Skip to content

"अल्लाहले राम्रा र नराम्रा दुवै प्रकारका कार्यहरू निर्धारित गरी स्पष्ट पारिदिनुभएको छ

इब्न अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सर्वोच्च र महान पालनकर्ताबाट यो कुरा बयान गर्नुभएको छ, अल्लाहले भन्नुभयो:

"अल्लाहले राम्रा र नराम्रा दुवै प्रकारका कार्यहरू निर्धारित गरी स्पष्ट पारिदिनुभएको छ। त्यसकारण, जुन व्यक्तिले कुनै सत्कर्म गर्ने निर्णय गर्‍यो तर गरेन भने, अल्लाहले उसको नाममा एउटा पूर्ण पुण्य लेखिदिनुहुन्छ। यदि उसले त्यो सत्कर्म गर्ने निर्णय गरी कार्यान्वयन गर्‍यो भने, अल्लाहले उसको लागि दश गुणादेखि सात सय गुणासम्म र त्यसभन्दा पनि अधिक गुणा पुण्य लेखिदिनुहुन्छ। यदि कसैले कुनै पाप गर्ने विचार गर्‍यो तर गरेन भने, अल्लाहले उसको लागि एउटा पूर्ण पुण्य लेखिदिनुहुन्छ। यदि उसले त्यो पापको विचार गरी त्यसलाई कार्यान्वयन गर्‍यो भने, अल्लाहले उसको लागि एउटा मात्र पाप लेखिदिनुहुन्छ।"

«إنَّ اللهَ كَتَبَ الحَسَنَاتِ وَالسَّيِّئَاتِ، ثُمَّ بَيَّنَ ذَلِكَ، فَمَنْ هَمَّ بِحَسَنَةٍ فَلَمْ يَعْمَلْهَا؛ كَتَبَهَا اللهُ عِنْدَهُ حَسَنَةً كَامِلَةً، وَإِنْ هَمَّ بِهَا فَعَمِلَهَا؛ كَتَبَهَا اللهُ عِنْدَهُ عَشْرَ حَسَنَاتٍ إلَى سَبْعِمِائَةِ ضِعْفٍ إلَى أَضْعَافٍ كَثِيرَةٍ، وَإِنْ هَمَّ بِسَيِّئَةٍ فَلَمْ يَعْمَلْهَا؛ كَتَبَهَا اللهُ عِنْدَهُ حَسَنَةً كَامِلَةً، وَإِنْ هَمَّ بِهَا فَعَمِلَهَا؛ كَتَبَهَا اللهُ سَيِّئَةً وَاحِدَةً».

बुखारी र मुस्लिमले आ-आफ्ना सहीहमा यिनै शब्दहरूका साथ वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) स्पष्ट पार्दै हुनुहुन्छ, अल्लाहले पुण्य कर्महरू र दुष्ट कर्महरू निर्धारण गर्नुभएको छ र त्यसपछि ती कसरी लेख्ने भनेर दुवै फरिशता (स्वर्गदूत) हरूलाई निर्देशन दिनुभएको छ : जसले पुण्य कर्म गर्ने मनसाय र संकल्प गर्यो, तर गर्न सकेन भने पनि उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । यदि उसले मनसाय अनुसार राम्रो काम गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी हृदयमा रहेको इमान्दारिता र यस कार्यबाट अरूलाई हुने लाभको आधारमा नेकी (पुण्य) लेखिन्छ । जसले दुष्ट कर्म गर्ने दृढतापूर्वक मनसाय राख्यो तर अल्लाहको लागि छोड्यो, उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । तर यदि उसले इच्छाएको गलत कार्य गर्ने चासो नभएर वा त्यसो गर्ने स्रोतसाधनलाई पनि बेवास्ता गर्यो भने केही लेखिने छैन । तर पापको कार्य गर्ने सामर्थ्य नभई दुष्कर्म छोड्छ भने उसको मनसाय विरुद्ध लेखिन्छ र यदि उसले गर्छ भने, उसको खातामा एक पाप लेखिन्छ ।

हदीसका केही फाइदाहरू

यो हदीसलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्ताबाट वर्णन गर्नुभएको छ, जसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर, कुरआनका विशेषताहरू यसमा पाइँदैन, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहारत (शरीरको पवित्रता) प्राप्त गर्नु, उपासना, चुनौती र चमत्कार आदि ।

यसबाट अल्लाह तआलाले पुण्य र पाप लेख्नुभएको छ र त्यसपछि आफ्ना बन्दाहरूका लागि त्यसलाई स्पष्ट पारिदिनुभएको छ भन्ने कुरा प्रमाणित हुन्छ, ताकि उनीहरूले यो कुरा जान्न सकून् र आफ्नो मामिलामा स्पष्ट होऊन्, अनि आफ्नो पालनकर्ताको मार्गदर्शनमा रहेर उहाँको आदेशको पालना गरून् र उहाँले निषेध गरेका कुराहरूबाट बचून् ।

यस उम्मत (समुदाय) प्रति अल्लाह तआलाको ठूलो अनुग्रहको व्याख्या, उहाँले पुण्य लेख्नुहुन्छ र त्यसलाई बढाएर दिनुहुन्छ, तर पापलाई कार्यान्वयन नगरेसम्म लेख्नुहुन्न र कार्यान्वयन गरेपछि एउटा मात्र पाप लेख्नुहुन्छ ।

हृदयमा भएको निष्ठा, लाभको विस्तार र यस्तै कुराहरू अनुसार असल कर्महरूको गुणनमा वृद्धि हुन्छ, अनि अल्लाहले आफ्नो कृपा र अनुग्रहले त्यसलाई गुणन गर्नुहुन्छ।

यस हदीसमा भक्तले आफ्नो पालनकर्ता महान अल्लाहको प्रतिफलको आश र उहाँको सजायको डरले, उहाँकै लागि पाप त्याग्दा, त्यसको आनन्द छोड्दा र आफ्नो वासना त्याग्दा प्राप्त गर्ने पुण्यको स्पष्टिकरण छ।

यो समुदायप्रति अल्लाह सर्वशक्तिमानको दया हो कि उहाँले उनीहरूका असल कर्महरूलाई गुणा गर्नुभयो, तर उनीहरूका नराम्रा कर्महरूलाई गुणा गर्नुभएन।

मलाईकह (फरिशता) हरूद्वारा हृदय र शारीरिक अङ्गहरूका सम्पूर्ण कर्महरू लेख्ने कार्य।

श्रोतहरू

सही बुखारी (8/ 103) (6491).

सही मुस्लिम (1/ 118) (131).

थप (7)

التحفة الربانية في شرح الأربعين حديثًا النووية (ص85).

شرح الأربعين النووية.

لابن عثيمين (ص368).

فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.

للعباد (ص125).

فتح الباري.

لابن حجر (11/ 324).