Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

44 of 683 cards

Clear filters
"म जलाशय (हौज)निर बसेर तिमध्ये को-को मकहाँ पानी पिउन आउँछन् भनेर हेरिरहेको हुनेछु । र कोही मान्छेहरु मकहाँ आउनबाट रोकिनेछन्, तब मैले भन्नेछु, हे मेरो रब! यिनीहरु मेरा उम्मती हुन् । तब भनिनेछ: उनीहरूले तिमी पछि के के गरे, के तिमीलाई थाहा छ ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए।
सही मुत्तफकुन अलैहि
"स्वर्गमा सयवटा दर्जाहरू छन्, जसमध्ये प्रत्येक दुई दर्जाबीचको दूरी आकाश र पृथ्वीबीचको दूरी जत्तिको छ। अनि 'फिरदौस' त्यसको सबैभन्दा उच्च दर्जा हो, जहाँबाट स्वर्गका चारवटा नदीहरू बग्दछन्। त्यसको माथि अर्श (सिंहासन) छ। त्यसैले जब तिमीहरू अल्लाहसँग माग्छौ, तब 'फिरदौस' नै माग्ने गर।"
सही तिर्मीजीले वर्णन गरेका छन्
अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले हामीलाई बताउनुभयो कि एक व्यक्तिले सोधे: हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! कसरी काफिर (अविश्वासी) लाई न्यायको दिन अनुहार द्वारा घस्रन लाएर जम्मा गरिनेछ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जसले यस संसारमा उसलाई खुट्टा द्वारा हिँड्न सक्षम बनायो, के उसले क्यामतको दिनमा उसलाई अनुहार द्वारा हिँडाउन सक्दैन? " कतादाहले भने: हाम्रो परमेश्वरको महानताको कसम ! अवश्य नै (उहाँ त्यसो गर्न सक्षम हुनुहुन्छ)।
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई चिहानहरूको नजिकबाट गुज्रनुभयो र भन्नुभयो: " निश्चय नै यी दुवैलाई सजाय दिइँदैछ तर उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैनन्, (सजाय भोगीरहेका कारण यो हो कि) तिनीहरूमध्ये एक पिसाबबाट बच्दैनथ्यो र अर्कोले चुक्ली गर्थ्यो ।" त्यसपछि उहाँले खजुरको एउटा ताजा हाँगा लिनुभयो र त्यसलाई दुइभागमा च्यातेर प्रत्येक चिहानमा एक भाग गाड्नुभयो । साथीहरूले सोधे, हे अल्लाहका रसूल ! त्येस्तो किन गर्नुभएको ? उहाँले जवाफ दिनुभयो: "सायद यी दुई हाँगाहरू नओइलिएसम्म उनीहरूको पीडा हलुका हुनसक्छ ।"
सही मुत्तफकुन अलैहि
मैले भने: हे अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! हौज (जलाशय) निर राखिएका (पानी पिउने) भाडाहरू कस्ता हुन्छन्? उहाँले भन्नुभयो: "कसम अल्लाहको जसको हातमा मुहम्मदको ज्यान छ, ती भाँडाहरू अँध्यारो र सफा रातमा देखिने आकाशका ताराहरू र ग्रहहरूको संख्या भन्दा बढी छन्। ती स्वर्गका भाँडाहरू हुन्, जसले त्यसबाट पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्ने छैन। त्यसमा स्वर्गबाट उत्पत्ति भएका दुई वटा सानाखोला मिल्दछ, जसले यसको पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्ने छैन । यसको चौडाइ यसको लम्बाइ आमनबाट एला सम्मको दूरीजत्तिकै बराबर छ, यसको पानी दूधभन्दा सेतो र मह भन्दा मीठो छ ।
सही मुस्लिमले वर्णन गरेका छन्
"कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।"
सही मुत्तफकुन अलैहि
"जसले सुरह अल-कहफको पहिलो दश आयात (श्लोक) हरू कण्ठ गर्छ, ऊ दज्जालबाट सुरक्षित रहनेछ।" अर्को हदीसमा छ: "सुरह अल-कहफको अन्तिम दश आयातहरू।"
सही मुस्लिमले वर्णन गरेका छन्
" जबसम्म मानिस एक अर्को व्यक्तिको चिहानको नजिकबाट जाँदा यसो भन्नेछैन:"कस्तो राम्रो हुन्थ्यो, यदि म उसको ठाउँमा भएको भए" तबसम्म कयामत आउने छैन,'"
सही मुत्तफकुन अलैहि