जसले 'सुब्हानल्लाहिल अजीम व बिहमदिही' भन्छ, उसको लागि स्वर्गमा एउटा खजुरको रूख रोपिन्छ ।
जाबिर (रजियल्लाहु अन्हु) बाट वर्णित छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"जसले 'सुब्हानल्लाहिल अजीम व बिहम्दिहि' पढ्छ, उसको लागि स्वर्गमा खजुरको एउटा रुख रोपिन्छ।"
«مَنْ قَالَ: سُبْحَانَ اللهِ العَظِيمِ وَبِحَمْدِهِ، غُرِسَتْ لَهُ نَخْلَةٌ فِي الجَنَّةِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले 'सुब्हानल्लाह' भनेर अल्लाहलाई समस्त अवगुण र कमी-कमजोरीहरूबाट पवित्र घोषित गर्छ, 'अल्-अजिम' भनेर उहाँ आफ्नो अस्तित्व, विशेषताहरू एवं कार्यहरूमा सर्वमहान् हुनुहुन्छ भनी स्वीकार गर्छ र 'व बिहम्दिही' भनेर परम पवित्र अल्लाहको महिमागानसँगसँगै उहाँका पूर्ण, सर्वोत्तम एवं सर्वोत्कृष्ट गुणहरूको वर्णन गर्छ, उसले यो पवित्र वचन जति पटक दोहोऱ्याउँछ, हरेक पटक उसको निम्ति स्वर्गमा एउटा खजुरको रूख रोपिन्छ।
यसमा महान् अल्लाहको बढी भन्दा बढी स्मरण (जिक्र) गर्नका लागि प्रोत्साहित गरिएको छ, जसमा: 'सुब्हानल्लाह' (अल्लाह पवित्र हुनुहुन्छ) का साथै 'अल्हम्दुलिल्लाह' (तमाम प्रशंसा अल्लाहकै लागि हो) भन्नु पनि सामेल छ।
स्वर्ग विशाल छ र त्यहाँका बिरुवाहरू 'सुब्हानल्लाह' र 'अल्हम्दुलिल्लाह' हुन्; यो सर्वशक्तिमान् अल्लाहको तर्फबाट एक विशेष अनुग्रह र कृपा हो।
यस हदीसमा अन्य रुखहरूको तुलनामा खजूरको रुखलाई विशेष महत्त्व दिनुको कारण यसका अनगिन्ती फाइदाहरू र यसको फलको मिठास हो; यसैले अल्लाहले कुरआनमा मोमिन (आस्थावान्) र उसको आस्थाको उदाहरण यसै रुखसँग दिनुभएको छ।
सुनन् तिर्मिजी (5/ 456) (3464).
थप (6)
مرعاة المفاتيح شرح مشكاة المصابيح.
للمباركفوري (7/ 464).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (2/ 985).
مشكاة المصابيح.
للتبريزي (2/ 713).
Cited in books
3 Booksथप (3)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"من قال: سبحان الله العظيم وبحمده غرست له نخلةٌ في الجنة. "
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلمغُرِسَتْ لَهُ نَخْلَةٌ فِي الجَنَّةِ»[305].
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7«مَن قَالَ: سُبْحَانَ اللهِ وبحمدِهِ، غُرسَتْ لَهُ نَخْلةٌ في الجَنَّة».