"जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक व्यक्तिले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस्
हित्तान बिन अब्दुल्लाह रक्काशी भन्छन्, मैले एक पटक अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) संग नमाज पढें । तशह्हुदमा बसिरहेको बेला पछाडि नमाज पढिरहेको एक व्यक्तिले भन्यो: नमाज धार्मिकता र जकात संग स्थापित गरिएको छ । जब अबू मुसा (रजियल्लाहु अन्हु) ले आफ्नो नमाज पूरा गरे अनि सलाम फेरेर मानिसहरूतर्फ फर्के तब भने: तिमीहरूमध्ये कसले यसो भन्दै थियो? जब कसैले जवाफ दिएनन्, उनले फेरि सोधे: तिमीहरूमध्ये कसले यसो भन्दै थियो? त्यसपछि उनले भने: हे हित्तान! सायद तिमिले भन्यौ होला ! उसले भन्यो: मैले भनेको होइन, मलाई डर थियो सायद तपाईंले मलाई गाली गर्नुहुन्छ । यो सुनेर त्यहाँ उपस्थित एक व्यक्तिले भने: मैले भनेको हो र मेरो नियत राम्रो थियो । त्यसपछि अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) ले भने: नमाजमा के भन्नुपर्छ पनि थाहा छैन? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सम्बोधन गर्नुभयो र हामीलाई हामीले गर्नुपर्ने सुन्नतहरू स्पष्ट पार्नुभयो र हामीलाई नमाज पढ्ने तरिका सिकाउनुभयो । उहाँले ले भन्नुभयो :
"जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक व्यक्तिले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् । जब उनले {गैरिल-मग्जूबि अलैहिम वलज्जाल्लीन} (अल-फातिहा:७) भन्छन्, तपाईंहरूले आमीन भन्नुहोस्; अल्लाहले तपाईंहरूको प्रार्थना स्वीकार गर्नुहुनेछ । त्यसपछि जब उनले "अल्लाहु अकबर" भन्छन् र रूकुअ गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र रूकुअमा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र रूकुअ गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको रुकुअमा क्षणिक ढिलाइ रुकुअबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब इमामले ‘समिअल्लाहु लिमन-हमिदह’ भन्छन् तब तपाइँहरू ‘अल्लाहुम्म रब्बना व लकल-हम्द’ भन्नुहोस्, 'अल्लाहले तपाइँको बिन्ती सुन्नुहुन्छ' भन्ने कुरा अल्लाहले रसूलद्वारा बताउनुभएको छ । त्यसपछि जब इमामले "अल्लाहु अकबर" भन्छन् र सज्दा गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र सज्दामा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र सज्दा गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको सज्दामा क्षणिक ढिलाइ सजदाबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब तपाईं तशह्हुदमा बस्नुहुन्छ, तपाईंले शुरुदेखि निम्न दुआ पढ्नुहोस् : ‘अत्तहिय्यातु अत्तैयिबातु अस्सलवातु लिल्लाह, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्’ ।
«إِذَا صَلَّيْتُمْ فَأَقِيمُوا صُفُوفَكُمْ، ثُمَّ لِيَؤُمَّكُمْ أَحَدُكُمْ فَإِذَا كَبَّرَ فَكَبِّرُوا، وَإِذْ قَالَ: {غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلا الضَّالِّينَ} [الفاتحة: 7]، فَقُولُوا: آمِينَ، يُجِبْكُمُ اللهُ، فَإِذَا كَبَّرَ وَرَكَعَ فَكَبِّرُوا وَارْكَعُوا، فَإِنَّ الْإِمَامَ يَرْكَعُ قَبْلَكُمْ، وَيَرْفَعُ قَبْلَكُمْ»، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «فَتِلْكَ بِتِلْكَ، وَإِذَا قَالَ: سَمِعَ اللهُ لِمَنْ حَمِدَهُ، فَقُولُوا: اللَّهُمَّ رَبَّنَا لَكَ الْحَمْدُ، يَسْمَعِ اللهُ لَكُمْ، فَإِنَّ اللهَ تَبَارَكَ وَتَعَالَى قَالَ عَلَى لِسَانِ نَبِيِّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: سَمِعَ اللهُ لِمَنْ حَمِدَهُ، وَإِذَا كَبَّرَ وَسَجَدَ فَكَبِّرُوا وَاسْجُدُوا، فَإِنَّ الْإِمَامَ يَسْجُدُ قَبْلَكُمْ وَيَرْفَعُ قَبْلَكُمْ»، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «فَتِلْكَ بِتِلْكَ، وَإِذَا كَانَ عِنْدَ الْقَعْدَةِ فَلْيَكُنْ مِنْ أَوَّلِ قَوْلِ أَحَدِكُمُ: التَّحِيَّاتُ الطَّيِّبَاتُ الصَّلَوَاتُ لِلهِ، السَّلَامُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللهِ وَبَرَكَاتُهُ، السَّلَامُ عَلَيْنَا وَعَلَى عِبَادِ اللهِ الصَّالِحِينَ، أَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ وَأَشْهَدُ أَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ».
