Skip to content

त्यो (दीनार) धन जुन तिमीले अल्लाहको मार्गमा लगायौ, त्यो धन जुन तिमीले दास मुक्त गराउन खर्च गर्यौ, त्यो धन जुन तिमीले कुनै असहायलाई दान दियौ र त्यो धन जुन तिमीले आफ्ना बालबच्चा र परिवारका लागि खर्च गर्यौ; यी सबैमध्ये अल्लाहको नजरमा सबैभन्दा ठूलो र उत्तम प्रतिफल तथा पुण्य त्यो धनको हुन्छ, जुन तिमीले आफ्नो घरपरिवारमाथि खर्च गर्यौ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"त्यो (दीनार) धन जुन तिमीले अल्लाहको मार्गमा लगायौ, त्यो धन जुन तिमीले दास मुक्त गराउन खर्च गर्यौ, त्यो धन जुन तिमीले कुनै असहायलाई दान दियौ र त्यो धन जुन तिमीले आफ्ना बालबच्चा र परिवारका लागि खर्च गर्यौ; यी सबैमध्ये अल्लाहको नजरमा सबैभन्दा ठूलो र उत्तम प्रतिफल तथा पुण्य त्यो धनको हुन्छ, जुन तिमीले आफ्नो घरपरिवारमाथि खर्च गर्यौ।"

«دِينَارٌ أَنْفَقْتَهُ فِي سَبِيلِ اللهِ، وَدِينَارٌ أَنْفَقْتَهُ فِي رَقَبَةٍ، وَدِينَارٌ تَصَدَّقْتَ بِهِ عَلَى مِسْكِينٍ، وَدِينَارٌ أَنْفَقْتَهُ عَلَى أَهْلِكَ أَعْظَمُهَا أَجْرًا الَّذِي أَنْفَقْتَهُ عَلَى أَهْلِكَ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले खर्चका विभिन्न प्रकारहरूको उल्लेख गर्दै भन्नुभयोः एउटा दीनार जुन तिमीले अल्लाहको मार्गमा खर्च गर्यौ, एउटा दीनार जुन तिमीले कुनै दासलाई दासत्वबाट मुक्त गर्न खर्च गर्यौ, एउटा दीनार जुन तिमीले कुनै गरिबलाई दान गर्यौ, र एउटा दीनार जुन तिमीले आफ्नो परिवारमाथि खर्च गर्यौ। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभयो कि यी सबैमध्ये अल्लाहको दृष्टिमा सबैभन्दा ठूलो प्रतिफल र पुण्य त्यस खर्चमा छ, जुन मानिसले आफ्नी पत्नी, सन्तान तथा आफ्नो जिम्मेवारीमा रहेका परिवारका सदस्यहरूमाथि खर्च गर्दछ, जसको भरणपोषण गर्नु उसमाथि धार्मिक रूपमा अनिवार्य छ।

हदीसका केही फाइदाहरू

अल्लाहको मार्गमा खर्च गर्ने अनेकौँ माध्यम तथा उपायहरू छन्।

खर्चका विकल्पहरू एकैसाथ आइलागेको अवस्थामा खर्च गर्ने विषयमा सबैभन्दा पहिले बढी योग्यलाई प्राथमिकता दिनुपर्छ, सबै ठाउँमा खर्च गर्न असमर्थ भएको अवस्थामा आफ्नो घर-परिवारमा खर्च गर्नु पर्दछ।

इमाम नववीले शरह मुस्लिममा भन्नुभएको छ: "यस हदीसमा परिवारजनका लागि खर्च गर्न प्रोत्साहित गरिएको छ र त्यसमा प्राप्त हुने महान् पुण्य तथा प्रतिफल स्पष्ट पारिएको छ; किनभने परिवारका सदस्यहरूमध्ये कसैको भरणपोषणको खर्च नाताका कारणले अनिवार्य हुन्छ, कसैको हकमा त्यो ऐच्छिक हुन्छ—जसअनुसार दान-प्रदान र नाता जोड्ने दुवैको पुण्य प्राप्त हुन्छ—र कसैको हकमा विवाहको बन्धन वा स्वामित्वका कारण अनिवार्य हुन्छ। यी सबै उत्तम कार्य हुन् जसका लागि प्रेरित गरिएको छ र यो स्वेच्छिक दानभन्दा उत्तम छ।"

सिन्दीले भन्नुभएको छ: "उहाँको भनाइ: (त्यो दीनार जसलाई व्यक्तिले आफ्नो परिवारमाथि खर्च गर्दछ) को अर्थ हो: जब व्यक्तिले यस कार्यद्वारा अल्लाहको प्रसन्नता प्राप्त गर्ने नियत गर्दछ र परिवारको अधिकार पूरा गर्ने इच्छा राख्दछ, (तब त्यस कर्मको पुण्य प्राप्त हुन्छ)।"

अबु किलाबाले भन्नुहुन्छ: "त्यो मानिसभन्दा ठूलो प्रतिफल पाउने अरू को हुन सक्छ, जसले आफ्ना साना बालबच्चाहरूको पालनपोषणमा खर्च गर्छ, जसद्वारा उनीहरूलाई अरूसँग माग्नबाट बचाउँछ, र अल्लाहले त्यस मानिसद्वारा उनीहरूलाई लाभ पुर्‍याउनुहुन्छ र उनीहरूलाई आत्मनिर्भर बनाउनुहुन्छ?!"

श्रोतहरू

सही मुस्लिम (2/ 692) (995).

थप (8)

شرح رياض الصالحين.

لابن عثيمين (3/ 156).

نزهة المتقين بشرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 291).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 374).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص209).