Skip to content

"जसले निष्कपट हृदयले अल्लाहसँग शहादत (धर्मको लागि जीवन उत्सर्ग) प्राप्त गर्न प्रार्थना गर्छ, अल्लाहले उसलाई शहीदहरूकै दर्जामा पुर्‍याउनुहुन्छ; चाहे उसको मृत्यु आफ्नै ओछ्यानमा नै किन नहोस्।"

सह्ल बिन हुनैफ (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जसले निष्कपट हृदयले अल्लाहसँग शहादत (धर्मको लागि जीवन उत्सर्ग) प्राप्त गर्न प्रार्थना गर्छ, अल्लाहले उसलाई शहीदहरूकै दर्जामा पुर्‍याउनुहुन्छ; चाहे उसको मृत्यु आफ्नै ओछ्यानमा नै किन नहोस्।"

«مَنْ سَأَلَ اللهَ الشَّهَادَةَ بِصِدْقٍ بَلَّغَهُ اللهُ مَنَازِلَ الشُّهَدَاءِ، وَإِنْ مَاتَ عَلَى فِرَاشِهِ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जसले अल्लाहको मार्गमा लड्दै शहीद हुन र मर्न खोज्छ, यदि ऊ आफ्नो मनसायमा साँचो छ भने, अल्लाहले उसलाई उसको साँचो मनसाय अनुसार शहीदको दर्जा दिनुहुनेछ चाहे उसको मृत्यु ओछ्यानमा किन नहोस्। ।

हदीसका केही फाइदाहरू

लक्षित काम पूरा गर्न नसके पनि साँचो मनसाय छ भने नियत अनुसार प्रतिफल र पुण्य प्राप्त हुन्छ ।

यसमा अल्लाहको मार्गमा जिहाद गर्न र शहादत (शहीद हुने सौभाग्य) प्राप्त गर्न प्रोत्साहित गरिएको छ।

यसमा अल्लाहले मुस्लिम समुदायलाई प्रदान गर्नुभएको विशिष्ट सम्मानलाई स्पष्ट पारिएको छ, जसअनुसार कुनै मुस्लिमले थोरै सत्कर्म गरे तापनि अल्लाहले त्यसको प्रतिफलस्वरूप उसलाई स्वर्गको उच्च दर्जा प्रदान गर्नुहुन्छ।

श्रोतहरू

सही मुस्लिम (3/ 1517) (1909).

थप (4)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 123).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 87).