Skip to content

"जुन कुरा प्रति तिमीलाई शङ्का छ, त्यसलाई छाडेर त्यो कुरा अपनाउनु जसमा कुनै शङ्का छैन।"

अबू मुहम्मद हसन बिन अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) — जो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का नाति र उहाँका प्यारो हुन् — ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो वचन कण्ठस्थ गरेको छु:

"जुन कुरा प्रति तिमीलाई शङ्का छ, त्यसलाई छाडेर त्यो कुरा अपनाउनु जसमा कुनै शङ्का छैन।"

«دَعْ مَا يَرِيبُك إلَى مَا لَا يَرِيبُكَ».

तिर्मिजी र निसाईले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभएको छ, यदि कुनै वचन वा कार्य हराम (निषेधित) हो वा हलाल (वैध) भन्नेमा शङ्का छ भने, त्यसलाई छाडेर शङ्कारहित कुरालाई अपनाउनु पर्छ, जसको वैधता प्रति मन सन्तुष्ट हुन्छ।

हदीसका केही फाइदाहरू

एउटा मुस्लिमका आफ्ना मामिलाहरू निश्चिततामा आधारित हुनु पर्छ र शंकास्पदहरूलाई त्यागिनु पर्छ र उसको आफ्नो धर्ममा अन्तरदृष्टिमा आधारित हुनु पर्छ ।

शंकामा पर्नबाट मनाहि ।

यदि तपाईं ढुक्क र आनन्दित हुन चाहनुहुन्छ भने, शंका भएका कुराहरू छोड्नु होस् र त्यसलाई एक पट्टीबाट मिल्काइ दिनु होस् ।

अल्लाह तआला आफ्ना भक्तहरू प्रति कृपालु र दयालु हुनु हुन्छ । यस प्रकार कि उहाँले मानिसहरूलाई यस्ता कामहरू गर्ने आदेश दिनु भएको छ जसबाट मन र आत्मालाई शान्ति मिल्छ र यस्ता कामहरूबाट रोक्नु भएको छ जसमा छट्पटी र व्याकुलता हुन्छ ।

श्रोतहरू

सुनन् निसाई (8/ 327) (5711).

सुनन् तिर्मिजी (4/ 286) (2518).

मुस्नद अहमद (3/ 248) (1723).

थप (5)

التحفة الربانية في شرح الأربعين حديثًا النووية.

لإسماعيل الأنصاري (ص29).

شرح الأربعين النووية.

لابن عثيمين (ص153).

فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين للنووي وابن رجب (ص56).