Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

47 of 683 cards

Clear filters
“कयामतको दिन कुनै पनि व्यक्तिले आफ्नो स्थानबाट एक पाइला पनि सार्न पाउनेछैन,(अथार्त् आफु उभिएको ठाउँ छोड्न सक्ने छैन) जबसम्म उससँग पाँच प्रश्नहरूको जवाफ सोधिँदैन: उसले आफ्नो जीवनकाल कहाँ र कसरी बितायो?, उसले प्राप्त गरेको ज्ञान अनुसार कतिको कर्म गर्‍यो?, उसले कमाएको धन कहाँबाट कमायो र कहाँ खर्च गर्‍यो?, र आफ्नो शरीर (र जवानी) लाई कसरी प्रयोग गर्‍यो?“
सही तिर्मीजीले वर्णन गरेका छन्
“जब मुसलमानलाई कब्रमा प्रश्न गरिनेछ, तब उसले यसरी उत्तर दिनेछ : 'अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ।' यही अर्थ निम्न कुरआनको आयतले पनि व्यक्त गरेको छ : ‘अल्लाहले आस्थावान्हरूलाई दृढ वचनद्वारा सांसारिक जीवन र परलोक दुवैमा दृढता प्रदान गर्नुहुन्छ।’ (इब्राहीम: २७)”
सही मुत्तफकुन अलैहि
"वास्तवमा, सबैभन्दा खराब व्यक्तिहरूमध्ये ती हुनेछन् जो कयामतको (प्रलय) बेला जीवित रहनेछन् र जसले चिहानहरूलाई मस्जिद (प्रार्थनास्थल) बनाउँछन् ।"
हसन अहमदले वर्णन गरेका छन्
"अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा समात्नु हुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा बेर्नु हुनेछ। त्यसपछि उहाँले भन्नुहुनेछ: "म अल-मलिक (सर्वोच्च राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?"
सही मुत्तफकुन अलैहि
जब यो आयत: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} (अनि त्यस दिन तिमीहरूलाई प्राप्त सुख-सामग्रीहरूको बारेमा सोधिनेछ ।) [सूरह अल-तकासुर: ८] अवतरण भयो, तब जुबैर (रजियल्लाहु अन्हु) ले सोधे: हे अल्लाहको रसूल! हामीलाई कुन चीजहरूको बारेमा सोधिनेछ? वास्तवमा, हामीसँग केवल दुईवटा कालो चीजहरू मात्र छन्: खजूर र पानी । उहाँले भन्नुभयो: "यसो हो भने यिनै बारे हुनेछ ।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
"क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन। त्यसबेला, एक वर्ष महिनाजस्तो लाग्नेछ, एक महिना हप्ताजस्तो, एक हप्ता दिनजस्तो, एक दिन घण्टाजस्तो बितेको महसुस हुन्छ र एक घण्टा यति तीव्र गतिमा बित्नेछ, जसरी खजुरको पात एकैछिनमा जलेर भस्म हुन्छ।"
सही अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ ।" मैले भने: हे अल्लाहको रसूल! ज्ञान कसरी हराउनेछ, जब हामी कुर्आन पढ्दैछौं, आफ्ना सन्तानलाई पढाउँदैछौं र हाम्रा सन्तानले यसरी प्रलयको दिनसम्म आफ्ना सन्तानलाई पढाइरहनेछन्? उहाँले भन्यो: "हे जियाद! तिम्री आमा तिम्रो लागि रोऊन् ! तिमी मलाई मदिनाको बुद्धिमान व्यक्तिहरु मध्ये लाग्थ्यो। के यी यहूदी र ईसाईहरूले तौरात र इन्जील पढ्दैनन्? तर तिनीहरूले त्यसको पालना गर्दैनन्!"।
सही लेगैरेही इब्ने माजहले वर्णन गरेका छन्
"जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस् । किनकि जसले ममाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । त्यसपछि मेरो लागि वसीलह माग्नुहोस् । वास्तवमा, वसीला स्वर्गमा एक स्थान हो, जुन अल्लाहका सेवकहरूमध्ये एकले मात्र पाउनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु । त्यसैले, जसले मेरो लागि वसीला माग्छ, उसको लागि मेरो शफाअत (सिफारिस) अनिवार्य हुनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्