Skip to content

"हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो

अबू हुरैरह (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो:

"हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभएको छ: "हे रसूल (सन्देशवाहक) हरू! पवित्र कुरा खानुहोस् र सत्कर्म गर्नुहोस्, निश्चय नै, तिमीहरूले जे गर्छौ, म त्यस बारे पूर्ण ज्ञाता छु।" आर्को ठाउँमा भन्नुभएको छ: "हे आस्थावान् हरू! हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरूमध्ये खाऊ।" (अल-बकरा: १७२) त्यसपछि, उहाँले एक यस्तो व्यक्तिको बारेमा बताउनुभयो, जो लामो यात्रामा हुन्छ, उसको कपाल अस्तव्यस्त हुन्छ र शरीर धुलाम्मे हुन्छ। उसले आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु! हे मेरो प्रभु!" तर उसको खानपान हराम (अवैध,वर्जित कुरा) छ, उसको पिउने वस्तु हराम छ, उसको वस्त्र हराम छ र उसको पोषण नै हरामबाट भएको छ भने यस्तो अवस्थामा उसको प्रार्थना कसरी स्वीकार हुन सक्छ?"

«إنَّ اللَّهَ طَيِّبٌ لَا يَقْبَلُ إلَّا طَيِّبًا، وَإِنَّ اللَّهَ أَمَرَ المُؤْمِنِينَ بِمَا أَمَرَ بِهِ المُرْسَلِينَ، فَقَالَ تَعَالَى: {يَا أَيُّهَا الرُّسُلُ كُلُوا مِنْ الطَّيِّبَاتِ وَاعْمَلُوا صَالِحًا}، وَقَالَ تَعَالَى: {يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُلُوا مِنْ طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ} ثُمَّ ذَكَرَ الرَّجُلَ، يُطِيلُ السَّفَرَ، أَشْعَثَ، أَغْبَرَ، يَمُدُّ يَدَيْهِ إلَى السَّمَاءِ: يَا رَبِّ! يَا رَبِّ! وَمَطْعَمُهُ حَرَامٌ، وَمَشْرَبُهُ حَرَامٌ، وَمَلْبَسُهُ حَرَامٌ، وَغُذِيَ بِالحَرَامِ، فَأَنَّى يُسْتَجَابُ لَذلك».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, अल्लाह पवित्र, त्रुटि र दोषरहित हुनुहुन्छ र पूर्णताद्वारा विशिष्ट हुनुहुन्छ र उहाँले कर्म, वचन र आस्था पनि पवित्र नै स्वीकार गर्नु हुन्छ र जो अल्लाहको खुशी र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत अनुसार गरिएका हुन्छन् । अल्लाहको निकटता यस्तै प्रकारका कर्महरूबाट नै गर्न सकिन्छ, याद रहोस, कर्महरूको पवित्र हुनका लागि सबैभन्दा ठूलो कुरा हो उसको खाना हो र यो वैध (हलाल) होस् । हलाल (वैध) खानाले मान्छेको कर्म पवित्र हुन्छ । यही भएकाले जसरी अल्लाह तआलाले नबीहरूलाई हलाल खानपिन र राम्रा कामहरू गर्नका लागि भन्नु भएको छ, त्यसरी नै इमान वालाहरूका लागि पनि भन्नु भएको छ र अल्लाह तआलाले भन्नु भएको छ: "हे नबी (सन्देष्टाहरू ) हो ! हलाल (वैध) चीजहरू खानु होस् र सत्कर्म गर्नु होस् ।" फेरि भन्नुभयो : "हे इमान वाला हो ! जो पवित्र चिजहरू हामीले तिमीहरूलाई प्रदान गरेका छौँ त्यो खाऊ ।" फेरि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित चीजहरू खानबाट सावधान गराउनु भएको छ । किनकि हराम खानाले कर्महरूलाई बिगारि दिन्छ र अल्लाहको दरवारमा त्यसलाई स्वीकृत हुनबाट रोक्छ, चाहे जतिसुकै स्वीकृतिको स्पष्ट कारणहरू भेटिऊन् । जस्तै: १. कुनै सत्कर्म जस्तै हज र जिहाद एवं नाता जोड्नका आदिका निमित्त लामो यात्रा गर्नु । २.मान्छे व्याकुल हुनु , जस्तै उसको कपाल छरिएको होस् र धुलो मैलो लागोको होस् , जसका कारण उसको शरिर र कपडाको रङ्ग बदलेको होस् । यो सबै कुरा यसको सबूत हो कि यस्तो मान्छे हैरान र व्याकुल भएको हुन्छ । ३.दुआका लागि आकाश तिर आफ्ना हातहरू उठाउनु । ४.अल्लाहका नामहरूलाई माध्यम (वसीला) बनाएर अलाप विलाप गर्दै दुआ गर्नु, जस्तै, या रब, या रब ! (मेरा पालनकर्ता , हे मेरा प्रतिपालक ! ) भन्नु । स्वीकारका कारणहरू पाइएता पनि मान्छेको दुआ (प्रार्थाना) कबूल हुँदैन । किनभने उसको खाना हराम (अवैध), उसको पिउनु हराम (अवैध), उसको कपडा हराम (अवैध) को हुन्छ र उसको पोषण पनि हराम अपवित्र कुराबाट भएको हुन्छ । त्यसैका कारण उसको दुआ कबूल हुन नै सक्दैन ।