अबु मुसा अल-अशअरी (रजियल्लाहु अन्हु) ले नमाज पढाउनुभयो । तशह्हुदमा बसिरहेको बेला उनको पछाडि नमाज पढिरहेको एक व्यक्तिले 'कुर्आनमा दान र जकातको साथमा नमाजको उल्लेख गरिएको कुरा गर्यो । नमाज समाप्त भइसकेपछि उनी मानिसहरू तिर फर्के र तिनीहरूलाई सोधे : ‘कुरआनमा दान र जकातको साथमा नमाजको उल्लेख गरिएको छ’ भनी तिमीहरूमध्ये कसले भनेको छ? जब सबै चुप लागे र कसैले जवाफ दिएनन्, उनेल फेरि प्रश्न सोधे, तर कसैले कुनै जवाफ दिएनन् । तब अबू मुसा (रजियल्लाहु अन्हु) ले हित्तानलाई भने, हे हित्तान! सायद तिमिले भन्यौ होला ! किनभने उनी साहसी व्यक्ति थिए र उनीसँग उनको गहिरो सम्बन्ध र ठूलो निकटता थियो, जसका कारण यो आरोपले उनलाई चोट पुर्याउने सम्भावना कम थियो । साथै, यसको उद्देश्य वास्तविक वक्तालाई पत्ता लगाउनु पनि थियो । तर हित्तानले त्यसलाई अस्वीकार गर्दै भने: तपाईंले मलाई गाली गर्नुहुन्छ भन्ने डर लगेको थियो । यो सुनेर त्यहाँ उपस्थित एक व्यक्तिले भने मैले भनेको थिए र मेरो नियत राम्रो थियो । त्यसमा अबु मुसा अल-अशअरी (रजियल्लाहु अन्हु) ले उनलाई निर्देशन दिदै भने, नमाजमा के भन्नुपर्छ पनि थाहा छैन? यो वास्तवमा उनको भनाइको एक प्रकारको खण्डन थियो । तब अबू मुसा अशअरी (रजियल्लाहु अन्हु) ले बयान गरे, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सम्बोधन गर्नुभयो र हामीलाई शरीयत र नमाज सिकाउनुभयो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जब तपाईं नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा र बराबर राख्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक जनाले मानिसहरूलाई इमामत गरुन् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि उस्तै तकबीर भन्नुहोस् । जब उनले सूरह फातिहा पढ्छन् र {गैरिल-मग्जूबि अलैहिम वलज्जाल्लीन} (अल-फातिहा:७) मा पुग्छन् भने तपाईंहरू आमीन भन्नुहोस् । जब तपाईं यसो गर्नुहुन्छ, अल्लाहले तपाईंहरूको दुआ स्वीकार गर्नुहुनेछ । त्यसपछि जब इमामले तकबीर भन्छन् र रुकुअमा जान्छन्, तब तपाईंहरूले पनि तकबीर भन्नुहोस् र रूकुअमा जानुहोस् । इमाम तपाईंहरू भन्दा पहिला रूकुअ गर्छन् र रूकुअबाट उठ्नेछन् । त्यसैले इमाम भन्दा अगाडि नजानुहोस् । रूकुअमा जाने क्षणिक ढिलाइ रूकुअबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ र यसरी तपाईको रूकुअको लम्बाइ इमामको रूकुअको लम्बाइ बराबर हुनेछ । त्यसपछि जब इमामले ‘समिअल्लाहु लिमन-हमिदह’ भन्छन् तब तपाइँहरू ‘अल्लाहुम्म रब्बना व लकल-हम्द’ भन्नुहोस्, अल्लाहले तपाइँको बिन्ती र भनाई सुन्नुहुन्छ । अल्लाहले यो कुरा रसूल मार्फत भन्नुभयो । त्यसपछि जब इमामले तकबीर भन्छन् र सज्दामा जान्छन्, मुक्तदीहरूले पनि तकबीर भन्नुपर्छ र सज्दामा जानुपर्छ । इमाम तिनीहरूको अगाडि सजदामा जान्छन् र तिनीहरूको अगाडि सजदाबाट उठ्नेछन् । यसरी सजदामा जानको क्षणिक ढिलाइ सजदाबाट उठ्ने बेलाको क्षणिक ढिलाइबाट पूरा हुनेछ र यसरी तिनीहरूको सजदाको लम्बाइ इमामको सजदाको लम्बाइ बराबर हुनेछ । त्यसपछि तशह्हुदको लागि बस्दा सबैभन्दा पहिले यो दुआ पढ्नुहोस्: ‘अत्तहिय्यातु अत्तैयिबातु अस्सलवातु लिल्लाह’ अर्थात् राज्य, अस्तित्व र महानता यी सबै चीजहरू केवल अल्लाहका लागि हुन् । त्यसैगरी सबै पाँच नमाज़हरू अल्लाहका लागि हुन् । त्यसपछि ‘अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्’ भन्नुहोस् । हामी हरेक दोष, कष्ट, कमी र भ्रष्टाचारबाट सुरक्षाको लागि दुआ गर्छौं विशेष गरी मुहम्मद सल्लल्लाहु अलैहि वा सल्लमको लागि दरुद पठाउँछौं । त्यसपछि हामी आफैलाई सलाम गर्छौं र अल्लाहका ती धर्मी सेवकहरूलाई अभिवादन पठाउँछौं जसले अल्लाह र उहाँका सेवकहरूको अनिवार्य कर्तव्यहरू पूरा गर्छन् । त्यसपछि हामी गवाही दिन्छौं, अल्लाह बाहेक कोही उपासना योग्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सेवक र दूत हुनुहुन्छ ।
فأرمّ: سكنوا وسكتوا.
