"अराजकता, भ्रष्टाचार र उत्पातको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत (प्रवास) गर्नु जस्तै हो।"
माकिल बिन यसार (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"अराजकता, भ्रष्टाचार र उत्पातको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत (प्रवास) गर्नु जस्तै हो।"
«الْعِبَادَةُ فِي الْهَرْجِ كَهِجْرَةٍ إِلَيَّ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई कलह, भ्रष्टाचार, हत्या, विनाश र विद्रोहको समयमा अल्लाहको उपासनामा समर्पित हुन निर्देशन दिनुभएको छ र यसको प्रतिफल नबी (सल्लल्लाहु अलैहि वसल्लम) तिर हिजरत गर्ने प्रतिफल बराबर भएको बताउनुभएको छ। यसको कारण यो हो कि मानिसहरू त्यस्तो अवस्थामा उपासनाबाट बेपर्वाह हुन्छन्, अन्य कुरामा व्यस्त हुन्छन्, र केवल थोरै व्यक्तिहरू मात्र उपासनामा समय दिन्छन्।
सङ्कट, अराजकता, द्वन्द्व र भ्रम (फित्ना) को समयमा सङ्कटबाट बच्न र विकृतिबाट सुरक्षित रहनका लागि अल्लाहको उपासना गर्न र उहाँतर्फ फर्कन प्रोत्साहित गरिएको छ।
फित्नाको (अराजकता, द्वन्द्व, भ्रम) समयमा र मानिसहरू बेपर्वाह हुने कालमा उपासना गर्नुको महान् पुण्य स्पष्ट पारिएको छ ।
एउटा मुस्लिमले फित्ना (अराजकता, द्वन्द्व, भ्रम) र अचेतन हुने स्थानहरूबाट टाढा रहनु आवश्यक छ।
सही मुस्लिम (4/ 2268) (2948).
थप (4)
كشف المشكل من حديث الصحيحين (2/ 42).
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (45/ 5).
بهجة الناظرين (2/ 455).
نزهة المتقين (ص942).