"तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ?
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ? हामीले भन्यौं: अवश्य! नै चाहन्छौं, उहाँले भन्नुभयो: "तिमीहरू मध्ये कसैले आफ्नो नमाजमा तीनवटा श्लोकहरू पढ्नु, उसको लागि तीनवटा ठूला, मोटो र गाभिन ऊँटहरू भन्दा राम्रो हो ।"
«أَيُحِبُّ أَحَدُكُمْ إِذَا رَجَعَ إِلَى أَهْلِهِ أَنْ يَجِدَ فِيهِ ثَلَاثَ خَلِفَاتٍ عِظَامٍ سِمَانٍ؟» قُلْنَا: نَعَمْ. قَالَ: «فَثَلَاثُ آيَاتٍ يَقْرَأُ بِهِنَّ أَحَدُكُمْ فِي صَلَاتِهِ خَيْرٌ لَهُ مِنْ ثَلَاثِ خَلِفَاتٍ عِظَامٍ سِمَانٍ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले स्पष्ट पार्नुभएको छ कि नमाजमा तीन श्लोकहरू पढ्नु को पुण्य, मानिसले आफ्नो घरमा तीनवटा ठूला, मोटो र गाभिन ऊँटनीहरू पाउनु भन्दा राम्रो हो।
...:
यस हदीसले नमाजमा कुर्आन वाचनको महत्व दर्शाउँछ ।
असल कर्महरू संसारका नाशवान् सुखभोगभन्दा उत्तम र चिरस्थायी हुन्छन्।
यो पुण्य केवल तीन श्लोक पढ्नुमा सीमित छैन, बरु, जसले नमाजमा जति धेरै श्लोकहरू पढ्छ, उसको पुण्य त्यति नै बढ्दै जान्छ ।
सही मुस्लिम (1/ 552) (802).
थप (4)
إكمال المعلم (3/172).
الإفصاح عن معاني الصِّحاح (8/65).
فتح المنعم شرح صحيح مسلم (3/620).
البحر المحيط الثجاج (16/343).
Cited in books
2 Booksथप (2)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"أيحب أحدكم إذا رجع إلى أهله أن يجد فيه ثلاث خَلِفَاتٍ عِظامٍ سمانٍ؟ " قلنا نعم.
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“أيحب أحدكم إذا رجع إلى أهله أن يجد فيه ثلاث خلفات عظام سمان؟” قلنا: نعم، قال: “فثلاث آيات يقرأ بهن أحدكم في صلاته، خير له من ثلاث خلفات عظام سمان”.