تبكعني: تقرعني وتوبخني.
तशह्हुदको दुआहरू मध्ये एकको उल्लेख ।
सलाह (नमाज) का सम्पूर्ण कार्य र भनाइहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा पुष्टि हुनुपर्छ । सुन्नतबाट प्रमाणित नभएको कुनै पनि कार्य वा कथन नमाजमा पढ्न अनुमति छैन ।
नमाज पढ्दा इमाम भन्दा अगाडी कुनै कुरा गर्नु वा ढिलो गर्नु अनुमति छैन । मुक्तदीले इमामको अनुसरण गर्नुपर्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) धर्मको प्रचारप्रसार र आफ्नो उम्मतलाई धार्मिक नियमहरू सिकाउन विशेष ध्यान दिनुहुन्थ्यो भन्ने कुराको उल्लेख ।
इमाम मुक्तदीहरूका लागि आदर्श र अनुशरण गरिने व्यक्ति हुन्। तसर्थ, मुक्तदीले नमाज पढ्दा इमाम भन्दा अगाडि बढ्ने वा उसको साथ-साथ गर्ने वा ढिलो गर्ने अनुमति छैन, बरु इमामले गरेको निश्चित भएपछि मुक्तादीले इमामको अनुसरण गर्नुपर्छ ।
नमाजमा सफ (पंक्ति) हरू सीधा गर्नु मुस्तहब हो ।
सही मुस्लिम (1/ 303) (404).
थप (4)
إكمال المعلم (2/298).
المفهم لما أشكل من تلخيص كتاب مسلم (2/ 37).
النهاية في غريب الحديث والأثر (ص376) (87).
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (9/ 402).
Cited in books
7 Booksथप (6)
- تطبيق القرآن والأذكارأذكار الصلاة((التَّحِيَّاتُ لِلَّهِ، وَالصَّلَواتُ، وَالطَّيِّباتُ، السَّلاَمُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ، السَّلاَمُ عَلَيْنَا وَعَلَى عِبَادِ اللَّهِ الصَّالِحِينَ. أَشْهَدُ أَنْ لاَ إِلَهَ إِلاَّ اللَّهُ وَأَشْهَدُ
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلم«التَّحِيَّاتُ لِلَّهِ، وَالصَّلَواتُ، وَالطَّيِّبَاتُ، السَّلَامُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ، السَّلَامُ عَلَيْنَا وَعَلَى عِبَادِ اللَّهِ الصَّالِحِينَ، أَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللَّهُ وَأَشْهَدُ
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلمالتَّحِيَّاتُ لِلَّهِ، وَالصَّلَواتُ، وَالطَّيِّبَاتُ، السَّلَامُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ، السَّلَامُ عَلَيْنَا وَعَلَى عِبَادِ اللَّهِ الصَّالِحِينَ، أَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللَّهُ وَأَشْهَدُ
- رسالة في الأذكار1«وَإِذَا كَانَ عِنْدَ الْقَعْدَةِ فَلْيَكُنْ مِنْ أَوَّلِ قَوْلِ أَحَدِكُمُ: التَّحِيَّاتُ الطَّيِّبَاتُ الصَّلَوَاتُ للهِ، السَّلَامُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللهِ وَبَرَكَاتُهُ، السَّلَامُ عَلَيْنَا وَعَلَى عِبَادِ اللهِ ا
- ما لا يسع المسلم جهله«إِذَا صَلَّى أَحَدُكُمْ فَلْيَقُلْ: التَّحِيَّاتُ لِلَّهِ وَالصَّلَوَاتُ وَالطَّيِّبَاتُ، السَّلَامُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ، السَّلاَمُ عَلَيْنَا وَعَلَى عِبَادِ اللَّهِ الصَّالِحِينَ، أَشْهَدُ أَنْ ل
- محاضرات تعظيم قدر الصلاةمحاضرات في تعظيم قدر الصلاة"السلام عليك أيها النبي ورحمة الله وبركاته "