Skip to content

"यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो : {र मेरो सम्झनाका लागि नमाज स्थापना गर} [ताहा: १४] ।"

«مَنْ نَسِيَ صَلَاةً فَلْيُصَلِّ إِذَا ذَكَرَهَا، لَا كَفَّارَةَ لَهَا إِلَّا ذَلِكَ: {وَأَقِمِ الصَّلاةَ لِذِكْرِي} [طه: 14]».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नु भएको छ, यदि कुनै व्यक्तिले कुनै फर्ज नमाज पढ्न बिर्सियो र त्यसको समय सकियो भने याद आउने बित्तिकै ढिलो नगरीकन त्यसलाई पढ्नु पर्छ । वास्तवमा, समयमा नमाज नपढेको पाप मेटाउने एकमात्र उपाय भनेको याद आउने बित्तिकै यसलाई पढ्नु हो । अल्लाहले पवित्र कुर्नआनमा भन्नुभएको छ: "र मेरो सम्झनाको लागि नमाज स्थापना गर ।" [ताहा: १४] अर्थात्, बिर्सिएको नमाजलाई सम्झँदाका साथ पढ्नु ।

हदीसका केही फाइदाहरू

इस्लाममा नमाजको महत्त्व र समयमानै नमाज पढ्न वा छुट्यो भने कजा (पछि पढ्नु) गर्नमा अल्छी वा लापरवाही नगर्न चेतावनी ।

कुनै वैध कारण बिना नमाजलाई निर्धारित समयबाट जानाजानी ढिलो गर्न अनुमति छैन ।

बिर्सने व्यक्तिले याद आउनसाथ र सुतेको व्यक्तिले उठ्दा अनिवार्य रुपमा नमाज पढ्नु पर्छ ।

निषेधित समयमा पनि छुटेको नमाज तुरुन्तै पढ्नु पर्ने अनिवार्यता ।

श्रोतहरू

सही बुखारी (1/ 122) (597).

सही मुस्लिम (1/ 477) (684).

थप (2)

فتح الباري لابن حجر (2/ 71).

البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (14/ 612).