"दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।"
अब्दुल्लाह बिन अम्र बिन आस् (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।"
«الرَّاحِمُونَ يَرْحَمُهمُ الرَّحمنُ، ارحَمُوا أهلَ الأرضِ يَرْحْمْكُم مَن في السّماء».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नु भएको छ, जो अरूमाथि दया गर्छन्, परम दयालु अल्लाहले उनीहरूमाथि दया गर्नुहुन्छ, जसको कृपाले सबै चीजहरूलाई समेटेको छ; वास्तवमा यो पूर्ण बदला हो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस पृथ्वीमा बस्ने सबै चीजहरू जस्तै मानव, जनावर र पंक्षिहरूमाथि दया गर्न आदेश दिनुभयो । यसको बदलामा अल्लाहले तपाईहरूमाथि आकाशबाट दया गर्नुहुनेछ ।
...:
इस्लाम दयाको धर्म हो । जुन पूर्णतया अल्लाहको आज्ञाकारिता र सृष्टिप्रति दया र राम्रो व्यवहारमा आधारित छ ।
दया, अल्लाहको महत्वपूर्ण विशेषता हो । उहाँ परम दयालु र अत्यन्त कृपालु हुनुहुन्छ । उहाँ आफ्ना सेवकहरूसँग दयालु व्यवहार गर्नुहुन्छ ।
मानिसलाई उसको कर्म अनुसारको इनाम दिइन्छ । त्यसैले दया देखाउनेहरूलाई परमदयालु अल्लाहले दया गर्नुहुन्छ ।
सुनन अबी दाउद (7/ 297) (4941).
सुनन् तिर्मिजी (3/ 483) (1924).
थप (7)
مسند أحمد ط الرسالة (11/ 33) (6494).
تحفة الأحوذي بشرح جامع الترمذي.
لمحمد المباركفورى (6/ 43).
سلسلة الأحاديث الصحيحة وشيء من فقهها وفوائدها.
للألباني (2/ 594).
معارج القبول بشرح سلم الوصول إلى علم الأصول.
حافظ الحكمي (1/ 156).