Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

29 of 683 cards

Clear filters
मैले अम्र बिन अबू हसनलाई अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) सगँ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वुजू गर्ने तरिका बारे सोधिरहेको देखें ।अब्दुल्लाह बिन जैदले पानीको एउटा भाँडो ल्याउन आदेश दिए र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए । उनले आफ्नो दुवै हातमा भाँडोको पानी खन्याए र तीन पटक हात धोए । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक मुख कुल्ला गरे, नाकमा पानी हाले र नाक सफा गरे । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक अनुहार धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर दुई पटक कुहिनो समेत दुवै हात धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर आफ्नो टाउकोको एक पटक मसह गरे (पानीले भिजेकोहात ले टाउको पुछ्नु, घस्नु) । टाउको मसह गर्दा पहिले दुवै हात टाउकोको अगाडिको भागबाट पछाडिको भागसम्म लगे र त्यसपछि पछाडिबाट अगाडि ल्याए । त्यसपछि उनले आफ्नो दुवै खुट्टा गोलीगाँठो सहित धोए ।
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई एउटा काममा पठाउनुभयो । (यात्राको क्रममा) म जुन्बी (विर्य निस्कने कारणले हुने अपवित्रता) भएँ र (नुहाउनको लागि) पानी पाइनँ , त्यसैले म माटोमा जनावरले लडीबुडी गरे झैं लोटपोट गरें । त्यसपछि म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भएँ र उहाँलाई उक्त घटनाबारे भनें , उहाँले भन्नुभयो: "तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह (पुछ्नुभयो) गर्नुभयो ।
सही मुत्तफकुन अलैहि
म इस्तीहाजा (नसोमा विकृतिको कारणले हुने अनियमित रक्तस्राव) बाट पीडित छु र कहिल्यै पवित्र अवस्थामा हुदिन । के यस्तो अवस्थामा नमाज छोड्नु पर्छ ? उहाँले जवाफ दिनुभयो: "होइन, यो नसोमा विकृतिको कारणले हुने रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।"
सही मुत्तफकुन अलैहि
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) ले गर्दा स्नान गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि स्नान गर्नुहुन्थ्यो । त्यसपछि पानी हालेर हातले कपाललाई राम्रोसँग मलेर जरासम्म पानी पुर्याउनु हुन्थ्यो र छाला भिजिसकेको पत्यार हुनसाथ आफुमाथि तीन पटक पानी खन्याएर पुरै शरीरलाई धुनुहुन्थ्यो । उहाँका श्रीमती आइशा (रजियल्लाहु अन्हा) ले भन्नु हुन्छ: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।
सही बुखारीले वर्णन गरेका छन्
म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिएँ। उहाँ एक समुदायको फोहोरको थुप्रो नजिक पुग्नुभयो र उभिएर पिसाब गर्नुभयो। म केही टाढा सरेको थिएँ, उहाँले भन्नुभयोः “नजिक आऊ।” म नजिक गएँ र उहाँको कुर्कुच्चा (खुट्टाको पछाडि) को ठ्याक्कै पछाडि उभिएँ। त्यसपछि उहाँले वुजू गर्नुभयो र खुफ्फैन (मोजा) माथि मसह गर्नुभयो।”
सही मुत्तफकुन अलैहि