"जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र उसलाई रोक्दैनन् भने सम्भावना हुन्छ कि छिट्टै नै अल्लाहले उनीहरूमाथि यातना पठाउनु हुनेछ।"
अबू-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने: हे मानिसहरू! तपाईंहरु यो आयत पढ्नुहुन्छ: {हे आस्थावानहरू हो, आफ्नो चिन्ता गर, यदि तिमी सही बाटोमा छौ भने पथभ्रष्टहरूले तिमीहरूलाई कुनै हानि पुर्याउन सक्दैनन् }, र मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो भन्दै गरेको सुनेको छु:
"जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र उसलाई रोक्दैनन् भने सम्भावना हुन्छ कि छिट्टै नै अल्लाहले उनीहरूमाथि यातना पठाउनु हुनेछ।"
«إِنَّ النَّاسَ إِذَا رَأَوْا الظَّالِمَ فَلَمْ يَأْخُذُوا عَلَى يَدَيْهِ أَوْشَكَ أَنْ يَعُمَّهُمُ اللَّهُ بِعِقَابٍ مِنْهُ».
अबू-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि मानिसहरूले यो आयत पढ्छन्: {हे आस्थावानहरू हो ! तिमीहरू आफ्नो चिन्ता गर; यदि तिमीहरू मार्गनिर्देशित छौ भने, पथभ्रष्टहरूले तिमीहरूलाई कुनै हानि पुऱ्याउने छैनन् ।} [अल-माइदह: १०५] केही मानिसहरूले यो आयतको अर्थ यसरी लिन्छन् कि मानिसले केवल आफ्नो आत्म-सुधारमा मात्र ध्यान दिनुपर्छ, र त्यसपछि अरू कोही मार्गभ्रष्ट भए पनि त्यसले उसलाई कुनै हानि हुने छैन, र त्यसैगरी उनीहरूमाथि 'सत्कर्मको आदेश दिने र दुष्कर्मबाट मनाही' गर्ने जिम्मेवारी रहँदैन! तर, अबू बकर (रजियल्लाहु अन्हु) ले स्पष्ट पार्नुभयो कि आयतको अर्थ त्यस्तो होइन बरु उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेको थिए: जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र रोक्न सक्ने शक्ति हुँदाहुँदै पनि रोक्दैनन्, तब अल्लाहले अत्याचार गर्ने र त्यसबारे मौन बस्ने सबैलाई सजाय दिने सम्भावना हुन्छ।
एकअर्काप्रति सद्भावना राख्नु, असल कार्यको आदेश दिनु र गलत कार्यबाट रोक्नु मुस्लिमहरूको कर्तव्य हो।
अल्लाहको अजाब (सजाय) अत्याचारीलाई उसको अन्यायका कारण र रोक्ने शक्ति हुँदाहुँदै पनि आवाज नउठाउने व्यक्ति, दुवैका लागि हुन्छ।
सामान्य मानिसहरूलाई असल ज्ञान र कुर्आनको सही अर्थ र व्याख्या सिकाउनु पर्छ ।
मानिसले अल्लाहको किताबलाई बुझ्नमा ध्यान दिनु आवश्यक छ, ताकि त्यसलाई अल्लाहले चाहनुभएको अर्थभन्दा फरक ढङ्गले नबुझियोस्।
असल कुराको उपदेश दिने र नराम्रो कामबाट मनाही गर्ने कार्य छोडेमा मार्गदर्शन प्राप्त हुँदैन।
यो आयतको सही व्याख्या के हो भने: तपाईंहरूले आफूलाई पापहरूबाट बचाउन प्रतिबद्ध हुनुपर्छ। यदि तपाईंले आफूलाई संयमित राख्नुभयो भने, तपाईँहरूले सत्कर्मको आदेश दिन र दुष्कर्मबाट रोक्न नसके पनि तपाईँहरूलाई कुनै हानि हुनेछैन । जब तपाईँहरू स्वयं ती निषिद्ध कुराहरूबाट बच्नका लागि मार्गदर्शित हुनुहुन्छ, तब ती निषिद्ध कुराहरू गरेर कोही पथभ्रष्ट हुन्छ भने त्यसले तपाईँहरूलाई कुनै हानि पुऱ्याउँदैन ।
सुनन् तिर्मिजी (4/ 40) (2168).
सुनन अबी दाउद (6/ 393) (4338).
सुनन् कुब्रा लिन्निसाई (10/ 88) (11092).
सुनन् इब्ने माजह (5/ 139) (4005).
मुस्नद अहमद (1/ 197) (16).
थप (8)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 286).
كنوز رياض الصالحين.
مجموعة من الباحثين (4/ 126).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 454).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 218).
Cited in books
3 Booksथप (3)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 2«إنَّ النَّاسَ إذَا رَأوُا الظَّالِمَ، فَلَمْ يَأْخُذُوا عَلَىٰ يَدَيْهِ أَوْشَكَ أَنْ يَعُمَّهُمُ اللهُ بِعِقَابٍ مِنْهُ».
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الثانية«إِنَّ النَّاسَ إِذَا رَأَوْا ظَالِمًا، فَلَمْ يَأْخُذُوا عَلَى يَدَيْهِ أَوْشَكَ أَنْ يَعُمَّهُمُ اللَّهُ بِعِقَابٍ مِنْهُ» [145].
- نبراس طالب (2)نبراس طالب (2) «إِنَّ النَّاسَ إِذَا رَأَوْا ظَالِمًا، فَلَمْ يَأْخُذُوا عَلَى يَدَيْهِ أَوْشَكَ أَنْ يَعُمَّهُمُ اللَّهُ بِعِقَابٍ مِنْهُ»