Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

8 of 683 cards

Clear filters
"वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्ना हातहरू उठाउँछ, तब उहाँले आफ्ना भक्तका हातहरू खाली फर्काउन लाज मान्नुहुन्छ।"
हसन अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
"सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।"
हसन तिर्मीजीले र निसाईले सुनन कुब्रा मा तथा इब्ने माजहले वर्णन गरेका छन्
जब बिहान हुन्थ्यो उहाँ यो दुआ पढ्ने गर्नु हुन्थ्यो: हे अल्लाह ! तपाईँको रक्षामा हामीले बिहान गर्यौं र तपाईंकै रक्षामा हामीले साँझ गर्यौं । तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ । र बेलुका भए पछि यो भन्नु हुन्थ्यो : हे अल्लाह ! तपाईँको रक्षामा हामीले साँझ गर्यौं र तपाईंकै रक्षामा हामीले बिहान गर्यौं । तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ । कहिले काहीँ (وَإِلَيْكَ النُّشُورُ) को ठाउँमा «وَإِلَيْكَ الْمَصِيرُ»पनि भन्नु हुन्थ्यो ।"
हसन अबू दाऊद र तिर्मिजीले वर्णन गरेका छन् तथा निसाईले सुननुल् कुब्रामा र इब्ने माजहले पनि वर्णन गरेका छन्
"तिमीहरूमध्ये जो कोही शारीरिक रूपमा स्वस्थ छ, आफ्नो घर-परिवारमा सुरक्षित छ र उससँग त्यस दिनको भोजन उपलब्ध छ भने, मानौँ उसका लागि सम्पूर्ण संसार नै सुख-सुविधासहित एकत्रित गरिएको छ।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
"जसले खाना खायो र भन्यो: 'अल्हम्दुलिल्लाहिल्लजी अत्अमनी हाजा व रजक़नीहि मिन ग़ैरि हौलिन मिन्नी वला कुव्वह्' (सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै मलाई यो प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।"
हसन अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"निश्चय नै, चिहान परलोक (आखिरत) का चरणहरूमध्ये प्रथम चरण हो। यदि कसैले यस चरणमा सफलता प्राप्त गर्‍यो भने, त्यसपछिका चरणहरू यसभन्दा सहज हुनेछन्। तर यदि उसले यसमा सफलता प्राप्त गरेन भने, त्यसपछिका चरणहरू यसभन्दा झन् कठोर हुनेछन्।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
जब यो आयत: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} (अनि त्यस दिन तिमीहरूलाई प्राप्त सुख-सामग्रीहरूको बारेमा सोधिनेछ ।) [सूरह अल-तकासुर: ८] अवतरण भयो, तब जुबैर (रजियल्लाहु अन्हु) ले सोधे: हे अल्लाहको रसूल! हामीलाई कुन चीजहरूको बारेमा सोधिनेछ? वास्तवमा, हामीसँग केवल दुईवटा कालो चीजहरू मात्र छन्: खजूर र पानी । उहाँले भन्नुभयो: "यसो हो भने यिनै बारे हुनेछ ।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
"संसारलाई त्याग र अल्लाहले तिमीलाई माया गर्नुहुनेछ र मानिसहरूसँग भएका कुराहरू त्याग, मानिसहरूले तिमीलाई माया गर्नेछन्।"
इमाम नववीले भनेका छन्ः हसन हदीस इब्ने माजा र अन्यले पनि हसन सनदहरूका साथ वर्णन गरेका छन्