Skip to content

"यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ" ।

मिकदाम बिन माअ्दिकरिब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ" ।

«إِذَا أَحَبَّ الرَّجُلُ أَخَاهُ فَلْيُخْبِرْهُ أَنَّهُ يُحِبُّهُ».

अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आस्थावानहरू बीचको सम्बन्धलाई बलियो बनाउन र तिनीहरू भित्र आपसी प्रेमको वातावरण सिर्जना गर्न एउटा कारण उल्लेख गर्नुभएको छ । त्यो के हो कि जब कोही व्यक्तिले कसैलाई माया गर्छ भने उसले उसलाई माया गर्छ भनेर बताउनुपर्छ ।

हदीसका केही फाइदाहरू

बिना कुनै सांसारिक स्वार्थ अल्लाहको लागि गरिएको शुद्ध प्रेमको श्रेष्ठटा ।

अल्लाहको लागि कुनै व्यक्तिसँग गरिएको माया बारे उसलाई बताउनु राम्रो कुरा हो, त्यस्ले प्रेम अझ प्रगाढ र बलियो हुनेछ ।

मुस्लिम हरु बीच आपसी प्रेम प्रवर्द्धनले इस्लामिक भाइचारालाई बलियो बनाउँछ र समाजलाई विघटित हुनबाट बचाउँछ ।

श्रोतहरू

सुनन अबी दाउद (7/ 444) (5124).

सुनन् तिर्मिजी (4/ 199) (2392).

सुनन् कुब्रा लिन्निसाई (9/ 87) (9963).

मुस्नद अहमद (28/ 408) (17171).

थप (12)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 450).

تطريز رياض الصالحين.

لفيصل المبارك (ص258).

رياض الصالحين للنووي.

(ص138) (383).

سلسلة الأحاديث الصحيحة وشيء من فقهها وفوائدها.

للألباني (1/ 777).

فيض القدير شرح الجامع الصغير.

للمناوي (1/ 247).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (6/ 279).