अब कुन कुरामा बैअत गर्ने हो, हे अल्लाहका रसूल।" तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूले अल्लाहको उपासना गर्ने र उहाँसँग कसैलाई पनि साझेदार नबनाउने, दैनिक पाँचपटक नमाज पढ्ने र आज्ञापालन गर्ने (उहाँले एउटा कुरा बिस्तारै भन्नुभयो) र कसैसँग केही पनि नमाग्ने कुरामा बैअत गर।
अबु मुस्लिम अल-खौलानीले बयान गरेका छन्, उनले भने : मलाई मेरो प्रिय र इमानदार साथी औफ बिन मालिक अश्ह-जई (रजियल्लाहु अन्हु)ले भन्नुभयो :
हामी नौ, आठ वा सात जना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौँ। उहाँले हामीलाई सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत (वचनबद्धता) गर्दैनौ?" हामीले केही दिनअघि मात्रै उहाँसँग बैअत गरिसकेका थियौँ। त्यसैले हामीले भन्यौँ: "हे अल्लाहका रसूल! हामीले त तपाईंसँग वचनबद्धता गरिसकेका छौँ।" तर उहाँले फेरि भन्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत गर्दैनौ?" हामीले दोहोर्यायौँ: "हे अल्लाहका रसूल! हामीले तपाईंसँग वचनबद्धता गरिसकेका छौँ।" उहाँले (तेस्रो पटक पनि उही कुरा) सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत गर्दैनौ?" हामीले आ-आफ्नो हात अगाडि बढाउँदै भन्यौँ: "हामीले पहिले नै तपाईंसँग वचनबद्धता गरिसकेका छौँ। अब कुन कुरामा बैअत गर्ने हो, हे अल्लाहका रसूल।" तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूले अल्लाहको उपासना गर्ने र उहाँसँग कसैलाई पनि साझेदार नबनाउने, दैनिक पाँचपटक नमाज पढ्ने र आज्ञापालन गर्ने (उहाँले एउटा कुरा बिस्तारै भन्नुभयो) र कसैसँग केही पनि नमाग्ने कुरामा बैअत गर।" रावी (हदीस सुनाउने व्यक्ति) भन्छन्: "त्यसपछि, मैले ती व्यक्तिहरूमध्ये केहीलाई देखेँ कि उनीहरूको कोर्रा भुइँमा खस्दा पनि उनीहरू अरू कसैलाई उठाइदिन भन्दैनथे।"
كُنَّا عِنْدَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، تِسْعَةً أَوْ ثَمَانِيَةً أَوْ سَبْعَةً، فَقَالَ: «أَلَا تُبَايِعُونَ رَسُولَ اللهِ؟» وَكُنَّا حَدِيثَ عَهْدٍ بِبَيْعَةٍ، فَقُلْنَا: قَدْ بَايَعْنَاكَ يَا رَسُولَ اللهِ، ثُمَّ قَالَ: «أَلَا تُبَايِعُونَ رَسُولَ اللهِ؟» فَقُلْنَا: قَدْ بَايَعْنَاكَ يَا رَسُولَ اللهِ، ثُمَّ قَالَ: «أَلَا تُبَايِعُونَ رَسُولَ اللهِ؟» قَالَ: فَبَسَطْنَا أَيْدِيَنَا وَقُلْنَا: قَدْ بَايَعْنَاكَ يَا رَسُولَ اللهِ، فَعَلَامَ نُبَايِعُكَ؟ قَالَ: «عَلَى أَنْ تَعْبُدُوا اللهَ وَلَا تُشْرِكُوا بِهِ شَيْئًا، وَالصَّلَوَاتِ الْخَمْسِ، وَتُطِيعُوا -وَأَسَرَّ كَلِمَةً خَفِيَّةً- وَلَا تَسْأَلُوا النَّاسَ شَيْئًا» فَلَقَدْ رَأَيْتُ بَعْضَ أُولَئِكَ النَّفَرِ يَسْقُطُ سَوْطُ أَحَدِهِمْ، فَمَا يَسْأَلُ أَحَدًا يُنَاوِلُهُ إِيَّاهُ.
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) केही सहाबा (साथी) हरूसँग हुनुहुन्थ्यो जब उहाँले तिनीहरूलाई आफूसँग बैअत (वचनबद्धता) गर्न र केही कुराहरूमा प्रतिबद्ध रहन तीन पटक भन्नुभयो: पहिलो: अल्लाहका आज्ञाहरू पालन गरेर र उहाँले निषेध गर्नुभएको कुराहरूबाट टाढा बसेर केवल उहाँको उपासना गर्ने र उहाँसँग कसैलाई साझेदार नबनाउनु। दोस्रो: दिन र रातमा पाँचवटा अनिवार्य नमाज कायम गर्नु। तेस्रो: आफ्नो हाकिमको जायज कुरामा आज्ञापालन गर्नु। चौथो: आफ्ना सबै आवश्यकताहरू केवल अल्लाहसँग माग्ने, मानिसहरूबाट न माग्ने र यो कुरा उहाँले विस्तारै भन्नुभयो । सहाबाहरूले आफ्नो बैअतमा गरेका प्रतिज्ञाहरूलाई व्यवहारमा उतारे। यसबारे रावी (हदीस सुनाउने व्यक्ति) ले भन्नुभयो: ‘मैले तिनै सहाबामध्ये एकजनाको कोर्रा खसेको देखें। उनले कसैलाई उठाइदिन भनेनन्, बरु आफैं तल ओर्लिए र आफ्नै हातले उठाए।
...:
यो हदीसले मानिसहरूसँग नमाग्न र प्रत्येक प्रकारको माग्ने कार्यबाट टाढा रहन प्रोत्साहित गर्दछ। यसमा मानिसमाथि निर्भर हुनुको सट्टा आत्मनिर्भर हुन प्रेरित गरिएको छ, चाहे त्यो सानै कुरामा किन नहोस्।
निषेध गरिएको सवाल (माग्ने कार्य) भनेको संसारिक कुराहरूसँग सम्बन्धित सवाल हो, यस अन्तर्गत ज्ञान र धार्मिक विषयवस्तुसँग सम्बन्धित जिज्ञासा सोध्ने र ज्ञान माग्ने कार्य पर्दैन ।
सही मुस्लिम (2/ 721) (1043).
थप (4)
بهجة الناظرين.
لسليم الهلالي (1/ 588).
نزهة المتقين.
مجموعة من الباحثين (1/ 463).
Cited in books
2 Booksथप (2)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 3«علىٰ أن تَعْبُدُوا الله ولا تُشْرِكُوا بِه شَيْئاً، والصَّلَوَاتِ الخَمْسِ، وَتُطِيعوا»، وَأَسَرَّ كَلِمَةً خَفِيَّةً: «وَلا تَسْأَلُوا النَّاسَ شَيْئاً».
- فتاوى المرضىفتاوى المرضى كنا عند رسول الله صلى الله عليه وسلم، تسعة أو ثمانية أو سبعة، فقال: «ألا تبايعون رسول الله؟» وكنا حديث عهد ببيعة، فقلنا: قد بايعناك يا رسول الله، ثم قال: «ألا تبايعون رسول الله؟» فقلنا: قد بايعناك يا رسول الله، ثم قال: «ألا تبايعون رسول الل