हदीसका केही फाइदाहरू

अल्लाह तआला आफ्नो अस्तित्व, आफ्ना गुणहरू र आफ्ना कामहरू एवं रूपले आदेशहरूमा पूर्ण हुनु हुन्छ ।

केवल अल्लाहको प्रशन्नता र उहाँका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भएको तरिका अनुसार कर्महरू गर्ने आदेश ।

यस्ता कारक तत्त्वहरू अपनाउनु जसले कर्महरू गर्नमा हौसला प्रदान गर्दछ। यसको प्रमाण नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथन हो : अर्थात; "वास्तवमा अल्लाह तआलाले इमान वालाहरूलाई पनि त्यही कुराको आदेश दिनु भएको छ जो कुराको आदेश उहाँले रसूलहरूलाई दिनु भएको छ ।" जब इमान वालालाई यो कुरा थाहा हुन्छ, जो काम उसलाई गर्नका लागि भनिएको छ त्यही काम रसूल (सन्देष्टा) हरूलाई पनि गर्नका लागि भनिएको थियो भने उसभित्र रसूल (सन्देष्टा) हरूको पदचिन्ह पछ्याउँदै कर्म गर्ने भावना पैदा हुन्छ ।

दुआ कबूल हुनबाट रोक्ने कुराहरूमध्ये एउटा हराम (अवैध/अपवित्र) चीज खानु हो ।

दुआ कबुल हुने पाँच चिजहरू छन् । पहिलो: लामो यात्रा गर्नु, किनकि यसमा नम्रता आउँछ जो कबूल हुने ठूलो कारण मध्ये हो । दोस्रो : व्याकुलता । तेस्रो: दुवै हातहरू आकाश तर्फ उठाउनु । चौथो : अल्लाह पालनकर्ता हुनुहुन्छ भन्ने नामलाई बारम्बार दोह्र्याएर माग्नमा लीन हुनु । दुआ कबुल हुनका लागि यो कुरा सबै भन्दा बढी माग भएको छ । पाँचौ: पवित्र खानु र पिउनु ।

हलाल खानु भनेको सत्कर्महरू गर्नका लागि सहयोगी हुने कारक हो ।

काजी (रहिमहुल्लाह) ले भन्नु हुन्छ “'तय्यिब' (पवित्र) को अर्थ 'खबीस' (अशुद्ध) को विपरीत हो। जब 'तय्यिब' शब्द महानतम र सर्वोच्च अल्लाहका लागि प्रयोग हुन्छ, तब यसको तात्पर्य उहाँ सम्पूर्ण दोष एवं अवगुणहरूबाट पवित्र हुनुहुन्छ भन्ने हुन्छ। जब यो कुनै व्यक्ति को लागि प्रयोग हुन्छ, तब यसको अर्थ ऊ खराब आचरण र निन्दनीय कार्यहरूबाट मुक्त भई उत्तम गुणहरूले सुशोभित छ भन्ने हुन्छ। र, जब यो सम्पत्तिका लागि प्रयोग हुन्छ, तब यसको अर्थ त्यो सम्पत्ति हलाल (वैध) एवं उत्कृष्ट कोटीको छ भन्ने हुन्छ।”

श्रोतहरू

सही मुस्लिम (2/ 703) (1015).

थप (5)

التحفة الربانية في شرح الأربعين حديثًا النووية.

لإسماعيل الأنصاري (ص27).

شرح الأربعين النووية.

لابن عثيمين (ص141).

الأحاديث الأربعين النووية مع ما زاد عليها ابن رجب وعليها الشرح الموجز المفيد (ص22).