Skip to content

"चारवटा गुणहरू छन्; जुन व्यक्तिमा यी सबै पाइन्छन्, ऊ पूर्ण मुनाफिक (पाखण्डी, कपटी) हो र यदि तीमध्ये कुनै एक गुण पाइन्छ भने, उसमा पाखण्डको एक अंश हुन्छ, जबसम्म उसले त्यसलाई त्याग्दैन। — जब ऊ बोल्छ, झूट बोल्छ; जब वाचा गर्छ, पूरा गर्दैन; जब विवाद गर्छ, अन्यायपूर्ण व्यवहार गर्छ; र जब सम्झौता गर्छ, त्यसमा धोका दिन्छ।"

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"चारवटा गुणहरू छन्; जुन व्यक्तिमा यी सबै पाइन्छन्, ऊ पूर्ण मुनाफिक (पाखण्डी, कपटी) हो र यदि तीमध्ये कुनै एक गुण पाइन्छ भने, उसमा पाखण्डको एक अंश हुन्छ, जबसम्म उसले त्यसलाई त्याग्दैन। — जब ऊ बोल्छ, झूट बोल्छ; जब वाचा गर्छ, पूरा गर्दैन; जब विवाद गर्छ, अन्यायपूर्ण व्यवहार गर्छ; र जब सम्झौता गर्छ, त्यसमा धोका दिन्छ।"

«أَرْبَعٌ مَنْ كُنَّ فِيهِ كَانَ مُنَافِقًا، وَإِنْ كَانَتْ خَصْلَةٌ مِنْهُنَّ فِيهِ كَانَتْ فِيهِ خَصْلَةٌ مِنَ النِّفَاقِ حَتَّى يَدَعَهَا: مَنْ إِذَا حَدَّثَ كَذَبَ، وإِذَا وَعَدَ أَخْلَفَ، وإذَا خَاصَمَ فَجَرَ، وَإِذَا عَاهَدَ غَدَرَ».

बुखारी र मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले चार लक्षणहरू विरुद्ध चेतावनी दिनुभएको छ । यदि ती लक्षणहरू कुनै मुस्लिममा भयो भने ऊ धेरै हदसम्म पाखण्हडीरू जस्तै हुन्छ । हामी यहाँ ती व्यक्तिको बारेमा कुरा गर्दैछौं जसको व्यक्तित्वमा यी गुणहरू हावी हुन्छन् । यदि कसैमा कहिलेकाहीं यी गुणहरू हुन्छन् भने त्यो यसमा समावेश छैन, ती निम्न हुन् : पहिलो: जब ऊ बोल्छ, जानाजानी झूट बोल्छ र उसको बोलीमा सत्यता हुँदैन । दोस्रो : जब उसले सम्झौता गर्छ, त्यो पूरा गर्दैन र अर्को पक्षलाई धोका दिन्छ । तेस्रो : जब उसले वाचा गर्छ, पूरा गर्दैन अनि तोड्छ । चौथो: यदि उसले कसैसँग झगडा गर्छ भने उसको झगडा गम्भीर हुन्छ, ऊ सत्यबाट विचलित हुन्छ र सत्यलाई झुठो प्रमाणित गर्न झूट बोल्छ । निफाक (कपट) भनेको जसको भित्री रुप उसको बाहिर रुप विपरीत हो। यो अर्थ यी गुणहरू भएको व्यक्तिमा हुन्छ र उसको कपट त्यो व्यक्तिसँग सम्बन्धित हुन्छ जससँग उसले कुरा गरेको, वाचा गरेको, जिम्मा दिएको, बहस गरेको र मानिसहरूबाट वाचा गरेको थियो । यसको अर्थ यो होइन कि ऊ कपटी हो । जसमा यी मध्ये कुनै एक गुण छ, त्यसमा पाखण्डको गुण हुन्छ जबसम्म उसले यसलाई त्याग्दैन।

हदीसका केही फाइदाहरू

निफाक (कपट) मा पर्न विरुद्ध चेतावनीको लागि केही लक्षणहरूको विवरण।

"यस हदीसको उद्देश्य : यी विशेषताहरू नफाक (कपट) को विशेषताहरू हुन् र जसमा यी पाइन्छन्, त्यो व्यक्ति यिनै गुणमा नफाकीहरूसँग मिल्दोजुल्दो हुन्छ र उनीहरूको चरित्र अपनाउने जस्तो देखिन्छ। तर यसले उनलाई यस्तो मुनाफिक बनाउँदैन जसले बाहिर इस्लाम देखाएर भित्र कुफ्र लुकाउँछ भनिएको छ, यो तिनीहरूका लागि हो, जसमा यी विशेषताहरू हाबी हुन्छन्, तिनीहरूलाई बेवास्ता गर्छन् र हल्का ठान्छन्; किनकि जो यस्तो अवस्थामा हुन्छ, उसले प्रायः कमजोर विश्वास राख्ने प्रवृत्ति राख्छ।"

गजालीले भने: धर्मको सार तीनवटा कुराहरूमा सीमित छ: वचन, कर्म र नियत । त्यसैले झुटले वचनको भ्रष्टता, विश्वासघातले कर्मको भ्रष्टता र वाचा तोडेर नियतको भ्रष्टाचार हुने औंल्याए । किनभने वाचा तोड्ने मनसाय नभएसम्म त्यसमा केही खराबी छैन, जस्तैः पुरा गर्ने उसको दृढ नियत थियो, तर कुनै कुराले बाधा पुर्‍यायो वा उसको मनमा अर्को कुरा आयो भने, उसको तर्फबाट कुनै प्रकारको कपट हुँदैन ।

निफाक (कपट वा पाखण्ड) दुई प्रकारका हुन्छन्: ईमानमा कपट : बाहिर आफू मुस्लिम भएको नाटक गर्ने अनि भित्र कुफ्र लुकाउने र यसले मानिसलाई इस्लामको दायराबाट खारेज गर्छ । अमल (कर्म) मा कपट, जसले आफ्नो नैतिकतामा कपटीहरूको नक्कल गर्दछ र यसले इस्लामको दायराबाट खारेज गर्दैन, तर यो ठूलो पाप हो ।

इब्न हजरले भने: "विद्वानहरूले एकमत गरेका छन् कि जसले आफ्नो हृदय र जिब्रो दुवैबाट इस्लामको पुष्टि गरेको छ र यी विशेषताहरू प्रदर्शन गर्छ, उसलाई कुफ्रको दोष लगाइँदैन, न त ऊ सदाका लागि नरकमा रहिरहने मुनाफिक (कपटी) हो।"

नववीले भने: विद्वानहरूको एक समूहले भने: यसको मतलब ती पाखण्डीहरू हुन्, जो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा थिए । तिनीहरूले ईमान ल्याए तर झूट बोले, तिनीहरूलाई धर्म र अमानत (नासो) सुम्पियो, तर तिनीहरूले धोका दिए, तिनीहरूले धर्म र यसको मद्दत गर्ने वाचा गरे, तर तिनीहरूले विश्वासघात गरे र तिनीहरूले झगडा गर्दा गालीगलौज गरे ।

श्रोतहरू

सही बुखारी (1/ 16) (34).

सही मुस्लिम (1/ 78) (58).

थप (3)

المفهم لما أشكل من تلخيص كتاب مسلم (1/ 250).

بهجة قلوب الأبرار (ص 26).

البحر المحيط الثجاج (2/370).