Skip to content

"जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ

जुनदुब बिन अब्दुल्लाह अल- कस्री (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ । त्यसैले, अल्लाहको जिम्मेवारीमा रहेका व्यक्तिलाई कुनै नोक्सान पुर्‍याउन हुन्न। यदि अल्लाहले आफ्नो जिम्मेवारीमा हस्तक्षेप गरेको कारण कसैलाई समाउन चाहनुभयो भने, उहाँले सजिलोसंग समात्छन् र उसलाई जहन्नमको आगोमा उँधो मुन्टो फ्याँक्छन् ।

«مَنْ صَلَّى صَلَاةَ الصُّبْحِ فَهُوَ فِي ذِمَّةِ اللهِ، فَلَا يَطْلُبَنَّكُمُ اللهُ مِنْ ذِمَّتِهِ بِشَيْءٍ، فَإِنَّهُ مَنْ يَطْلُبْهُ مِنْ ذِمَّتِهِ بِشَيْءٍ يُدْرِكْهُ، ثُمَّ يَكُبَّهُ عَلَى وَجْهِهِ فِي نَارِ جَهَنَّمَ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भनिरहनु भएको छ, जसले फजरको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षा र निगरानीमा हुन्छ । अल्लाहले उसको रक्षा गर्नुहुन्छ, उसको लागि बदला लिनुहुन्छ र सहायता गर्नुहुन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो सुरक्षा उल्लङ्घन नगर्न चेतावनी दिनुभयो । यो सुरक्षा तोड्ने एउटा रूप फजर नमाज छोड्नु हो र अर्को रूप फजर नमाज पढ्ने व्यक्तिसँग दुर्व्यवहार हो । जसले यसो गर्दछ, उसले यस संरक्षणको पर्खाललाई भत्कायो र अधिकार बेवास्ता गरेकोमा अल्लाहले उसलाई आफ्नो सामु उपस्थित गराउनु हुनेछ र जसलाई अल्लाहले आफ्नो सामु हाजिर गराउनु हुनेछ, त्यसलाई उसको अनुहार घिसार्दै नरकमा फालिदिनु हुनेछ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

फजर नमाजको सद्गुण र महत्व ।

फजर नमाज पढ्ने व्यक्तिलाई दुर्व्यवहार गर्ने विरुद्ध कडा चेतावनी ।

अल्लाहले आफ्नो धर्मका सेवकहरूसगँ दुर्व्यवहार गर्नेहरूबाट बदला लिनुहुन्छ।

श्रोतहरू

सही मुस्लिम (1/ 454) (657).

थप (6)

المعجم الأوسط (4/ 5) (3464).

نزهة المتقين شرح رياض الصالحين (1/ 249).

شرح رياض الصالحين.

لابن عثيمين (2/ 561).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 323).