Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

38 of 683 cards

Clear filters
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मृत्युको समय नजिकिँदै गर्दा उहाँको मुख्य उपदेश यो थियो: 'नमाज र तिमीहरूको मातहतमा रहेकाहरू (दास-दासीहरू) को अधिकारको ख्याल राख्नू; नमाज र तिमीहरूको मातहतमा रहेकाहरूको अधिकारको ख्याल राख्नू।' यहाँसम्म कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को छातीमा (श्वासप्रश्वासका कारण) त्यो आवाज घर्घर भइरहेको थियो र उहाँको मुखले स्पष्ट रूपमा ती शब्दहरू उच्चारण गर्न सकिरहेको थिएन।"
सही رواه النسائي في السنن الكبرى وابن ماجه
"जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ । त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "र, उनीहरूले कुनै ठुला पाप गरेमा वा आफैंमाथि अन्याय गरेमा, उनीहरूले अल्लाहलाई सम्झन्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले बिहान र बेलुका यी दुआहरू पढ्न कहिल्यै छोड्नुभएन: हे अल्लाह ! म तपाईँसित यस संसार र परलोकको कल्याणको माग गर्दछु । हे अल्लाह ! म तपाईंसँग मेरो धर्म र सांसारिक मामिला, मेरो परिवार र धनको कल्याण चाहन्छु। हे अल्लाह! मेरो गुप्तांगहरू ढाक्नुहोस् र मलाई डर र खतराबाट सुरक्षित राख्नुहोस्। हे अल्लाह! मलाई अगाडि, पछाडि, दायाँ, बायाँ र माथिबाट रक्षा गर्नुहोस्। म तपाईंको महामहिमको शरण चाहन्छु, म अचानक तलबाट खोसिएर जान नपरोस्।"
सही अबू दाउद, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अक्बाको बिहान आफ्नो ऊँटमा सवारी भएको अवस्थामा भन्नुभयो: "मेरो लागि केही स-साना ढुङ्गाहरू लिएर आऊ।" मैले उहाँको लागि चनाको दाना बराबरका सातवटा ढुङ्गाहरू ल्याइदिएँ। उहाँले ती ढुङ्गाहरूलाई आफ्नो हत्केलामा राखेर हल्लाउँदै भन्नुभयो: "यस्तै साना ढुङ्गाहरूले हान्नु।" त्यसपछि उहाँले भन्नुभयो: "हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनु, किनकि तिमीभन्दा अघिका मानिसहरू धर्ममा अतिवादका कारणले नै नष्ट भएका थिए।"
सही अबू दाउद, निसाई र अहमदले वर्णन गरेका छन्
"आदमको सन्तानले आफ्नो पेटभन्दा खराब कुनै भाँडो भर्दैन। मानिसलाई आफ्नो ढाड सोझो राख्न (अर्थात् जीवित रहन) केही गाँस खाना नै पर्याप्त हुन्छ। यदि उसले (पेट) भर्नै पर्ने भएमा, एक तिहाइ भाग खानाको लागि, एक तिहाइ पिउनेको लागि र एक तिहाइ भाग सासको लागि (छोड्नुपर्छ)।"
सही इमाम अहमद, तिर्मिजी, निसाई र इब्ने माजहले वर्णन गरेका छन्
"जुन कुरा प्रति तिमीलाई शङ्का छ, त्यसलाई छाडेर त्यो कुरा अपनाउनु जसमा कुनै शङ्का छैन।"
सही तिर्मिजी र निसाईले वर्णन गरेका छन्
"तीन प्रकारका व्यक्तिहरूबाट (कर्महरूको लेखा-जोखा राख्ने) कलम उठाइएको छ: सुतेको व्यक्तिबाट, जबसम्म ऊ ब्युँझिँदैन, बालकबाट, जबसम्म ऊ बालिग (वयस्क) हुँदैन, र पागल व्यक्तिबाट, जबसम्म ऊ पूर्ण चेतनामा आउँदैन।"
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।"
सही निसाई र अहमदले वर्णन गरेका छन्