Skip to content

अल्लाहको श्राप होस्, यहूदी र ईसाईहरूमाथि, तिनीहरूले आफ्ना नबीहरूको कब्रलाई (चिहान) मस्जिद बनाए

आइशा र अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनीहरूले भने :

जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को देहावसान को समय नजिक आयो, उहाँले आफ्नो अनुहारमा चादर राख्नुभयो र जब सांस फुल्न थाल्यो उहाँले त्यो चादरलाई हटाएर भन्नुभयो: " अल्लाहको श्राप होस्, यहूदी र ईसाईहरूमाथि, तिनीहरूले आफ्ना नबीहरूको कब्रलाई (चिहान) मस्जिद बनाए ।" उहाँले यहूदी र ईसाईहरू जस्तै नगर्न आफ्नो अनुयायीहरु लाई चेतावनी दिनुभयो ।

لَمَّا نَزَلَ بِرَسُولِ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ طَفِقَ يَطْرَحُ خَمِيصَةً لَهُ عَلَى وَجْهِهِ، فَإِذَا اغْتَمَّ بِهَا كَشَفَهَا عَنْ وَجْهِهِ، فَقَالَ وَهُوَ كَذَلِكَ: «لَعْنَةُ اللَّهِ عَلَى اليَهُودِ وَالنَّصَارَى، اتَّخَذُوا قُبُورَ أَنْبِيَائِهِمْ مَسَاجِدَ» يُحَذِّرُ مَا صَنَعُوا.

मुत्तफकुन अलैहि
सही
व्याख्या

आइशा र अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को देहावसानको समय नजिक आयो, उहाँले आफ्नो अनुहारमा कपडाको एउटा टुक्रा राख्नुभयो र पीडाले सास फेर्न गाह्रो भएपछि त्यो टुक्रा हटाउनुभयो र यही कठिन परिस्थितिमा भन्नुभयो: यहूदी र ईसाईहरूमाथि अल्लाहको श्राप होस् । अर्थात्, अल्लाहले तिनीहरूलाई आफ्नो दयाबाट टाढा राखून् । किनभने तिनीहरूले आफ्ना नबीहरूको चिहानमाथि मस्जिदहरू बनाएका थिए । याद रहोस्, चिहानमाथि मस्जिद बनाउने विषय गम्भीर नभएको भए यो कठिन समयमा उहाँले उल्लेख गर्नुहुने थिएन । यो समस्याको गम्भीरता देखेर उहाँले आफ्नो उम्मतलाई यहूदी र इसाईहरूको जस्तो काम गर्न निषेध गर्नुभएको छ । यस कार्यलाई निषेध गर्नुको अर्को कारण यो हो कि यसले शिर्कको ढोका खोल्छ ।

शब्दको अर्थ

.....:

हदीसका केही फाइदाहरू

"नबी र निष्ठावान व्यक्तित्वहरूको चिहानलाई मस्जिद बनाउने कुरामा रोक लगाइएको छ, जहाँ अल्लाहका लागि नमाज पढिन्छ, किनकि यसले शिर्क (अल्लाहको साथ साझेदारी गर्ने) को बाटो खोल्छ।"

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तौहीद (एकेश्वरवाद) स्थापना गर्न र तौहीदमा खलल पैदा गर्ने सम्पूर्ण कार्यहरू जस्तै चिहानको सम्मान इत्यादिबाट सचेत गर्नुभएको छ, किनभने यसले शिर्कको ढोका खोल्छ ।

यहूदी र ईसाईहरूलाई श्राप दिन अनुमति छ । त्यसैगरी तिनीहरूले गरेझैं चिहानहरूमा भवन निर्माण गर्ने अनि चिहानमा मस्जिद बनाउनेहरूलाई पनि श्राप दिन अनुमति छ ।

चिहानमाथि भवनहरू निर्माण गर्नु यहूदी र ईसाईहरूको प्रथा हो र यो हदीसमा निषेध गरिएको छ ।

चिहानलाई मस्जिद बनाउनको अर्थ भनेको भवन नबनाइए पनि कबर नजिक र कबरतर्फ मुख गरेर नमाज पढ्नु हो ।

श्रोतहरू

सही बुखारी (1/ 95) (435).

(2/ 102) (1390).

सही मुस्लिम (1/ 377) (531).

(1/ 376) (529).

थप (4)

الملخص في شرح كتاب التوحيد.

للشيخ صالح الفوزان (ص170).

الجديد في شرح كتاب التوحيد.

لمحمد بن عبد العزيز السليمان القرعاوي (ص185).