रमजानको) चन्द्रमा देख्छौ, तब रोजा राख र जब तिमीहरू (शव्वालको) चन्द्रमा देख्छौ, तब रोजा बस्न छोडिदेऊ । यदि आकाशमा बादल लागेको छ भने अनुमान गर (अर्थात् महिनाको तीस दिन पूरा गर)।"
«إِذَا رَأَيْتُمُوهُ فَصُومُوا، وَإِذَا رَأَيْتُمُوهُ فَأَفْطِرُوا، فَإِنْ غُمَّ عَلَيْكُمْ فَاقْدُرُوا لَهُ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजान महिनाको सुरुवात र अन्त्यको संकेतहरू वर्णन गर्दै भन्नुभयो: जब तिमीहरू रमजान महिनाको अर्धचन्द्र देख्छौ, तब उपवास बस। यदि बादल लागेको कारणले वा कुनै अवरोधका कारण चन्द्रमा देख्न सकिएन भने, शाबान महिनाको तीस दिन पूरा गर्नुहोस्। त्यसैगरी, जब तपाईंले शव्वालको चन्द्रमा देखियो भने उपवास छोड्नुहोस्। यदि बादल लागेको कारणले वा कुनै अवरोधका कारण चन्द्रमा देख्न सकिएन भने, रमजान महिनाको तीस दिन पूरा गर्नुहोस्।
महिनाको सुरुवात प्रमाणित गर्न चन्द्रमा देखिनुमा भर पर्नेछ, गणनामा होइन।
इब्ने मुन्जिरले चन्द्रमा नदेखिएमा, केवल गणनाको आधारमा उपवास राख्नु अनिवार्य छैन भन्ने कुरामा सर्वसम्मति रहेको बताएका छन्।
बादल आदि कारणले चन्द्रमा देखिएन भने शाबानको तीस दिन पूरा गर्नु आवश्यक छ।
चन्द्रमाको महिना केवल २९ वा ३० दिनको हुन्छ।
बादल लागेको मौसम आदि कारणले शव्वालको चन्द्रमा देखिन सकेन भने रमजानको तीस दिन पूरा गर्नु अनिवार्य छ।
जो कोही त्यस्तो ठाउँमा छ जहाँ मुस्लिमहरूलाई रोजाको बारेमा सूचना दिने मान्छे कोही छैन वा यसका बारेमा कसैलाई कुनै पर्वाह छैन भने आफै जागरुक हुनु पर्छ र आफु वा कुनै भरोसाको लायक मान्छेले चन्द्रमा देखेमा मात्र रोजा राख्न थाल्नु वा छोडि दिने गर्नु पर्छ ।
सही बुखारी (3/ 25) (1900).
सही मुस्लिम (2/ 760) (1080).
थप (9)
تيسير العلام.
لعبد الله البسام (ص314).
تنبيه الأفهام شرح عمدة الأحكام.
لابن عثيمين (3/ 414).
الإفهام في شرح عمدة الأحكام.
لابن باز (ص385).
خلاصة الكلام على عمدة الأحكام.
لفيصل آل مبارك (ص146).
الموسوعة الفقهية الكويتية (23/ 142).