"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संक्षिप्त तर व्यापक एवं गहन अर्थ बोकेका प्रार्थना (दुआ)हरूलाई बढी रुचाउनुहुन्थ्यो र त्यसबाहेक अन्य किसिमका प्रार्थनाहरूलाई त्याग्नुहुन्थ्यो।"
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संक्षिप्त तर व्यापक एवं गहन अर्थ बोकेका प्रार्थना (दुआ)हरूलाई बढी रुचाउनुहुन्थ्यो र त्यसबाहेक अन्य किसिमका प्रार्थनाहरूलाई त्याग्नुहुन्थ्यो।"
كَانَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَسْتَحِبُّ الْجَوَامِعَ مِنَ الدُّعَاءِ، وَيَدَعُ مَا سِوَى ذَلِكَ.
नबी (सल्लल्लाहु अलैहि वसल्लम) संक्षिप्त शब्दहरूमा धेरै अर्थ राख्ने, जसमा अल्लाहको प्रशंसा र असल उद्देश्यहरू सामेल हुन्थे र जसले लोक र परलोक दुवैको भलाई समेट्थे, त्यस्ता व्यापक प्रार्थनाहरू (दुआरू) मन पराउनुहुन्थ्यो र यसबाहेक अन्य कुराहरूलाई छोडिदिनुहुन्थ्यो।
समग्र भलाइका अर्थ समेटिएका सरल शब्दहरूद्वारा प्रार्थना (दुआ) गर्नु मुस्तहब (उत्तम) हो। प्रार्थनामा अनावश्यक बनावटी, कृत्रिम शब्दहरूको प्रयोग गर्नु नापसन्द गरिन्छ; किनभने यस्तो अभ्यास नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शन विपरीत हो।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई संक्षिप्त तर व्यापक अर्थ बोक्ने शब्दहरू बोल्ने विशेष क्षमता (जवामिउल कलिम) प्रदान गरिएको थियो।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित दुआहरू गर्न विशेष चासो हुनुपर्छ, चाहे ती लामो र धेरै शब्दहरू भएका नै किन नहोऊन्; किनभने ती सबै दुआहरू असीम एवं व्यापक अर्थ बोकेका (जवामिउल कलिम) हुन्छन्।
सुनन अबी दाउद (2/ 605) (1482).
मुस्नद अहमद (42/ 76) (25151).
थप (8)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (2/ 542).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (2/ 1003).
شرح رياض الصالحين.
لابن عثيمين (6/ 15).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (17/ 349).
Cited in books
2 Booksथप (2)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7وعن عائشةَ رضي الله عنها قَالَتْ: كَان رَسُولُ الله صلى الله عليه وسلم يَسْتَحِبُّ الجَوامعَ منَ الدُّعاءِ، ويَدَعُ ما سوَىٰ ذلك.
- مجموعة زاد التربية الإسلامية (3)، والسيرة النبوية (3)التربية الإٍسلامية -3- «كان رسولُ اﷲ ﷺ يَستحِبُّ الجَوامِعَ مِن الدُعاء، ويَدَعُ ما سِوى ذلك»