Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

7 of 683 cards

Clear filters
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अबु मूसा अल-अश'अरी (रज़ियल्लाहु अन्हु) लाई यमनतिर हाकिम बनाएर पठाउनुभयो। अबु मूसा अल-अश'अरीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग यमनमा बनाइने केही पेय पदार्थबारे सोध्नुभयो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो: “ती पेय पदार्थ के हुन्?” उहाँले उत्तर दिनुभयो: “बित‘अ’ र मिज्र।” (अबु बुरदा (रज़ियल्लाहु अन्हु) लाई सोधियो: “बित‘अ’ के हो?” उनले भने: “महको मदिरा।” र “मिज्र” भनेको “जौको मदिरा” हो।) नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “सबै मादक पदार्थहरू निषेधित छन्।” (बुखारी)
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
"हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको लतमा मर्छ भने ऊ परलोकमा त्यसबाट बञ्चित हुनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन् र त्यसको अन्तिम वाक्य बुखारीले बयान गरेका छन्
"म अबू तल्हाको घरमा मानिसहरूलाई मदिरा पिलाउँदै थिएँ र त्यस दिन उनीहरूको मदिरा 'फदिख' (खजूरबाट बनेको रक्सी) थियो। अचानक अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशमा एक जनाले कराउँदै घोषणा गरे, 'होसियार, अबदेखि मदिरालाई निषेधित गरिएको छ!' यो सुनेर अबू तल्हाले मलाई भन्नुभयो, 'बाहिर गएर यो सबै मदिरा फ्याँकिदेऊ।' मैले बाहिर गएर सबै मदिरा बगाइदिएँ र त्यो मदिनाका गल्ली-गल्लीमा बग्न थाल्यो। यो देखेर केही मानिसहरूले भन्न थाले, 'कतिपय व्यक्ति त यस्तो अवस्थामा मारिए (सहिद भए) कि यो (मदिरा) उनीहरूको पेटमै थियो (के उनीहरूको सजाय होला?)।' तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: {जुन मानिसहरूले इमान ल्याए र असल कार्यहरू गरे, उनीहरूले पहिले जे–जति खाइसकेका छन्, त्यसमा उनीहरूलाई कुनै पाप हुने छैन...} [सूरह अल-माइदा: ९३]।"
सही मुत्तफकुन अलैहि
"हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा जुल् हुलैफा भन्ने ठाउँमा थियौँ। मानिसहरू अत्यन्तै भोकाएका थिए। त्यस बखत उनीहरूले केही ऊँट र बाख्राहरू प्राप्त गरेका थिए। राफेअ् (रजियल्लाहु अन्हु) भन्नुहुन्छ: “नबी (सल्लल्लाहु अलैहि वसल्लम) लस्करको पछाडि हुनुहुन्थ्यो। मानिसहरूले हतार-हतार ती जनावरहरू जब्ह गरेर भाँडामा मासु पकाउन थालिसकेका थिए। पछाडिबाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) आइपुग्नुभयो र पकाउँदै गरिएका ती भाँडाहरू घोप्ट्याइदिने आदेश दिनुभयो। आदेशअनुसार ती भाँडाहरू खन्याइयो। त्यसपछि उहाँले माल-सामानको न्यायोचित बाँडफाँड गर्नुभयो र दशवटा बाख्रा बराबर एउटा ऊँट ठहर गर्नुभयो। यसैक्रममा ती ऊँटहरूमध्ये एउटा ऊँट भाग्यो। मानिसहरूले त्यसलाई नियन्त्रणमा लिने निकै प्रयास गरे, तर सकेनन् र थकित भए। त्यहाँ घोडाहरू पनि थोरै थिए। अन्ततः एकजना व्यक्तिले त्यसतर्फ बाण हाने र अल्लाहको कृपाले बाण ऊँटलाई लाग्यो। यो देखेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, ‘यी जनावरहरूमा पनि कहिलेकाहीँ जंगली जनावरको जस्तै उग्रता आउँछ। त्यसैले यदि कुनै जनावर तिमीहरूको नियन्त्रणबाहिर गयो भने, त्यसलाई रोक्न यही तरिका अपनाउने गर।’ राफेअ् (रजियल्लाहु अन्हु) ले सोध्नुभयो, ‘हे अल्लाहका रसूल! भोलि हाम्रो शत्रुसँग मुठभेड हुने डर छ, तर हामीसँग जनावर काट्ने छुरीहरू छैनन्। के हामी बाँसको धारले जनावर वध गर्न सक्छौँ?’ उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो, ‘जुन वस्तुले काट्दा रगत बग्छ र अल्लाहको नाम लिएर वध गरिएको छ, त्यसको मासु खाऊ। तर दाँत र नङको प्रयोग नगर्नु। म यस कुरालाई पनि स्पष्ट पारिदिन्छु: दाँत त हड्डी हो, अनि नङचाहिँ हब्शीहरूको छुरा हो।’"
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुईवटा सेतो-कालो मिश्रित रङको र सिङ भएका भेडाको कुर्बानी (वध कार्य) गर्नुभयो। उहाँले दुवैको घाँटीको छेउमा आफ्नो खुट्टा राखेर 'बिस्मिल्लाह' र 'अल्लाहु अकबर' भन्दै आफ्नै हातले जबह (वध) गर्नुभयो।
सही मुत्तफकुन अलैहि
"जसले शिकार वा पशुचौपाया रक्षा गर्न बाहेक अन्य प्रयोजनका लागि कुकुर पाल्छ, उसको पुण्य कर्मबाट दैनिक दुई 'किरात' पुण्य घट्दै जान्छ।" सालिमले भन्नुहुन्छ: र अबु हुरैरा (रदियल्लाहु अन्हु) ले "वा खेतीपातीको रक्षा गर्ने कुकुर" पनि थप्नुहुन्थ्यो, र उहाँसँग पनि खेतीपाती थियो।"
सही मुत्तफकुन अलैहि
"निस्सन्देह अल्लाह र उहाँका रसूलले मदिरा, मृत जनावर, सुँगुर र मूर्तिहरू निषेध गर्नुभएको छ ।" सोधियो : हे अल्लाहका रसूल! मरेका जनावरको बोसोलाई मानिसहरूले डुङ्गामा लगाउँछन्, छालामा लगाउँछन् र मानिसहरूले दियो बाल्न प्रयोग गर्छन् । त्यसको बारेमा हजुर के भन्नुहुन्छ? उहाँले भन्नुभयो: "होइन, त्यो पनि हराम हो ।" त्यस समयमा उहाँले भन्नुभयो: "अल्लाहले यहूदीहरूलाई नष्ट गरून्, जब अल्लाहले उनीहरूका लागि बोसोलाई निषेध गर्नुभयो, तब तिनीहरूले यसलाई पगाले, त्यसपछि बेचे र त्यसको पैसा खाए ।"
सही मुत्तफकुन अलैहि