Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

12 of 683 cards

Clear filters

Narrator

Show all narrators (80)
النعمان بن بشير4 جابر بن عبد الله3 جرير بن عبد الله3 حذيفة3 عبادة بن الصامت3 علي3 ‌ابن عباس2 أبو أيوب الأنصاري2 أبو بكرة2 أبو قتادة2 أبو مسعود2 أبو هريرة قال2 أسامة بن زيد2 البراء بن عازب2 سهل بن سعد2 عقبة بن عامر2 عمر2 عمر بن الخطاب2 أبو أيوب1 أبو بردة الأنصاري1 أبو بردة بن أبي موسى1 أبو بشير الأنصاري1 أبو حازم بن دينار1 أبو حازم قال1 أبو حمزة أنس بن مالك1 أبو ذر1 أبو سعيد الخدري وعن أبي هريرة1 أبو طلحة1 ‌أبي قتادة السلمي1 ‌أبي هريرة1 أبيه قال1 أسماء بنت أبي بكر1 البراء1 الحسن قال1 المغيرة1 المغيرة بن شعبة1 المقداد بن عمرو الكندي1 ‌أنس بن مالك1 جبير بن مطعم1 حارثة بن وهب الخزاعي1 حكيم بن حزام1 رافع بن خديج1 زيد بن ثابت1 زيد بن خالد1 زيد بن خالد الجهني1 زينب بنت جحش1 سليمان بن صرد1 صفوان بن محرز قال1 طلحة بن عبيد الله1 ‌عائشة1 عائشة وعبد الله بن عباس1 عبادة1 عبد الرحمن بن أبي ليلى قال1 عبد الله بن عمرو بن العاص1 عبد الله بن مالك ابن بحينة1 عبد الله بن مغفل1 عدي بن حاتم1 عمار بن ياسر1 عمر بن أبي سلمة1 عمران بن حصين1 عمرو بن سليم الأنصاري قال1 ‌قتادة رحمه الله قال1 مالك بن أوس بن الحدثان أنه قال1 ‌محمود بن لبيد1 معاذ بن جبل1 معاوية1 معقل بن يسار المزني1 ميمونة أم المؤمنين1 ‌وراد كاتب المغيرة بن شعبة قال1 يحيى بن عمارة المازني قال1
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मिम्बरमा बस्नुभयो र हामी उहाँको वरिपरि बस्यौं। उहाँले भन्नुभयो: "मेरो मृत्युपछि मलाई तिम्रो लागि यो संसारको चमक र सांसारिक सजावटका ढोकाहरू खोलिनेछ भन्ने कुराको डर छ।" एक जना मानिसले भन्यो: हे रसूल! के भलाइले बुराई ल्याउँछ?" प्रश्न सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) चुप लागे। मानिसहरूले भने: "तिमीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रश्न गर्यौ, तर उहाँले जवाफ दिनुभएन?" हामीले अनुमान गर्यौं उहाँमाथि वह्य (प्रकाशना) अवतरित भइरहेको थियो। त्यसपछि उहाँले आफ्नो निधारबाट पसिना पुछे र भने: "प्रश्नकर्ता कहाँ छ?" एक तरिकाले, उहाँले उसको प्रशंसा गर्नुभयो र त्यसपछि भन्नुभयो: भलाइले कहिल्यै बुराई ल्याउँदैन। वास्तवमा, वसन्त ऋतुमा उम्रने घाँसले मार्छ वा दुख दिन्छ । तर हरियो घाँस खाने जनावर बाहेक, जब उसको पेट भरिन्छ, उसले आफ्नो अनुहार घामतिर फर्काउँछ र चपाउन थाल्छ, त्यसपछि दिसा गर्छ र पिसाब फेर्छ । वास्तवमा, यो सम्पत्ति हरियो र मीठो छ। त्यो मुस्लिम कति राम्रो छ जसले गरिब, अनाथ र यात्रीलाई दिने गर्छ - वा यस्तै कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भनेका थिए। तर जसले अन्यायपूर्वक यसलाई प्राप्त गर्छ, त्यो त्यो व्यक्ति जस्तै हो जसले खान्छ तर सन्तुष्ट हुँदैन। त्यस्तो सम्पत्तिले पुनरुत्थानको दिन व्यक्तिको विरुद्धमा साक्षी दिनेछ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيذم حب الدنيا
