Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

72 of 683 cards

Clear filters
"त्यो व्यक्ति अपमानित होस्, जसको सामुन्ने मेरो नाम लिइयो तर उसले ममाथि दरुद (कृपा र शान्तिको प्रार्थना) पठाएन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसको जीवनमा रमजानको महिना प्राप्त भयो तर रमजान सकिनुअघि क्षमा प्राप्त गर्न सकेन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसले आफ्ना आमाबुबालाई बुढ्यौलीको अवस्थामा पायो तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्न सकेन।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"तीन प्रकारका व्यक्तिहरूबाट (कर्महरूको लेखा-जोखा राख्ने) कलम उठाइएको छ: सुतेको व्यक्तिबाट, जबसम्म ऊ ब्युँझिँदैन, बालकबाट, जबसम्म ऊ बालिग (वयस्क) हुँदैन, र पागल व्यक्तिबाट, जबसम्म ऊ पूर्ण चेतनामा आउँदैन।"
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"कुनै पनि दुई मुसलमानहरू आपसमा भेट्दा हात मिलाउँछन् भने, उनीहरू एकअर्काबाट छुट्टिनु अघि नै उनीहरूका पापहरू क्षमा गरिन्छन्।"
सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"उहाँ न निर्लज्ज थिए न निर्लज्जता नै गर्नुहुन्थ्यो, र न उहाँ बजारहरूमा चिच्याउनुहुन्थ्यो न हल्ला गर्नुहुन्थ्यो; र उहाँ खराबीको बदला खराबीले दिनुहुन्नथ्यो, बरु क्षमा गरी माफ गरिदिनुहुन्थ्यो।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"अल्लाहले त्यो मानिसलाई खुसी र समृद्ध राखून्, जसले मबाट कुनै कुरा सुन्यो र त्यसलाई जसरी सुनेको थियो, त्यसरी नै अरूलाई सुनायो; किनकि कहिलेकाहीँ जसलाई कुरा पुर्‍याइन्छ, उनीहरू सुन्ने व्यक्तिभन्दा बढी बुझ्ने र याद राख्ने खालका हुन्छन्।"
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी जीविका दिनुहुनेछ जसरी चरालाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"अल्लाहसँग डराउनु, जो तिमीहरूको पालनकर्ता हुन्, दिनको पाँच पटक नमाज पढ्नु, रमजान महिनाको रोजा राख्नु, आफ्नो धनसम्पत्तिमा अनिवार्य हुने जकात दिनु र आफ्नो हाकिमको आज्ञापालन गर्नु, यसो गरेमा, तिमी आफ्नो परमेश्‍वर को स्वर्गमा प्रवेश गर्नेछौ ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।"
सही निसाई र अहमदले वर्णन गरेका छन्