मुस्लिमको 'इजार' (तल्लो वस्त्र) पिँडुलाको बीचभागसम्म हुनुपर्छ, र पिँडुलाको बीचदेखि गोलीगाँठो सम्म हुनुमा कुनै हर्ज वा पाप छैन। तर गोलीगाँठोभन्दा तल झुन्डिने वस्त्रको भाग नर्कको आगोमा पर्नेछ। र जसले अहङ्कारवश आफ्नो 'इजार' घिसार्छ, अल्लाहले उसतर्फ हेर्नुहुने छैन।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"मुस्लिमको 'इजार' (तल्लो वस्त्र) पिँडुलाको बीचभागसम्म हुनुपर्छ, र पिँडुलाको बीचदेखि गोलीगाँठो (कुर्कुच्चाको माथिल्लो भाग) सम्म हुनुमा कुनै हर्ज वा पाप छैन। तर गोलीगाँठोभन्दा तल झुन्डिने वस्त्रको भाग नर्कको आगोमा पर्नेछ। र जसले अहङ्कारवश आफ्नो 'इजार' (जमिनमा) घिसार्छ, अल्लाहले (कयामतको दिन) उसतर्फ (करुणाको दृष्टिले) हेर्नुहुने छैन।"
«إزْرَةُ المُسْلمِ إلى نصفِ السَّاق، وَلَا حَرَجَ -أو لا جُنَاحَ- فيما بينَهُ وبينَ الكعبينِ، وما كان أسفلَ منَ الكعبين فهو في النار، مَن جرَّ إزارَهُ بطرًا لم يَنْظُرِ اللهُ إليه».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि मुस्लिम पुरुषको 'इजार' अर्थात् पुरुषको शरीरको तल्लो आधा भाग ढाक्ने जुनसुकै वस्त्रका तीनवटा अवस्थाहरू हुन्छन्: पहिलो: कपडा पिँडुलाको बीच भागसम्म हुनु, यो अवस्था मुस्तहब (उत्तम) हो। दोस्रो: कपडा पिँडुलाको बीच भागभन्दा तलदेखि गोलीगाँठो (कुर्कुच्चाको माथिल्लो तर्फका दुवैतिरका उठेका हड्डीहरू) सम्म हुनु, जुन बिनाकुनै संकोच (कराहत) अनुमतियोग्य छ। तेस्रो: कपडा गोलीगाँठोभन्दा तल राख्नु , यो अवस्था निषिद्ध छ र यसो गर्नु वर्जित छ, किनकि यसकै कारण नर्कको आगोमा पर्ने भय रहन्छ; र यदि यो कार्य घमण्ड, अहङ्कार र उद्दण्डताका साथ गरिएको हो भने, अल्लाहले त्यस्तो व्यक्तितर्फ हेर्नुहुने समेत छैन ।
यी विशेष अवस्थाहरू र चेतावनीहरू पुरुषहरूका लागि मात्र विशिष्ट हुन्, जबकि महिलाहरूका लागि नियम र अवस्थाहरू यसभन्दा भिन्न छन्; किनभने उनीहरूलाई आफ्नो सम्पूर्ण शरीर ढाक्ने आदेश दिइएको छ।
पुरुषहरूको शरीरको तल्लो आधा भाग ढाक्ने जुनसुकै कपडालाई पनि 'इजार' भनिन्छ; जस्तै कि सुरुवाल, लुङ्गी वा अन्य लुगाहरू। र यो सबै हदीसमा उल्लेख गरिएका शरियाका नियमहरू अन्तर्गत पर्दछन्।
सुनन अबी दाउद (6/ 191) (4093).
सुनन् इब्ने माजह (4/ 583) (3573).
मुस्नद अहमद (17/ 52) (11010).
(1/ 16).
थप (7)
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 637).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (2/ 95).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (10/ 582).
المعجم الوسيط.
Cited in books
2 Booksथप (2)
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الخامسة«إِزْرَةُ الْمُسْلِمِ إِلَى نِصْفِ السَّاقِ وَلَا حَرَجَ فِيمَا بَيْنَهُ وَبَيْنَ الْكَعْبَيْنِ، وَمَا كَانَ أَسْفَلَ مِنَ الْكَعْبَيْنِ فَهُوَ فِي النَّارِ، مَنْ جَرَّ إِزَارَهُ بَطَرًا (أَيْ: تَكَبُّرًا) لَمْ يَنْظُرِ اللَّهُ إِلَيْهِ»
- مجموعة زاد السيرة النبوية (2)1«إزرة المسلم إلى نصف الساق، ولا حرج -أو لا جناح- فيما بينه وبين الكعبين، وما كان أسفل من الكعبين فهو في النار».