"सवारले पैदल हिंड्नेलाई, पैदल हिंड्नेले बसेकालाई र सानो समुहले ठूलो समुहलाई सलाम गर्नु पर्दछ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सवारले पैदल हिंड्नेलाई, पैदल हिंड्नेले बसेकालाई र सानो समुहले ठूलो समुहलाई सलाम गर्नु पर्दछ ।" बुखारीमा छ: "सानोले ठूलोलाई, पैदलले बसेकालाई र सानो समूहले ठूलो समूहलाई सलाम गर्नु पर्दछ ।"
«يُسَلِّمُ الرَّاكِبُ عَلَى المَاشِي، وَالمَاشِي عَلَى القَاعِدِ، وَالقَلِيلُ عَلَى الكَثِيرِ». وَلِلبُخَارِي: «يُسَلِّمُ الصَّغِيرُ عَلَى الكَبِيرِ، وَالمَارُّ عَلَى القَاعِدِ، وَالقَلِيلُ عَلَى الكَثِيرِ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एकअर्कालाई सलाम (अभिवादन) गर्ने शिष्टाचार सिकाउनुभएको छ : 'अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु' (तपाईंमाथि अल्लाहको दया र आशीर्वाद होस्) सानोले ठूलोलाई, सवारले हिँड्नेलाई, हिँड्नेले बसेकालाई र सानो समूहले ठूलो समूहलाई सलाम गर्नुपर्ने हुन्छ ।
हदीसमा उल्लेखित तरिका अनुसार सलाम गर्नु मुस्तहब (पुण्यकारी) हो । तर यदि पैदल हिड्नेले सवारलाई सलाम (अभिवादन) गर्छ भने पनि जायज छ।
हदीसमा उल्लेखित तरिका अनुसार सलाम फैलाउनु प्रेम र सद्भावको एक कारण हो ।
यदि दुई व्यक्ति वा धेरैजना समान अवस्थामा छन् भने, उनीहरूमध्ये जसले पहिला सलाम गर्छ, ऊ उत्तम हो ।
यो हदीसले इस्लामिक कानून पूर्ण छ र यसले मानिसहरूलाई आवश्यक पर्ने सबै कुराहरू समेटेको छ भन्ने तथ्य स्पष्ट पार्छ ।
हदीसले सलाम गर्ने शिष्टाचार र हरेक व्यक्तिलाई उसको हक दिनुपर्छ भन्ने कुरा सिकाउँछ।
सही बुखारी (8/ 52) (6232).
सही मुस्लिम (4/ 1703) (2160).
थप (11)
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (11/ 280).
بهجة الناظرين.
تأليف: سليم الهلالي (2/ 137).
نزهة المتقين.
مجموعة من الباحثين (1/ 666).
شرح رياض الصالحين.
لابن عثيمين (4/ 407).
منار القاري.
لحمزة قاسم (5/ 257).
الأدب النبوي (ص159).
Cited in books
4 Booksथप (4)
- الحقيقة المُبْهِرَة في العلاقة بين الإسلام والإنسان(يسلم الصغير على الكبير، والمار على القاعد، والقليل على الكثير)[224].
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 5«يُسَلِّمُ الرَّاكبُ عَلَىٰ المَاشي، والمَاشي عَلَىٰ القَاعد، والقليلُ عَلَىٰ الكَثير».
- ما لا يسع أطفال المسلمين جهله«يُسَلِّمُ الرَّاكِبُ عَلَى المَاشِي، وَالمَاشِي عَلَى القَاعِدِ، وَالقَلِيلُ عَلَى الكَثِيرِ»[153].
- نبراس طالب (2)نبراس طالب (2) «يُسَلِّمُ الرَّاكِبُ عَلَى الْمَاشِي، وَالْمَاشِي عَلَى الْقَاعِدِ، وَالْقَلِيلُ عَلَى الْكَثِيرِ»