عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Categories (13)
Grading
Narrated in
Show remaining sources
Narrator
Show all narrators (77)
"मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीहरूले यस( भेडा)लाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । तब उद्घोषकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीले यसलाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मृत्यु आउदैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् { र ईमान स्वीकार्ने छैनन् } । [सूरह मर्यम : ३९]
सही मुत्तफकुन अलैहि
४० वर्षको उमेरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम)माथि कुर्आन अवतरण गरिएको थियो । त्यसपछि उहाँ १३ वर्ष मक्कामा बस्नु भयो अनि उहाँलाई हिजरत (बसाइँ सर्ने) गर्ने आदेश भयो र उहाँ मदीना "हिजरत" गरेर जानु भयो र त्यहाँ १०वर्ष बस्नु भयो र त्यस पछि उहाँको देहान्त भयो ।
सही मुत्तफकुन अलैहि
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को पछाडि उफैर नामको गधा माथि सवार थिएँ । उहाँले भन्नुभयो: “हे मोअज! के तिमीलाई थाहा छ, भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो?” मैले भनें: अल्लाह र उहाँका रसूललाई राम्ररी थाहा छ । उहाँले भन्नुभयो: "भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन् । मैले भने: हे अल्लाहका दूत, के म मानिसहरूलाई यो शुभ समाचार नदिउँ ? उहाँले भन्नुभयो: "नदेऊ, अन्यथा मानिसहरू त्यसमा भर परेर बस्नेछन् (र सूकर्म गर्ने छैनन्) ।"
सही मुत्तफकुन अलैहि
"मानिस आफ्नो घनिष्ठ मित्रको आचरण र मार्गबाट प्रभावित हुन्छ, त्यसैले तिमीहरूमध्ये प्रत्येकले राम्ररी विचार गरेर आफ्नो मित्र चयन गरोस्।"
हसन अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई "हुदैबिया" भन्ने ठाउँ मा फजरको नमाज पढाउनु भयो र त्यस अघिल्लो रात वर्षा भएको थियो । नमाज पढे पछि मानिसहरूतर्फ फर्किएर भन्नुभयो: " तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर (अविश्वासी) भएको छन् । जसले भन्छ: अल्लाहको कृपा र दयाले वर्षा भएको हो, उसले ममा विश्वास गर्यो र नक्षत्रलाई इन्कार गर्यो र जसले भन्छ: ग्रह र नक्षत्रले गर्दा वर्षा भएको हो, उसले नक्षत्रमा विश्वास गर्यो र म माथि अविश्वास गर्यो ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहसँग डराउनु र आफ्ना शासकको आज्ञा सुन्नु र पालन गर्नु, चाहे तिम्रो शासक एक कालो दास नै किन नहोस्। मेरो पछि तिमीहरूले ठूलो मतभेद देख्नेछौ। त्यस्तो अवस्थामा मेरो सुन्नत र सही मार्गमा हिँड्ने खलीफाहरूको सुन्नतको अनुसरण गर्नु। यसलाई बंगराको दाँतले समाते झैँ दृढतापूर्वक समात्नु। धर्मको नाममा चल्ने नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने अप्रमाणित कुरा) भ्रम र पथभ्रष्टता हो।"
सही अबू दाउद र तिर्मीजीले वर्णन गरेका छन्
एकजना मानिसले सोधे: हे अल्लाहका रसूल! के हामीले जाहिलिया (इस्लाम पूर्व) को समयमा गरेका पाप-कर्महरूप्रति जवाफदेह हुनेछौं? उहाँले भन्नुभयो: " जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।"
सही मुत्तफकुन अलैहि
“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) सत्कर्म गर्नु ।” कयामतको दिनमा, जब मानिसहरूलाई उनीहरूका कर्महरूको प्रतिफल दिइनेछ, अल्लाह सर्वशक्तिमान् ले तिनीहरूलाई भन्नुहुनेछ: 'ती मानिसहरूकहाँ जाऊ जसका लागि तिमीहरूले संसारमा देखावटी कर्म गर्यौ, र हेर तिमीहरूले तिनीहरूबाट कुनै प्रतिफल पाउँछौ कि पाउँदैनौ?”
हसन अहमदले वर्णन गरेका छन्