कुनै पनि महिलाले दुई दिनको दूरीको यात्रा श्रीमान् वा महरम (विवाह गर्न नमिल्ने पुरुष नातेदार) बिना गर्नु हुँदैन। त्यसैगरी, ईद-उल-फित्र र ईद-उल-अज्हाको दिन रोजा(उपवास) बस्न निषेध गरिएको छ। यसका साथै, फज्रको नमाजपछि सूर्योदय नभएसम्म र अस्रको नमाजपछि सूर्यास्त नभएसम्म कुनै पनि अतिरिक्त नमाज पढ्नु हुँदैन। धार्मिक यात्रा केवल निम्न तीन मस्जिदहरूको लागि मात्र गर्न सकिन्छ: मस्जिद अल-हराम (मक्का), मस्जिद अल-अक्सा, र मेरो यो मस्जिद (मस्जिद अन-नबवी, मदिना)।
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيأحكام النساء، آداب وأحكام السفر، تاريخ مكة والمدينة والأقصى، أوقات النهي عن الصلاة، أحكام الصيام، أحكام المسجد الحرام والمسجد النبوي، فقه المرأة المسلمة، أحكام وآداب العيد، أحكام المساجدموضوعات الحديثما يَحرُمُ صومه، أحكام المسجد الحرام، أحكام المسجد النبوي، أوقات النهي عن الصلاة
"हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।" महिलाहरूले भने: "हाम्रो धर्म र बुद्धिमा के कमी छ?" उनले भने: "के महिलाको गवाही पुरुषको गवाहीको आधा होइन?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यो उसको बुद्धिको कमी हो।" अनि "के जब ऊ महिनावारीमा हुन्छे, तब ऊ न नमाज पढ्छे न रोजा राख्छे?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यसो भए, त्यो उसको धर्मको कमी हो।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيأحكام النساء، صفات الجنة والنار
अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन। ” तब अल्लाहले भन्नुहुनेछ: “म तिमीहरूलाई योभन्दा पनि उत्तम उपहार दिनेछु।” तिनीहरूले सोध्नेछन्: “हे हाम्रा पालनकर्ता! योभन्दा उत्तम कुरा अरू के हुन सक्छ र?” तब अल्लाहले घोषणा गर्नुहुनेछ: “म तिमीहरूलाई मेरो ‘महा-प्रसन्नता’ (रजामन्दी) प्रदान गर्दछु, र अब उप्रान्त म तिमीहरूसँग कहिल्यै अप्रसन्न हुनेछैन।”
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيصفات الجنة والنار، توحيد الأسماء والصفات
“नबी (सल्लल्लाहु अलैहि वसल्लम) पर्दाभित्र बस्ने कुमारी युवतीभन्दा पनि बढी लजालु हुनुहुन्थ्यो। उहाँले कुनै अप्रिय कुरा देख्नुहुन्थ्यो भने, त्यसको असर उहाँको मुहारमा स्पष्ट रूपमा झल्किन्थ्यो।”
सही मुत्तफकुन अलैहि
"जो अल्लाहको बाटोमा एक दिनको लागि रोजा बस्छ, अल्लाहले उसको अनुहारलाई नर्कको आगोबाट सत्तरी वर्षको दुरी बराबर टाढा गरिदिनुहुनेछ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيصيام التطوع
