Skip to content

न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।"

आस्थावानहरूकी आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्,

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) म कहाँ आउनुभयो र मैले मेरो सामान राखिने सानो कपाटलाई जीवित प्राणीहरूको तस्बिर भएको पर्दाले ढाकेको थिएँ । उहाँले त्यो पर्दालाई हेर्ने बित्तिकै तान्नु भयो र उहाँको अनुहारको रंग नै रिसले परिवर्तन भयो र भन्नुभयो: "हे आइशा! न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।" आइशा (रजि.) ले भन्नुभयो: "त्यसपछि हामीले त्यसलाई काट्यौं र त्यसबाट एक वा दुईवटा तकिया (सिरानी) बनायौं।"

دَخَلَ عَلَيَّ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، وَقَدْ سَتَرْتُ سَهْوَةً لِي بِقِرَامٍ فِيهِ تَمَاثِيلُ، فَلَمَّا رَآهُ هَتَكَهُ وَتَلَوَّنَ وَجْهُهُ وَقَالَ: «يَا عَائِشَةُ، أَشَدُّ النَّاسِ عَذَابًا عِنْدَ اللهِ يَوْمَ الْقِيَامَةِ الَّذِينَ يُضَاهُونَ بِخَلْقِ اللهِ» قَالَتْ عَائِشَةُ: «فَقَطَعْنَاهُ فَجَعَلْنَا مِنْهُ وِسَادَةً أَوْ وِسَادَتَيْنِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आइशा (रजियल्लाहु अन्हा) को घरमा प्रवेश गर्नुभयो। उहाँले सामान राखिने सानो कपाटलाई जीवित प्राणीहरूको तस्बिर भएको पर्दाले छोपेको देख्नु भयो। यो देखेर उहाँको अनुहारको रङ्ग परिवर्तन भयो र अल्लाहको लागि रिस पोख्दै र त्यो पर्दालाई हटाउँदै भन्नुभयो: न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो जिवित प्राणीको तस्बिर बनाएर अल्लाहको सृष्टिको नक्कल गर्छन् । आइशा (रजि.) ले भन्नुहुन्छ: त्यसैले हामीले त्यसलाई (काटेर) एक वा दुईवटा सिरानी बनायौं ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

गल्ती र खराब काम देख्दा तुरुन्तै प्रतिवाद गर्नु पर्छ र त्यसमा ढिलाइ गर्नु हुँदैन। तर, यसको सर्त यो हो कि त्यसो गर्दा अझ ठूलो हानि हुने सम्भावना नहोस्।

कयामतको दिनमा सजाय पापको गम्भीरता र उग्रता अनुसार फरक-फरक हुनेछ।

जीवित प्राणीको चित्र बनाउनु ठूलो पाप हो ।

तस्वीर (चित्रण) बनाउन निषेध गरिनुको एउटा कारण यो हो कि तस्बिरले अल्लाहको सृष्टि कार्य सँग तुलना गरेको झल्काउँछ, चाहे चित्रकारको मनसाय त्यस्तो होस् वा नहोस्।

शरियतले सम्पत्तिको संरक्षणमा विशेष ध्यान दिएको छ, ताकि त्यसलाई निषेधित (हराम) कार्यहरूबाट जोगाएर त्यसबाट वैध लाभ लिन सकियोस्।

आत्मा भएका प्राणीहरूको चित्र बनाउनु निषिद्ध छ—त्यो जुनसुकै स्वरूप, माध्यम वा शैलीमा बनेको भए पनि, यहाँसम्म कि अपमानजनक रूपमा चित्रण गर्दा पनि यो निषेध कायम रहन्छ।

श्रोतहरू

सही बुखारी (7/ 168) (5954).

सही मुस्लिम (3/ 1668) (2107).

थप (7)

القول المفيد على كتاب التوحيد.

لابن عثيمين (2/ 442).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص399).

الجديد في شرح كتاب التوحيد.

للقرعاوي (ص441).

كتاب التوحيد لمحمد بن عبد الوهاب (ص138).