Skip to content

तिमीले जे इच्छा गर्यौ, त्यो तिमीले पाउनेछौ र त्यसको साथमा त्यति नै थप पनि प्राप्त गर्नेछौ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"निश्चय नै स्वर्गमा तिमीहरूमध्ये सबैभन्दा तल्लो स्थान पाउने व्यक्ति त्यो हुनेछ जसलाई अल्लाहले भन्नुहुनेछ: 'कामना गर।' अनि उसले कामना गर्नेछ र गर्दै जानेछ। त्यसपछि अल्लाहले उसलाई सोध्नुहुनेछ: 'के तिमीले कामना गरिसक्यौ?' उसले भन्नेछ: 'हो।' तब अल्लाहले भन्नुहुनेछ: 'तिमीले जेजतिको इच्छा गरेका छौ, ती सबै तिम्रा लागि हुन्, र त्यसका अतिरिक्त त्यति नै अरू पनि तिम्रा लागि हुन्।'"

«إِنَّ أَدْنَى مَقْعَدِ أَحَدِكُمْ مِنَ الْجَنَّةِ أَنْ يَقُولَ لَهُ: تَمَنَّ فَيَتَمَنَّى، وَيَتَمَنَّى، فَيَقُولُ لَهُ: هَلْ تَمَنَّيْتَ؟ فَيَقُولُ: نَعَمْ، فَيَقُولُ لَهُ: فَإِنَّ لَكَ مَا تَمَنَّيْتَ وَمِثْلَهُ مَعَهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो कि स्वर्गमा प्रवेश गर्ने व्यक्तिहरू मध्ये सबैभन्दा तल्लो र कम स्तरको स्थान पाउने व्यक्तिलाई भनिनेछ: इच्छा गर। अनि उसले इच्छा गरिरहनेछ र गरिरहनेछ, यहाँसम्म कि उसको कुनै पनि इच्छा बाँकी रहनेछैन र उसले सबै इच्छा तथा कामना व्यक्त गरिसकेको हुनेछ। त्यसपछि उसलाई भनिनेछ, के तिमीले इच्छा गरिसक्यौ?' उसले जवाफ दिनेछ, हो।' तब उसलाई भनिनेछ, निस्सन्देह, तिमीले जे इच्छा गर्यौ त्यो तिम्रो लागि हो र त्योसँगै त्यति नै अरू थप पनि तिम्रो भयो।

हदीसका केही फाइदाहरू

स्वर्गवासीहरूका स्थानहरू फरक-फरक स्तरका हुनेछन् ।

यसमा सर्वशक्तिमान अल्लाहको असीम कृपा र उदारता बारे स्पष्ट गरिएको छ।

जन्नत (स्वर्ग) का सुख कुनै निश्चित कुरामा मात्र सीमित छैनन्, बरु त्यहाँ आस्थावानले आफ्नो मनले चाहेको र कामना गरेको हरेक कुरा प्राप्त गर्नेछ, जुन महान् अल्लाहको तर्फबाट उहाँको अनुग्रह, उदारता र कृपास्वरूप प्राप्त हुनेछ।

श्रोतहरू

सही मुस्लिम (1/ 167) (182).

थप (8)

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لعلي القاري (9/ 3585).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص1090).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (3/ 348).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (2/ 1292).