Skip to content

"कुनै मुस्लिम व्यक्तिको रगत वैध हुदैन, अर्थात् उसको हत्या गर्न अनुमति छैन, सिवाय तीन अवस्थाहरूमा

इब्न मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"कुनै मुस्लिम व्यक्तिको रगत वैध हुदैन, अर्थात् उसको हत्या गर्न अनुमति छैन, सिवाय तीन अवस्थाहरूमा। पहिलो, विवाहित भएर व्यभिचार गर्ने व्यक्ति; दोस्रो, जसले कुनै निर्दोष मानिसको हत्या गर्छ (किसास); र तेस्रो, जसले आफ्नो धर्म त्याग्छ र मुस्लिम समुदायबाट अलग हुन्छ।"

«لَا يَحِلُّ دَمُ امْرِئٍ مُسْلِمٍ إِلَّا بِإِحْدَى ثَلَاثٍ: الثَّيِّبُ الزَّانِي، وَالنَّفْسُ بِالنَّفْسِ، وَالتَّارِكُ لِدِينِهِ المُفَارِقُ لِلْجَمَاعَةِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ, मुस्लिमको रगत (ज्यान) तीन विशेष अवस्थाहरूमा बाहेक हराम (अवैध) छ: पहिलो: जसले वैध रूपमा विवाहपछि व्यभिचार गरेको छ, उसलाई ढुङ्गाले हानेर मार्ने विधान छ। दोस्रो: जसले जानाजानी र नाजायज रूपमा कुनै निर्दोष व्यक्तिको हत्या गरेको छ; शर्तहरू पूरा भएमा उसलाई पनि मारिनेछ। तेस्रो: मुस्लिम समुदायबाट बाहिरिने व्यक्ति — चाहे उसले धर्मत्याग गरेर पूरा इस्लाम त्यागेको होस्, वा धर्मत्याग नगरी यसको केही अंश त्यागेको होस्, जस्तै — विद्रोहीहरू, बाटो काट्ने डाकुहरू र खवारिज जस्ता लडाकुहरू।

हदीसका केही फाइदाहरू

यी तीन कार्यहरू गर्नु वर्जित छ र जसले यीमध्ये कुनै एक गर्दछ, ऊ मृत्युदण्डको योग्य हुन्छ: या त कुफ्र (अविश्वास) को कारणले, जब व्यक्ति धर्मत्यागी (मुर्तद) हुन्छ; वा 'हद' (शरीअतद्वारा निर्धारित दण्ड) को कारणले, चाहे त्यो विवाहित व्यभिचारीको दोष होस्, वा जानाजानी हत्या गर्ने अपराध होस्।

इज्जत र सम्मानको संरक्षण र यसको शुद्धता कायम राख्नु अनिवार्य छ।

मुस्लिमको सम्मान अनिवार्य र उसको (ज्यान) सुरक्षित छ।

यस हदीसमा मुस्लिम समुदाय (जमाअत) सँग एकजुट रहन र उनीहरूबाट अलग नहुन प्रोत्साहन दिइएको छ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को शिक्षण उत्कृष्ट थियो, किनकि उहाँका शब्दहरू कहिलेकाहीं विभाजनको रूपमा आउँथे; किनभने विभाजनले मुद्दाहरूलाई सीमित र संयोजन गर्दछ र स्मरण गर्न सहज बनाउँछ।

अपराधीहरूलाई निरुत्साहित गर्न, समाजलाई अपराधबाट जोगाउन र संरक्षण गर्न अल्लाहले हद (दण्ड) तोक्नुभएको छ।

यी हद (सजाय) हरूको कार्यान्वयन शासक (वली अल-अम्र) को विशेष अधिकार परिधि भित्र पर्दछ।

मृत्युदण्डका कारणहरू धेरै छन्, तर ती सबै अन्ततः उक्त तीन उल्लेखित सीमाभित्रै रहन्छन्। इमाम इब्नुल-अरबी अल-मालिकीले भन्नुभएको छ, (ज्यान मार्ने सजाय) कुनै पनि अवस्थामा यी तीन कारणहरूबाट बाहिर जान सक्दैन । जसले जादू गर्छ वा अल्लाहका कुनै पनि सन्देशवाहकको अपमान गर्छ, उसले वास्तवमा "कुफ्र" गरेको हुन्छ; त्यसकारण ऊ "धर्म त्याग्ने" श्रेणीमा पर्छ।'

श्रोतहरू

सही बुखारी (9/ 5) (6878).

सही मुस्लिम (3/ 1302) (1676).

थप (6)

التحفة الربانية في شرح الأربعين حديثًا النووية.

لإسماعيل الأنصاري (ص32).

شرح الأربعين النووية.

لابن عثيمين (ص165).

تاج العروس من جواهر القاموس.

للزبيدي (2/ 115).