"जसले कुनै यस्तो सभाबाट निस्किन्छ जसमा अल्लाहको जिक्र गरेको छैन भने तिनीहरू त्यो सभाबाट मरेको गधाको लाशजस्तो निस्किन्छन् र यो उनीहरूका लागि पछुतोको कारण बन्छ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"जसले कुनै यस्तो सभाबाट निस्किन्छ जसमा अल्लाहको जिक्र गरेको छैन भने तिनीहरू त्यो सभाबाट मरेको गधाको लाशजस्तो निस्किन्छन् र यो उनीहरूका लागि पछुतोको कारण बन्छ।"
«مَا مِنْ قَوْمٍ يَقُومُونَ مِنْ مَجْلِسٍ لَا يَذْكُرُونَ اللَّهَ فِيهِ إِلَّا قَامُوا عَنْ مِثْلِ جِيفَةِ حِمَارٍ، وَكَانَ لَهُمْ حَسْرَةً».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जब केही मानिसहरू कुनै ठाउँमा बस्छन् र अल्लाहको नाम नलिई उभिन्छन्, तिनीहरू मरेको, फोहोर र गन्हाउने गधाको वरिपरि भेला भएकाहरू जस्तै उभिन्छन्। कारण के हो भने तिनीहरू कुरामा मग्न भए र अल्लाहको सम्झनालाई बेवास्ता गरे। यस्तो जमघट न्यायको दिनमा तिनीहरूको लागि पछुतो र क्षतिको स्रोत साबित हुनेछ।
अल्लाहको सम्झनाबाट गाफिल रहनको सम्बन्धमा दिइएको चेतावनी केवल सभाहरूमा सीमित छैन, तर यो अन्य अवस्थामा पनि लागू हुन्छ। इमाम नववीले भने: जो कोही कुनै ठाउँमा बसेको छ, उसले अल्लाहलाई सम्झनु अघि त्यो स्थान छोड्नु अप्रिय मानिन्छ।
न्यायको दिनमा पश्चाताप या त अल्लाहको उपासनामा समय प्रयोग नगरेकोमा इनाम र प्रतिफलबाट वञ्चित भएको कारणले हुनेछ वा अल्लाहको अवज्ञामा समय बिताएकोमा हुने पाप र सजायको कारणले हुनेछ।
यदि यो चेतावनी वैध गतिविधिहरूमा व्यस्त भएर अल्लाहको सम्झनालाई बेवास्ता गरेकोले हो भने, ती निषेधित जमघटहरूको बारेमा के हुन्छ जहाँ गिबत, अर्काको बुराइ आदि हुन्छन्?
सुनन अबी दाउद (7/ 221) (4855).
थप (4)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (2/ 120).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 654).
Cited in books
3 Booksथप (3)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"ما من قوم يقومون من مجلس لا يذكرون الله فيه، إلا قاموا عن مثل جيفة حمار، وكان لهم حسرة" .
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلم«مَا مِنْ قَوْمٍ يَقُومُونَ مِنْ مَجْلِسٍ لَا يَذْكُرُونَ اللَّهَ فِيهِ إِلَّا قَامُوا عَنْ مِثْلِ جِيفَةِ حِمَارٍ، وَكَانَ لهُمْ حَسْرةً»[14].
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 4«مَا مِنْ قَوْمِ يَقومُونَ مِنْ مَجْلِسٍ لا يَذْكُرُونَ اللهَ تعالىٰ فِيهِ، إلا قَامُوا عَنْ مِثلِ جِيفَةِ حِمَارٍ، وكانَ لَهُم حَسرَةً».