Skip to content

"मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपरे पनि, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले त्यसको बदलामा उसका केही पापहरू क्षमा गरिदिनुहुन्छ।"

अबू-सईद अल्-खुदरी र अबू-हुरैरह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपरे पनि, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले त्यसको बदलामा उसका केही पापहरू क्षमा गरिदिनुहुन्छ।"

«مَا يُصِيبُ الْمُسْلِمَ مِنْ نَصَبٍ وَلَا وَصَبٍ وَلَا هَمٍّ وَلَا حُزْنٍ وَلَا أَذًى وَلَا غَمٍّ حَتَّى الشَّوْكَةِ يُشَاكُهَا إِلَّا كَفَّرَ اللهُ بِهَا مِنْ خَطَايَاهُ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जुनसुकै रोग, दुःख, पीडा,समस्या, चिन्ता, कष्ट, डर र भोक आदि मुस्लिमलाई आइपर्छ, यहाँसम्म कि एउटा काँडा बिज्दा जुन पीडा हुन्छ, ती सबै उसको पापहरूका लागि प्रायश्चित स्वरूप बन्छन्।

शब्दको अर्थ

نصب: التعب.

وصب: المرض .

हदीसका केही फाइदाहरू

यस हदीस बाट प्रस्ट हुन्छ कि अल्लाहले आफ्ना भक्तहरूमाथि असीम कृपा र दया गर्नु हुन्छ र उनीहरूलाई कुनै पनि सानातिना हानि भएमा वा दुख पुगेमा उहाँले तिनीहरूका पापहरू क्षमा गरिदिनुहुन्छ।

एक मुस्लिमले परीक्षा र कष्टलाई अल्लाहबाट पुण्य पाउने स्रोतको रूपमा लिनुपर्छ र हरेक सानो वा ठूलो कष्टमा धैर्यवान् रहनुपर्छ, ताकि यसले उसको स्तरलाई उच्च बनाओस् र उसका पापहरूलाई मेटियोस् ।

श्रोतहरू

सही बुखारी (7/ 114) (5641).

सही मुस्लिम (4/ 1992) (2572).

थप (11)

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (1/ 489).

شرح رياض الصالحين.

لابن عثيمين (1/ 242).

شرح النووي على مسلم (16/ 126).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص44).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 96).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخِن وغيره (1/ 70).