Skip to content

"कञ्जूस त्यो हो जसको अगाडि मेरो नाम लिइन्छ तर उसले ममाथि दया (दरुद) पठाउदैन।"

हुसैन बिन अली बिन अबू तालिब (रजियल्लाहु अन्हुमा) को वर्णन छ, उहाँ भन्नु हुन्छ : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:

"कञ्जूस त्यो हो जसको अगाडि मेरो नाम लिइन्छ तर उसले ममाथि दया (दरुद) पठाउदैन।"

«الْبَخِيلُ مَنْ ذُكِرْتُ عِنْدَهُ فَلَمْ يُصَلِّ عَلَيَّ».

तिर्मिजी, निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो नाम, उपनाम वा विशेषता सुनेको बेला उनमाथि दरुद नपढ्नुको बारेमा चेतावनी दिनुभयो, र भन्नुभयो: "सबभन्दा कन्जूस व्यक्ति त्यो हो जसको अगाडि मेरो नाम आउँछ र उसले दरूद पढ्दैन।" यसका कैयौँ कारणहरू छन् : १- उसले कुनै पनि नोक्सान नभएको कुरामा खर्च गर्दा कन्जुस्याइँ देखायो। यसको लागि कुनै पैसा वा प्रयासको आवश्यकता पर्दैन। २- उसले आफूलाई अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद पढ्ने विशिष्टताबाट वञ्चित राख्यो; उसले यस सम्बन्धमा प्राप्त आदेशको पालना गर्न र इनाम प्राप्त गर्न पूरा गर्नुपर्ने कर्तव्यमा कन्जुस्याइँ देखायो। ३- नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद पढ्नु उहाँका हामी माथि भएका हकहरू पुरा गर्ने विभिन्न तरिकाहरू मध्ये एक हो; किनकि उहाँले हामीलाई तालिम दिनु भएको छ, हाम्रो मार्ग दर्शन गर्नु भयो, उहाँले नै हामीलाई अल्लाहतर्फ बोलाउनु भयो, उहाँले नै हामीहरूतर्फ यो वही (प्रकाशना) लिएर आउनु भयो र यो शरीअत पनि । अल्लाह तआला पछि उहाँ नै हामीहरूको मार्गदर्शनका माध्यम हुनु हुन्छ । तसर्थ उहाँ माथि दरूद न पढ्ने वाला स्वयम् आफ्ना लागि र आफ्नो नबी (सल्लल्लाहु अलैहि व सल्लम) को एउटा सानो हक पुरा गर्नमा पनि कन्जुस्याइँ गर्ने वाला हो ।

हदीसका केही फाइदाहरू

अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद नपढ्नु कन्जुस्याइँको प्रतीक हो ।

नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि हरेक समयमा दरूद पढ्नु उत्तम पुण्य हो । तर जब उहाँको नाम लिइन्छ तब यसको जोड दोब्बर हुन्छ।

इमान नववी (रहिमहुल्लाह) भन्नु हुन्छ : नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद पढ्ने बेलामा दरूद र सलाम एकै साथ पढ्नु पर्छ, आफूलाई एउटामा सीमित नगर्नुहोस्। केवल "सल्लल्लाहु अलैहि" वा केवल "अलैहिस्सलाम" नभन्नुहोस्।

अबू आलियाले अल्लाह तआलाको कथन {अल्लाह एवं उनका फरिश्ताहरू नबीमाथि ‘दरूद पठाउने गर्छन्} को बारेमा भन्नु हुन्छ : "सलात" को शब्द यदि अल्लाहको तर्फबाट नबी (सल्लल्लाहु अलैहि व सल्लम) का हकमा प्रयोग भयो भने यसको अर्थ प्रशंसा गर्नु हुन्छ । यदि फरिश्ता र मानिसहरूको तर्फबाट प्रयोग भएको छ भने यसको अर्थ "दुआ गर्नु " हुन्छ ।

हलीमी (रहिमहुल्लाह) भन्नु हुन्छ : "अल्लाहुम्म सल्लि अला मुहम्मद" को अर्थ हो: हे अल्लाह ! यो संसारमा उहाँको जिक्र (चर्चा) लाई उच्च पारेर, उहाँको धर्मलाई फैलाएर, उहाँको शरीअतको संरक्षण गरेर उहाँलाई महान् बनाइ दिनुहोस् । परलोकमा, उहाँको सिफारिसलाई उहाँका अनुयायीहरूको हकमा कबूल गरेर, उहाँको प्रतिफल र पुण्यलाई बढाएर र अधिल्ला पछिल्ला सबै मानिसहरूमध्ये मकामे महमूदद्वारा उहाँको विशेषता दर्शाएर र भएका सबै निकटतम व्यक्तित्वहरूमा प्राथमिकता दिएर उहाँलाई महान् बनाइ दिनुहोस् ।

श्रोतहरू

सुनन् कुब्रा लिन्निसाई (7/ 291) (8046).

सुनन् तिर्मिजी (5/ 513) (3546).

मुस्नद अहमद (3/ 257) (1736).

थप (8)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 486).

فيض القدير شرح الجامع الصغير.

لعبدالرؤوف المناوي (2/ 404).

مشكاة المصابيح.

لمحمد التبريزي (1/ 294).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (2/ 965).