"अन्यायबाट टाढै रहनुहोस्, किनकि न्यायको दिनमा यो अन्धकार बनेर आउनेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि त्यसै कारणले तिमीहरू भन्दा पहिलेका मानिसहरू नष्ट भएका थिए।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ :
"अन्यायबाट टाढै रहनुहोस्, किनकि न्यायको दिनमा यो अन्धकार बनेर आउनेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि त्यसै कारणले तिमीहरू भन्दा पहिलेका मानिसहरू नष्ट भएका थिए। यसै अत्यधिक लोभ र लालसाले उनीहरूलाई एकअर्कासँग रक्तपात गर्न र अवैध तथा वर्जित कार्यहरू गर्न उक्साएको थियो।"
«اتَّقُوا الظُّلْمَ، فَإِنَّ الظُّلْمَ ظُلُمَاتٌ يَوْمَ الْقِيَامَةِ، وَاتَّقُوا الشُّحَّ، فَإِنَّ الشُّحَّ أَهْلَكَ مَنْ كَانَ قَبْلَكُمْ، حَمَلَهُمْ عَلَى أَنْ سَفَكُوا دِمَاءَهُمْ وَاسْتَحَلُّوا مَحَارِمَهُمْ».
यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्यायविरुद्ध चेतावनी दिनुभएको छ, जस्तै: एकअर्कामाथि अन्याय गर्नु, आफूमाथि अन्याय गर्नु र अल्लाहको अधिकारमा अन्याय गर्नु इत्यादि। अन्याय र अत्याचार भनेको हकदारलाई उसको हक नदिनु हो । न्यायको दिनमा दमन गर्नेहरू कष्ट र कठिन परिस्थितिमा हुनेछन् । उहाँले अत्यधिक कन्जुस्याइँ र लोभ गर्न मनाही गर्नुभएको छ, जसलाई अरबी भाषामा ‘शुह’ भनिन्छ। यस अन्तर्गत आर्थिक अधिकारहरू पूरा नगर्नु र संसारिक जिवन र वस्तुहरु प्रतिको चरम लोभ पर्दछ। यस प्रकारको अन्यायले हामीभन्दा अघिका राष्ट्रहरूलाई नष्ट गर्यो, किनकि यसले उनीहरूलाई एकअर्काको ज्यान लिन र अल्लाहले निषेध गर्नुभएको कुराहरुलाई गर्न हुन प्रेरित गर्यो।
...:
धन सम्पत्ति खर्च गर्नु र मुस्लिम दाजुभाइहरूप्रति सहानुभूति देखाउनु आपसी प्रेम र सम्बन्ध लाई मजबुत बनाउने महत्त्वपूर्ण कारणहरू हुन्।
कन्जुस्याइँ र लोभले पाप र अनैतिकतातिर डोर्याउँछ ।
पहिलेका राष्ट्रहरूको अवस्थाबाट पाठ सिक्नुपर्छ ।
सही मुस्लिम (4/ 1996) (2578).
थप (4)
نزهة المتقين شرح رياض الصالحين.
مجموعة من الباحثين (1/ 484).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 614).
Cited in books
2 Booksथप (2)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 3«اتَّقُوا الظُّلْمَ؛ فَإنَّ الظُّلْمَ ظُلُمَاتٌ يَوْمَ القِيَامَةِ، واتَقُوا الشُّحَّ؛ فَإنَّ الشُّحَّ أَهْلَكَ مَنْ كَانَ قَبْلَكُمْ، حَمَلَهُم علىٰ أن سَفَكُوا دِمَاءهم، واستَحَلُّوا مَحَارِمَهُم».
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الثانية«اتَّقُوا الظُّلْمَ، فَإِنَّ الظُّلْمَ ظُلُمَاتٌ يَوْمَ القِيَامَةِ» [140].