अली बिन अबी तालिब (रजिअल्लाहो अन्हु) ले यमनबाट रसूल (सल्लल्लाहो अलैहे वसल्लम) कहाँ करज़ (एक प्रकारको वनस्पति) ले प्रशोधित गरिएको छालाको थैलीमा केही सुन पठाउनुभयो, जसलाई अझै माटोबाट पूर्ण रूपमा अलग गरिएको थिएन। (वर्णनकर्ता भन्छन्:) त्यसपछि रसूल (सल्लल्लाहो अलैहे वसल्लम) ले त्यसलाई चार व्यक्तिहरूका बीचमा बाँडिदिनुभयो—उयैना बिन बद्र, अक्रा बिन हाबिस, जैद अल-खैल र चौथो व्यक्ति कि त अल्कमा हुनुहुन्थ्यो वा आमिर बिन अल-तुफैल। तब सहाबाहरूमध्ये एक व्यक्तिले भने, "यस (धन)मा उनीहरूभन्दा बढी हाम्रो अधिकार थियो।" यो कुरा जब नबी (सल्लल्लाहो अलैहे वसल्लम) कहाँ पुग्यो, तब उहाँले भन्नुभयो: "के तिमीहरू ममाथि भरोसा गर्दैनौ? जबकि म आकाशमा हुनुहुने (अल्लाह) को भरोसायोग्य सत्पात्र हुँ; मकहाँ बिहान-साँझ आकाशको सन्देश (वही) आउँछ।" (वर्णनकर्ता भन्छन्:) त्यसपछि यस्तो एउटा व्यक्ति उभियो जसका आँखाहरू भित्र धसिएका थिए, गालाका बङ्गाराहरू बाहिर निस्किएका जस्ता थिए, निधार अगाडि बढेको थियो, बाक्लो दाह्री थियो, टाउको मुन्डन गरिएको थियो, र लुङ्गी (इजार) माथि सारेको थियो। उसले भन्यो, "हे अल्लाहका रसूल! अल्लाहसँग डराउनुहोस्।" उहाँ (सल्लल्लाहो अलैहे वसल्लम) ले यो सुनेर भन्नुभयो: "तेरो विनाश होस्! के म यस धर्तीका मानिसहरूमध्ये सबैभन्दा अल्लाहको भय राख्ने व्यक्ति होइन र?" त्यसपछि त्यो मानिस त्यहाँबाट फर्कियो। खालिद बिन अल-वलीदले भने, "हे अल्लाहका रसूल! के म यसको घाँटी छिनालिदिऊँ?" उहाँ (सल्लल्लाहो अलैहे वसल्लम) ले भन्नुभयो: "हैन, सायद उसले नमाज पढ्ने गर्दछ।" खालिदले भन्नुभयो: "धेरै नमाजीहरू यस्ता छन् जसले आफ्नो मुखले यस्तो कुरा भन्छन् जुन उनीहरूको मुटुमा हुँदैन।" तब रसूल (सल्लल्लाहो अलैहे वसल्लम) ले भन्नुभयो: "मलाई मानिसहरूको हृदय खोतल्ने वा उनीहरूको भित्री मन चिरेर हेर्ने आदेश दिइएको छैन।" त्यसपछि उहाँले त्यस तर्फ हेर्नुभयो, जबकि ऊ पिठ्युँ फर्काएर जाँदै थियो। उहाँ (सल्लल्लाहो अलैहे वसल्लम) ले भन्नुभयो: "निश्चय नै यसको वंशबाट यस्ता मानिसहरूको उदय हुनेछ, जसले अल्लाहको पुस्तक (कुरआन) अत्यन्त सुमधुर स्वरमा पढ्नेछन्, तर त्यो उनीहरूको घाँटीभन्दा तल जाने छैन (अर्थात् हृदयले स्वीकार गर्ने छैन)। उनीहरू धर्मबाट यसरी बाहिर निस्कनेछन्, जसरी बाण आफ्नो धनुषबाट निस्कन्छ।" र मलाई लाग्छ उहाँले यो पनि भन्नुभयो: "यदि मैले उनीहरूलाई भेट्टाएँ भने, मैले उनीहरूलाई समूद (जाति) को विनाश जस्तै गरी नष्ट गरिदिने थिएँ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالفرق والمذاهب القديمة النشأة
"तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيفضل الذكر، الأذان والإقامةموضوعات الحديثأحكام الأذان والإقامة