Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

47 of 683 cards

Clear filters
" जबसम्म मानिस एक अर्को व्यक्तिको चिहानको नजिकबाट जाँदा यसो भन्नेछैन:"कस्तो राम्रो हुन्थ्यो, यदि म उसको ठाउँमा भएको भए" तबसम्म कयामत आउने छैन,'"
सही मुत्तफकुन अलैहि
"आस्थावानलाई पुनरुत्थानको दिन उसको पालनकर्ताको नजिक ल्याइनेछ, यहाँसम्म उहाँले आफ्नो रक्षा छत्र उसमाथि राख्नुहुन्छ र उसलाई उसका पापहरूको बारेमा स्मरण गराइन्छ, के तिमीलाई यो पाप थाहा छ? उसले भन्नेछ: हे मेरो पालनकर्ता! मलाई थाहा छ। अल्लाहले उसलाई भन्नेछन्: "मैले तिम्रो यो पाप संसारमा लुकाएँ र आज म तिम्रो लागि यो क्षमा गर्दछु। त्यसपछि उसलाई उसको राम्रो कामको रेकर्ड दिइनेछ। तर काफिर र मुनाफिकहरूलाई सबै प्राणीहरूको अगाडि बोलाइन्छ र सार्वजनिक रूपमा घोषणा गरिनेछ कि तिनीहरूले अल्लाह विरुद्ध झूट बोलेका हुन्।"
सही मुत्तफकुन अलैहि
"वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि राम्रो प्रतिफल दिइनेछ ।" तर काफिरले गरेको सत्कर्मको प्रतिफल यस संसारमा नै दिइन्छ, परलोकमा उसलाई कुनै प्रतिफल दिइने छैन ।
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले कुनै खाँचोमा परेको ऋणीलाई (ऋण चुक्ता गर्न) मोहलत दिन्छ वा उसको ऋण माफ गर्छ, अल्लाहले कयामतको दिन आफ्नो अर्श (सिंहासन) को छायाँमा उसलाई छायाँ दिनेछन्, जुन दिन त्यस छायाँ बाहेक अरू कुनै छायाँ हुनेछैन ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ । हामीले यसमा जे कुरा वैध पाउनेछौं, त्यसलाई हामी वैध मान्नेछौं र जे निषेधित पाउँनेछौं, त्यसलाई निषेध मान्नेछौं । यद्यपि, निस्सन्देह, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेध गर्नुभएको कुरा पनि त्यसरी नै हराम (वर्जित) छ जसरी अल्लाहले हराम गर्नुभएको छ ।
सही अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
"तिम्रो संसारको आगो नर्क को आगोको सत्तरी भागमध्ये एक भाग हो ।" कसैले भन्यो: हे अल्लाहको रसूल! यो (संसारको आगो) मात्र भए पनि पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : " नरकको आगोको तपन ६९ प्रतिशत बढी छ र त्यसको प्रत्येक भागको तपन संसारको आगो जस्तै छ।"
सही मुत्तफकुन अलैहि
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे: "कयामत (प्रलय) कहिले आउँछ?" उहाँले सोध्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ?" उनले जवाफ दिए: "मैले कुनै खास तयारी त गरेको छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्छु।" यो सुनेर उहाँले भन्नुभयो: "निश्चयनै तिमी उसैसँग हुनेछौ जसलाई तिमी प्रेम गर्छौ।" अनस (रजियल्लाहु अन्हु) ले भने: "हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ—'निश्चयनै तिमी जसलाई प्रेम गर्छौ उसैसँग हुनेछौ'—बाट जति खुशी भयौं, त्यति अरू कुनै कुराबाट भएका थिएनौं।" अनस (रजियल्लाहु अन्हु) ले थपे: "म अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबूबकर र उमर (रजियल्लाहु अन्हुम) लाई प्रेम गर्छु। यद्यपि मैले उहाँहरूको जस्तो कर्म गर्न सकेको छैन, तैपनि उहाँहरूप्रतिको प्रेमका कारण म उहाँहरूसँगै हुने आशा गर्दछु।"
सही मुत्तफकुन अलैहि
"निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मद्यपान बढ्नेछ, पुरुषहरू कम हुनेछन् र महिलाहरूको संख्यामा वृद्धि हुनेछ, यतिसम्म कि ५० जना महिलाको एक पुरुष मात्र संरक्षक हुनेछ ।"
सही मुत्तफकुन अलैहि