Skip to content

"अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।"

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।"

«إِنَّ أَبْغَضَ الرِّجَالِ إِلَى اللهِ الْأَلَدُّ الْخَصِمُ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले धेरै झगडा गर्ने मान्छेसँग घृणा गर्नुहुन्छ, जसले सत्यलाई स्वीकार गर्दैनन् र आफ्नो तर्कले जित्न खोज्छ । वा सत्यको लागि झगडा गर्छ तर संयमताको सीमा भन्दा बाहिर जान्छ र कुनै विषयमा ज्ञान नभए पनि बहस गर्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

पिडित व्यक्तिले शरिया कानून मार्फत आफ्नो अधिकार दाबी गर्नु निन्दनीय विवादको श्रेणीमा पर्दैन ।

लडाई झगडा वचनको खराबीको माध्यम बाट हुने गर्दछ, जसले मुस्लिमहरू बीच विभाजन र द्वन्द्व निम्त्याउँछ ।

यदि वादविवाद र बहस सत्यको लागि हो र यसको शैली राम्रो छ भने प्रशंसनीय हुन्छ । तर सत्यलाई इन्कार गर्ने र असत्यलाई स्थापित गर्ने वा प्रमाण बिनाको हो भने त्यो निन्दनीय रहन्छ ।

श्रोतहरू

सही बुखारी (3/ 131) (2457).

सही मुस्लिम (4/ 2054) (2668).

थप (8)

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 476).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 308).

فتح ذي الجلال والإكرام.

لابن عثيمين (6/ 416).

سبل السلام بشرح بلوغ المرام.

للصنعاني (2/ 685).