Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

27 of 683 cards

Clear filters
"सर्वशक्तिमान् अल्लाह भन्नुहुन्छ: म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु ।"
सही मुस्लिमले वर्णन गरेका छन्
“अल्लाहले कयामत (प्रलय) को दिन नर्कका वासीहरूमध्ये सबैभन्दा कम यातना पाउने व्यक्तिलाई सोध्नुहुनेछ: यदि यो पृथ्वीमा भएको सम्पूर्ण कुरा तिम्रो स्वामित्वमा हुन्थ्यो भने, के तिमीले (यो सजायबाट बच्न) त्यसलाई फिरौती स्वरूप दिने थियौ? उसले उत्तर दिनेछ: हो, अवश्य नै दिने थिए। तब अल्लाहले भन्नुहुनेछ: मैले त तिमी जब तिमी अझै आदमको पिठ्युँमा थियौ तिमीसँग योभन्दा धेरै सजिलो कुरा मात्र चाहेको थिएँ– कि तिमीले म सँग अरू कसैलाई साझेदार (शिर्क) नठहराउनू। तर तिमीले त्यसलाई अस्वीकार गर्यौ र शिर्क गर्नमा नै लागिरह्यौ।“
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा कुरा भन्नुभयो र मैले पनि एउटा कुरा भन्छु। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जो व्यक्ति अल्लाह बाहेक अरूको उपासना गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ ।" मैले भन्छु: जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरी मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
सही मुत्तफकुन अलैहि
केही मानिसहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ज्योतिषीहरूको बारेमा सोधे अनि उहाँले भन्नुभयो: "ती मानिसहरूले भनेको कुरामा कुनै सत्यता छैन ।" सोध्ने मानिसहरूले भने: हे अल्लाहको रसूल! यिनीहरूले कहिलेकाहीँ यस्ता कुराहरू सुनाउँछन् जुन सत्य साबित हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।"
सही मुत्तफकुन अलैहि
"चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।"
सही मुस्लिमले वर्णन गरेका छन्
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को देहावसान को समय नजिक आयो, उहाँले आफ्नो अनुहारमा चादर राख्नुभयो र जब सांस फुल्न थाल्यो उहाँले त्यो चादरलाई हटाएर भन्नुभयो: " अल्लाहको श्राप होस्, यहूदी र ईसाईहरूमाथि, तिनीहरूले आफ्ना नबीहरूको कब्रलाई (चिहान) मस्जिद बनाए ।" उहाँले यहूदी र ईसाईहरू जस्तै नगर्न आफ्नो अनुयायीहरु लाई चेतावनी दिनुभयो ।
सही मुत्तफकुन अलैहि
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गर्यो र भन्यो: अल्लाह र तपाईले जे चाहनुहुन्छ त्यही हुनेछ । यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमीले मलाई अल्लाहको बराबर ठहर गरेको छौ?" बरु यसो भन्नु: अल्लाहले मात्र जे चाहनुहुन्छ (त्यही हुन्छ) ।"
यसको सनद हसन हो رواه ابن ماجه والنسائي في الكبرى وأحمد
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को पछाडि उफैर नामको गधा माथि सवार थिएँ । उहाँले भन्नुभयो: “हे मोअज! के तिमीलाई थाहा छ, भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो?” मैले भनें: अल्लाह र उहाँका रसूललाई राम्ररी थाहा छ । उहाँले भन्नुभयो: "भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन् । मैले भने: हे अल्लाहका दूत, के म मानिसहरूलाई यो शुभ समाचार नदिउँ ? उहाँले भन्नुभयो: "नदेऊ, अन्यथा मानिसहरू त्यसमा भर परेर बस्नेछन् (र सूकर्म गर्ने छैनन्) ।"
सही मुत्तफकुन अलैहि