Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

94 of 683 cards

Clear filters
"प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।
सही मुस्लिमले वर्णन गरेका छन्
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, अचानक हामीले केही खसेको आवाज सुन्यौं । तब उहाँले भन्नुभयो: "तिमीहरूलाई थाहा छ यो के (को आवाज) हो?" हामीले भन्यौं: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले भन्नुभयो: "यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"आफूभन्दा मुनिका (गरिब वा कम भाग्यमानी) मानिसहरूलाई हेर र आफूभन्दा माथिका (धनी) हरूलाई नहेर; किनभने यसले गर्दा तिमीहरूमाथि भएको अल्लाहको कृपा र आशिर्वादलाई तिमीहरूले कम आँक्ने छैनौ।"
सही मुत्तफकुन अलैहि
"जसले पहाडबाट हाम फालेर आत्महत्या गर्छ, ऊ नर्कको आगोमा हुनेछ र त्यसमा सधैँभरि निरन्तर तल खसिरहनेछ। अनि जसले विष खाएर आत्महत्या गर्छ, उसको विष उसको हातमा हुनेछ र नर्कको आगोमा सधैँभरिका लागि त्यसलाई पिइरहनेछ। अनि जसले फलामको हतियारले आत्महत्या गर्छ, उसको त्यो हतियार उसको हातमा हुनेछ र नर्कको आगोमा सधैँभरिका लागि त्यसले आफ्नो पेटमा प्रहार गरिरहनेछ।"
सही मुत्तफकुन अलैहि
«के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"
सही मुत्तफकुन अलैहि
"इस्लाम अपरिचित अवस्थामा सुरु भएको थियो र जसरी सुरु भएको थियो, त्यसैगरी पुनः अपरिचित अवस्थामा फर्किनेछ; अतः ती अपरिचितहरूका लागि शुभ-समाचार (स्वर्गको सुख) छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
अल्लाहको सन्देष्टा रसूल अलैहि व सल्लम) ले भन्नुभयो: अल्लाह तआलाले भन्नुहुन्छ: "मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ। यदि उसले मलाई आफ्नो मनमा सम्झिन्छ भने, म पनि उसलाई आफ्नो मनमा सम्झिन्छु। यदि उसले मलाई कुनै समूहमा सम्झिन्छ भने, म उसलाई त्यो समूहभन्दा राम्रो समूहमा सम्झिन्छु। यदि ऊ मेरो नजिक एक शिब्र (एक बित्ता) आउँछ भने, म उसको नजिक एक जिराअ (एक हात) जान्छु। यदि ऊ मेरो नजिक एक हात आउँछ भने, म उसको नजिक एक बाअ (दुई हात) जान्छु। ऊ मतिर हिंड्दै आउँछ, म उसकोतिर दौडँदै आउँछु।"
सही मुत्तफकुन अलैहि
"भन: 'हे अल्लाह! मलाई मार्गदर्शन गर र सही दिशा देखाऊ।' मार्गदर्शनको अर्थ सही बाटो देखाउनु हो र 'सदाद' को अर्थ तीरको सही निशाना लाग्नु हो।"
सही मुस्लिमले वर्णन गरेका छन्