Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

5 of 683 cards

Clear filters
मैले भने: हे रसूल! मुक्ति के हो? उहाँले भन्नुभयो: "आफ्नो जिब्रोलाई नियन्त्रणमा राख, आफ्नो घरमा सुरक्षित रह र आफ्नो पापमा पश्चात्ताप गर्दै रोऊ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ । त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "र, उनीहरूले कुनै ठुला पाप गरेमा वा आफैंमाथि अन्याय गरेमा, उनीहरूले अल्लाहलाई सम्झन्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"मसँग प्रतिज्ञा गर कि तिमीहरूले अल्लाहसँग कसैलाई साझेदार ठहराउने छैनौ, चोरी गर्ने छैनौ, व्यभिचार (अवैध यौनसम्बन्ध) गर्ने छैनौ, आफ्ना सन्तानको हत्या गर्ने छैनौ, जानीजानी कसैमाथि झूटाे आरोप लगाउने छैनौ, र कुनै पनि राम्रो कामको अदेश हुँदा मेरो अवज्ञा गर्ने छैनौ। त्यसैले तिमीहरूमध्ये जसले यो प्रतिज्ञा पूरा गर्छ, उसको प्रतिफल अल्लाहको जिम्मामा छ। र जसले यीमध्ये कुनै पाप गर्छ र त्यसको सजाय यसै संसारमा पाउँछ भने त्यो सजाय उसको लागि प्रायश्चित (कफ्फारा) हुनेछ। र जसले यीमध्ये कुनै पाप गर्छ र अल्लाहले त्यसलाई लुकाइदिनुहुन्छ (संसारमा सजाय हुँदैन) भने, त्यो मामला अल्लाहकै इच्छामा निर्भर छ; (कयामतको दिन) उहाँले चाहेमा उसलाई क्षमा गरिदिनुहुनेछ र चाहेमा सजाय दिनुहुनेछ।" त्यसपछि हामीसबैले उहाँसँग यिनै कुराको प्रतिज्ञा गर्यौँ।"
सही मुत्तफकुन अलैहि
यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।
सही हाकिम र बैहकीले वर्णन गरेका छन्
“अल्लाह (ईश्वर) ले रातको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेहरूले पश्चात्ताप (तौबा) गर्न सकून्, र दिनको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेहरूले पश्चात्ताप गर्न सकून्। यो (क्षमाको) क्रम तबसम्म जारी रहन्छ, जबसम्म सूर्य पश्चिम दिशाबाट उदाउँदैन 1।”
सही मुस्लिमले वर्णन गरेका छन्