"कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।"
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।"
«أَوَّلُ مَا يُقْضَى بَيْنَ النَّاسِ يَوْمَ الْقِيَامَةِ فِي الدِّمَاءِ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामत (प्रलय) को दिन मानिसहरूले एकअर्कालाई पुर्याएको अन्यायको हिसाब-किताब गर्दा, सबैभन्दा पहिले रक्तपात; हत्या र शारीरिक चोट पुर्याइएका विषयहरूमाथि न्याय गरिनेछ।
...:
हदीसबाट प्रस्ट हुन्छ कि रक्तपातको मामिला धेरै नै महत्त्वपूर्ण छ। किनभने महत्त्वपूर्ण भएकोले (कयामत को दिन कर्म-हिसाबकिताबको) शुरुवात त्यसै विषयबाट गरिन्छ ।
पापहरू तिनले निम्त्याउने हानिको व्यापकताअनुसार ठूला हुन्छन्। निर्दोष आत्माको हत्या गर्नु सबैभन्दा ठूलो हानिकारक क्षतिकार्य हो, र यसभन्दा ठूलो पाप केवल अल्लाहप्रति कुफ्र (अविश्वास) र शिर्क (बहुदेववाद) गर्नु हो।
सही बुखारी (9/ 2) (6864).
सही मुस्लिम (3/ 1304) (1678).
थप (6)
خلاصة الكلام شرح عمدة الأحكام.
لفيصل آل مبارك (ص319).
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص640).
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (2/ 103).