"चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए।" उहाँले यो तीन पटक भन्नुभयो ।
«هلك المُتَنَطِّعُون» قالها ثلاثًا.
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती चरमपन्थीहरूको विनाश र बर्बादीको बारेमा बताउँदै हुनुहुन्छ, जो ईश्वरीय मार्गदर्शन र ज्ञान बिना आफ्नो धर्म, वचन र कार्यहरूमा नबी द्वारा तोकिएको कानूनी सीमा (शरिया) भन्दा बाहिर जान्छन् ।
....:
हरेक काममा बनावटी व्यवहार र उग्रता बाट मनाही गरिएको हो, त्यसैले यसबाट बच्न अति नै आवश्यक छ; विशेषगरी धर्मकार्य र धार्मिक मानिसहरूको सम्मानमा ।
उपासना आदि लाई पूर्णताका साथ गर्न प्रयास गर्नु सराहनीय कुरा हो, तर यसका लागि शरीयतको पालना गर्नु आवश्यक छ ।
कुनै पनि महत्त्वपूर्ण कुरालाई जोड दिनु "मुस्तहब"(राम्रो) हो, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो वाक्यलाई तीन पटक दोहोर्याउनु भयो ।
यस हदीस बाट स्पष्ट हुन्छ कि इस्लाम एक सहज र उदार धर्म हो ।
सही मुस्लिम (4/ 2055) (2670).
थप (4)
الجديد في شرح كتاب التوحيد.
للقرعاوي (ص180).
الملخص في شرح كتاب التوحيد.
لصالح الفوزان (ص167).
Cited in books
4 Booksथप (4)
- حراسة التوحيدإقامة البراهين على حكم من استغاث بغير الله«هَلَكَ المُتَنَطِّعُونَ» قَالَهَا ثَلَاثًا.
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «هَلَكَ الْمُتَنَطِّعُونَ» قَالَهَا ثَلاَثاً.
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 8«هَلَكَ المُتَنَطِّعُونَ» قَالَهَا ثَلاثاً.
- مجموعة زاد الحديث(2)1«هلك المتنطعون - قالها ثلاثا»